विस्का जात्रा रोक्न पाईदैन भन्दै उर्लिए भक्तपुरवासी

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिन सम्म मनाईने विस्काः जात्रा मनाउन नदिने भन्दै प्रशासनले सूचना जारी गरेसँगै भक्तपुरबासी विरोधमा उत्रेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा तथा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाल लगायतका व्यक्तिको उपस्थितिमा बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र डिसिसिएमसि भक्तपुरको ४५ औं बैठकले कोरोनाको कारण देखाउँदै विस्का जात्रा रोक्न सूचना जारी गरेको थियो ।

कोरोनाको कारण देखाउँदै स्थानीय निकाय स्थानीय बासिन्दा तथा जात्रालुलाई बेवास्ता गर्दै एक पक्षिय रुपमा प्रशासनले निर्णय गरेको भन्दै भक्तपुरका हजारौं युवाले यसको विरोध गर्दै भक्तपुरको तौमडीमा विरोध सभा गरेका छन् । प्रशासनले मेला लगायत विभिन्न कार्यक्रम गर्न दिने तर परम्परागत जात्रामा भने अंकुस लगाउन खोज्नु बेठिक भएको स्थानीयले बताउँदै आएका छन् ।

विस्काः जात्रा आए सँगै प्रशासनले जात्रामा अंकुस लगाउन खोज्नु स्थानीय जात्रा मास्ने काम भएको भन्दै सहभागीहरुले यसको विरोध गरेका थिए ।

नयाँ कारोनाका कारण जात्रा रोक्न खोजेको स्वास्थ्य प्रमुख

भक्तपुर जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण मिजारले नयाँ भाइरस फैलन नदिन जात्रा रोक्न खोजेको बताएका छन् । उनका अनुसार बढदो कोरोना महामारीका कारण यसलाई मध्यनजर गर्दै जात्रा रोक्न पहल कदमी भएको उनले बताए ।

उनी भन्छन् ‘जात्रामा जता ततै बाट मान्छे आउन सक्छन् जसका कारण नयाँ संक्रमण फैलने खतरा छ यसबाट बाँच्न यो वर्ष पनि जात्रा स्थगित गर्नु हो ।’ उनले भनेँ ।

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम