Wednesday, April 14, 2021
Home Editor-Picks दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध लगाइँदै

दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध लगाइँदै

मधुजंग पाण्डे,

काठमाडौं । सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन लागेको हो ।

दलालीमार्फत किनबेच हुँदा करको दायरामा नदेखिएपछि सरकारले एजेन्सीबाट किनबेच व्यवस्था गर्न लागेको छ । ‘संसारभर एजेन्सीमार्फत नै घरजग्गा किनबेच हुन्छ,’ नेपाल राजस्व परामर्श समिति अध्यक्ष महेशप्रसाद दाहाल भन्छन्, ‘तर, नेपालमा दलालीले घरजग्गा खोज्ने, किन्नेले चित्त बुझाएर लिएको अवस्थामा केही प्रतिशत कमिसन दिने गरेको पाइन्छ । अब त्यसलाई एजेन्सीमार्फत खरिदबिक्री व्यवस्था मिलायौं भने करको दायरा फराकिलो हुन आउँछ ।’

– एजेन्सीबाट अनिवार्य खरिद गर्नुपर्ने
– कर दायरा बढाउने नयाँ उपाय

अहिले घरजग्गाको वास्तविक लाभकरसमेत नतिरिएको अवस्था छ । लाभकर जतिसक्दो कम तिरेर जग्गा पास गर्ने प्रवृत्ति मौलाउँदै गएको देखिएको समितिको ठहर छ । एउटा जग्गा बिक्री गर्दा त्यसबाट ३० लाख रुपैयाँ लाभ गरे पनि उसले कुल ५ लाख रुपैयाँमा मात्रै बिक्री गरेको देखाएर लाभकर मात्र बुझाउने गरेको पाइएको दाहाल बताउँछन् ।

यद्यपि, सरकारले एजेन्सीमार्फत घरजग्गा किनबेच व्यवस्था गर्नेबित्तिकै एजेन्सी स्वयं करको दायरामा आउने भएको छ । उसको कमिसन आम्दानीका रूपमा देखिने र त्यसबाट राज्यले वार्षिक पाउने आयकर पनि पाउने भएको छ । समितिले सरकारलाई बजेटमा सो व्यवस्था राख्नेगरी सुझाव दिन लागेको हो ।

घरजग्गा कारोबारलाई एजेन्सी ‘मोडल’मा सञ्चालन र गैरकरको प्रभावकारिताबारे अध्ययन भइरहेको छ । खासगरी, रियल इस्टेट कारोबार करको दायराबाहिर छ । घरघरमा व्यक्तिगत संस्था खोलेर अवैधानिक रूपमा कारोबार गर्नेलाई करको दायरामा ल्याउनेबारे अध्ययन थालिसकेको छ । घरजग्गा कारोबार विश्वभर अभ्यासअनुसार एजेन्सीमार्फत सञ्चालन हुनुपर्छ । यही मान्यतामा अध्ययन अघि बढाइएको छ ।

सरकारले एजेन्सीमार्फत मात्रै घरजग्गा किनबेच गर्न सक्ने व्यवस्था गरेपछि अझै मूल्य अकासिन सक्ने सरोकारवालाको भनाइ छ । उनीहरूले आपसी सहमतिमा घरजग्गा किनेपछि केही रकम मिलाइदिने व्यक्तिलाई दिइँदै आएकोमा अब एजेन्सीमार्फ कारोबार गर्दा जग्गा मूल्यमै केही वृद्धि गराएर बिक्री गर्ने उनीहरूको कथन छ । उनीहरूका अनुसार त्यस्तो रकममा कुनै पनि किसिमको कर लाग्दैन ।

करको दायरा विस्तार गर्न सरकारले लामो समयको छलफलपछि गठन गरेको राजस्व परामर्श विकास समितिले करयोग्य नयाँ क्षेत्र पहिचानका लागि अध्ययनसमेत सुरु गरेको छ ।

यसअघि, प्रदेशस्तरीयमा राजस्व नीति तथा कार्यक्रम विषयमा देशका विभिन्न स्थानमा छलफल गरेको समितिले अहिले करयोग्य नयाँ क्षेत्र पहिचानका लागि अध्ययन सुरु गरेको हो । अझै राजस्व दायरामा नआएका विभिन्न क्षेत्र पहिचान गरी विश्लेषणपछि सरकारलाई करसम्बन्धी नीतिनियम निर्माण गर्न सल्लाह दिने समितिले जनाएको छ ।

विज्ञ टोलीले पनि कर दायरा विस्तार सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेको छ । टोलीको प्रतिवेदन विश्लेषण गरेर आगामी बजेटका लागि वैशाख अन्तिम साता सरकारलाई कर नीति विषयमा ‘फुल प्याकेज’मा सल्लाह दिने समिति तयारी छ । नेपाल राजस्व परामर्श समितिले करयोग्य क्षेत्र पहिचान गर्दै सरकारलाई आगामी राजस्व नीतिका लागि सुझाव पेस गर्न अध्ययन अघि बढाएको छ । राजस्व दायराभित्र नआइसकेका करयोग्य क्षेत्र पहिचानका लागि विभिन्न समिति तथा विज्ञमार्फत अध्ययन अघि बढाइएको हो ।

पछिल्लो समय आएको अनलाइन व्यापार, घरजग्गा व्यवसाय, कन्सल्टेन्सी, ढुवानी व्यवसाय, अनलाइन भुक्तानीजस्ता क्षेत्रलाई करको दायरामा ल्याउन सक्ने विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ । कतिपय व्यवसाय करको दायरामा आए पनि सबै व्यवसाय सहभागी नभइसकेकाले साना व्यवसायीलाई समेत ल्याउने प्रयास हुने समिति दाबी छ ।

पहिलो चरणमा ठूलो कारोबार हुने तर सरकारी राजस्वमा खासै योगदान नदेखिएका क्षेत्रलाई करयोग्य बनाउन अध्ययन अघि बढाइएको समिति अध्यक्ष दहालले जानकारी दिए । उनका अनुसार ढुवानी व्यवसाय पछिल्लो समय निकै फस्टाए पनि राज्यले त्यसबाट कर संकलन गर्न सकिरहेको छैन । सम्पूर्ण व्यवसाय करको दायरा ल्याउने समितिको उद्देश्य भएको उनी बताउँछन् ।

खासगरी, ढुवानीका लागि प्रयोग हुने ट्रक, लहरी, मिनी भ्यानलगायत सबै किसिमका सवारीसाधनले प्राप्त गर्ने आम्दानी कर क्षेत्रभित्र नरहेकाले त्यसलाई पनि करयोग्य बनाउने समितिको लक्ष्य हो ।

अनलाइन प्रणालीका माध्यमबाट जारी कारोबार व्यवस्थित रूपमा करको दायरामा ल्याउन अध्ययन सहयोगी हुने समितिको अपेक्षा छ । पछिल्लो समय ई–कमर्स, तथा डिजिटल भुक्तानीजस्ता अनलाइन प्रणाली प्रयोग बढ्दो छ । ती कारोबारमा कर लाग्न प्रशासन पुग्न सकेको छैन । जसका कारण राज्यले ठूलो राजस्व गुमाउनुपरेको छ ।

समितिले उपयुक्त राजस्व प्रणाली अबलम्बन गर्न सरकारलाई सुझाव दिनेछ । राजस्व जहिले पनि लगानीमैत्री हुनुपर्ने भएकाले यसमा समेत ध्यान दिएर समितिले काम गर्नुपर्नेहुन्छ । यसका साथै समितिले विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौता गर्न बृहत् अध्ययन गर्नेछ ।

दोहोरो करमुक्ति सम्झौताका लागि समितिले अध्ययन गरी सरकारलाई सिफारिस गर्नेछ । जसका लागि अन्तर्राष्ट्रिय व्यापार संगठन, साफ्टा, बिम्स्टेकलगायत संस्थासँग भएको सम्झौताबाट नेपालको राजस्व प्रणालीमा कस्तो असर गरेकाले समेत अध्ययन गर्न समिति गठन भएको हो ।

अब समितिले दुई देशबीच भएका व्यापार सन्धिबाट मुलुकको व्यापार तथा राजस्वमा पर्ने असरबारे समेत अध्ययन गर्नेछ । समितिले कर, गैरकर दुवैको अध्ययन गर्नेछ । अन्तर–सरकारी करबीच पनि अध्ययन गर्नेछ । संघ, प्रदेश, तथा स्थानीय तहका तीनवटै सरकारबीच कर बाझिएको पाइए यसको समेत अध्ययन गरी उचित परामर्श दिने काम समितिले गर्नेछ ।

यसैगरी, समितिले कर विषयमा मात्र नभई गैरकरमा पनि अध्ययन गर्नेछ । नयाँ कर सिर्जना गर्नुपर्ने भए वा पुराना कर हटाउनुपर्ने भए हटाउनसमेत समितिले सिफारिस गर्नेछ । कर कानुन सुधार तथा संगठनात्मक संरचना सुधार गर्न सुझाव दिने समितिले जनाएको छ ।

(Visited 461 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

साताका लोकप्रिय समाचार

घरकाे मिटर बक्समा झेलिएकाे तार पन्छाउदा करेन्ट लागेर दम्पत्तीको मृत्यु

मकवानपुर ।  मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर...

सप्तरी माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध दुई महिने अभियान सुरु गर्ने

सप्तरी, राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जिल्लामा दुई महिने लामो संगठन सुदृढिकरण तथा भ्रष्टाचार बिरुद्ध अभियान थाल्ने भएको छ । उक्त अभियानको...

एपीएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं । नेपाल एपीएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता लिग चरणमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । एक खेलअगावै फाइनलमा...

हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले...

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र...

ट्रेन्डिङ

पहाडी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

कांग्रेससहित तीन दलले संसद अवरूद्ध नगर्ने

काठमाडौँ । नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमवार बैठकले काँग्रेससहित समाजवादी पार्टी र...

प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका...

बायर्न जर्मन कपको फाइनलमा

म्युनिख । बुन्डेस लिगा प्रतिद्वन्द्वी आइनट्राख्ट फ्रान्कफर्टलाई हराउँदै बायर्न म्युनिख लगातार तेस्रो सिजन जर्मन कप (डिएफवी पोकल)को फाइनलमा प्रवेश गरेको छ । एलियन्ज एरिनामा...

पत्रकार बिरेन्द्र साहको हत्यामा संलग्न अभियुक्त पक्राउ

बारा ।  पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न थप एक जना अभियुक्तलाई बारा प्रहरीले बिहिबार अपरान्ह बाराको कोल्हवी नगरपालिका ४ सपहीबाट पक्राउ गरेको छ । जिल्ला...

छायांकन खुला भएपछि फिल्म हल जबरजस्ती खोलिने

काठमाडौैं । विगत नौ महिनादेखि बन्द रहेको चलचित्र छायांकन कार्यलाई सरकारले मंगलबारबाट अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र छायांकन गर्ने अनुमति...

रोल्पाका बालबालिकाहरुको हितका लागि राम्रो प्रयास भएकोछ :सामाजिक विकास मन्त्री बराल

बुटवल ।सामाजिक विकास मन्त्रालय र रोल्पा जिल्लाका स्थानीय तहहरूसँग बालश्रम न्यूनीकरण तथा सञ्चालित परियोजनाहरूको सिकाई आदानप्रदान कार्यक्रम प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री...

दक्षिणी नाकामा दुई किलोमिटरको अन्तरमा सशस्त्रको सुरक्षाचौकी

काठमाडौँ । खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको छ ।...

स्वास्थ्यजन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । स्वास्थ्यजन्य सामग्री खरिद प्रकृयामा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य तथा जनसंख्या...

इटालीमा कोराना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १,४४१ पुग्यो

रोम । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ । स्वास्थ्य अधिकारीहरुले...

घरमै बसेका कोरोना संक्रमितको मृत्यु

धनकुटा । कोरोना संक्रमण पुष्टि भई घरमै ‘होम आईसोलेशन’ बसेका धनकुटाका एक कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासका ५८ वर्षीय...

चाडपर्व र बजार बेथिति

मानवजाति यतिखेर नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ सँग युद्ध लडिरहेको छ । यसको खोप पत्ता नलागेसम्म व्याप्त त्रास कायमै रहनेछ भने जनजीवन असहज नै रहनेछ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)