Wednesday, April 14, 2021
Home Not-to-be-missed हेल्प नेपाल शीर्षस्थानमा

हेल्प नेपाल शीर्षस्थानमा

राजधानी समाचारदाता,

काठमाडौं । उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले राजधानीमा जारी पाँचांै संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार चौथो जित निकाल्दै शीर्षस्थानमा रहेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबार भएको खेलमा हेल्प नेपालले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार चौथो जितसहित फाइनल नजिक पुगेको हो । अब हेल्प नेपाललाई फाइनल प्रवेश गर्न बाँकी दुईमध्ये एक खेलमा जित निकाले पर्याप्त हुनेछ । हेल्प नेपालले अब आर्मी र एपीएफसँग खेल्न बाँकी छ । लगातार चौथो जित निकालेको हेल्प नेपालको १२ अंक छ ।

पराजित पुलिसको चार खेलबाट ६ अंक छ । हेल्प नेपालले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५–१६ ले जितेको हेल्प नेपालले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तीन भारतीय खेलाडी र गण्डकी प्रदेशका खेलाडी सम्मिलित हेल्प नेपालसामु कप्तान इम राना र मिडल ब्लकर द्वारिका थापाविना कोर्टमा उत्रिएको पुलिसको प्रदर्शन फितलो देखिएको थियो ।

यस्तै, पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ । विभागीय डर्वी भिडन्तमा एपीएफलाई २५–१५, २५–१८ र २८–२६ सोझो सेटमा पराजित गरेको हो । सुरुवाती दुई सेटमा सहज जित निकालेको आर्मीले तेस्रो सेटमा पछि परेको अवस्थामा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भएको हो ।

एपीएफले लिगमा पहिलो हार बेहोरेको हो । जितसँगै आर्मीको ४ खेलबाट ९ अंक पुगेको छ । एपीएफको पनि ९ अंक छ । पुरुषतर्फको अर्काे खेलमा मणिमुकुन्दले नयाँ बजारलाई ३–२ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ । प्रतिस्पर्धात्मक खेलमा मणिमुकुन्दले २५–२१, २५–१५ र २४–२६, २२–२५ र १५–१० को जित निकाल्यो । जितपछि मणिमुकुन्दले २ तथा पराजित नयाँबजारले १ अंक जोडेको छ ।

यस्तै महिलातर्फ नेपाल एपीएफ क्लबले सुरुवाती सेट गुमाए पनि आर्मीमाथि ३–१ को सेटमा जित निकालेको छ । एपीएफले पहिलो सेट १९–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–१० को सहज जित हात पारेको एपीएफले तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक चौथो सेटमा एपीएफ २५–२२ ले विजयी हुन सफल भयो ।

लिगमा आर्मीको यो पहिलो हार हो । यो जितपछि एपीएफको ३ खेलबाट ७ अंक पुगेको छ । चार खेल खेलेको आर्मीको ८ अंक छ । पुलिसको पनि ८ अंक नै छ । होंगान्जी न्यु डायमन्डको ७ अंक छ । भरतपुर महानगर खेलकुद परिषद्ले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लिगमा पहिलो जित निकालेको हो । एकपक्षीय खेलमा भरतपुरले ढोरपाटनमाथि २५–२१, २५–१२ र २५–१३ को सहज जित निकाल्यो । लिगमा पहिलो जितसँगै भरतपुरले ४ खेलबाट ३ अंक जोडेको छ । ढोरपाटनले ५ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन ।

२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिगमा मंगलबार महिलातर्फ एपीएफ र भरतपुर तथा न्यु डायमन्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ एपीएफ र पुलिस, हेल्प नेपाल र आर्मी तथा बुलबुले र मणिमुकुन्दबीच प्रतिस्पर्धा हुनेछ ।

(Visited 26 times, 1 visits today)
Loading comments...

आजको समाचार

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

साताका लोकप्रिय समाचार

कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न...

पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण...

आयोजकले चुम्यो उपाधि

लमजुङ । मस्र्याङदी गाउँपालिका–३ ढगैं गाउँमा सञ्चालन गरिएको २०औं सुकमान स्मृति फुटबल गोल्ड कप उपाधि आयोजक मनास्लु युवा क्लब ढगैंले जितेको छ । आयोजक...

मदनकृष्णसँग बियोन्सले युगल गीत गाउने

काठमाडौं । बहु चर्चित गीत ‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्स फर्मासीले कलाकार मदनकृष्ण श्रेष्ठसँग युगल गीत गाउने भएकी...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु

मोरङ । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु भएको छ । बुधबार विराटनगर ९ गुद्रीका एकजना पुरुष र रंगेली ८ का एकजना...

म वार्ताका लागि कारागार गएको होइन

सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा वार्ताको सुरुवात गरेको छ । खानेपानीमन्त्री मणि...

प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटर लगियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसनका लागि भर्खरै अपरेसन थिएटरमा लगिएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि उनलाई अपरेसन थिएटर लगिएको हो ।...

‘लकडाउन’मा यी काम गरे ६ महिना कैद हुनसक्छ

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने भन्दै एक साताका लागि सिंगै मुलुकमा ‘लकडाउन’ गरेको छ । फ्रान्सवाट काठमाडौं फर्किएका एक जना...

ललितपुरका व्यवसायीलाई चुनाव लाग्यो

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा जिल्लामा रहेका व्यवसायी चुनाव केन्द्रित हुन थालेका छन् । आसन्न निर्वाचनका लागि मनोजबहादुर न्याछ्यों र...

करसम्बन्धी सरकारको भ्याकेट निवेदन खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने...

निलम्बनविरुद्ध राखेपमा थापाको अपिल

काठमाडौं । अर्का साधरणसभासम्मका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अस्थायी निलम्बनमा परेका ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले आफूलाई विधान र...

हरिबोधिनी एकादशी

हिन्दू धर्मावलम्बीको पात्रोअनुसार चन्द्रमासअनुसार महिनाको ११औं दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा दुई वटा एकादशी पर्दछन् । कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ...

संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष...

एनसेलको नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ । । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका...

उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि

विश्वभर करिब ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी संसारभरमा ६० करोड मेट्रिक टनको हाराहारीमा धान उत्पादन...

इटहरीको कन्सल्टेन्सीले ठगी गरेपछि भत्किएको सपना…

इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका ५ मानेभञ्ज्याङका मीन बहादुर थापाले थाइल्याण्ड जानका लागि इटहरीमा सञ्चालित रोयल पाण्डा एजुकेशन कन्सल्टेन्सीमा दुई लाख ७० हजार रुपैँया...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)