Wednesday, April 14, 2021
Home Not-to-be-missed निर्देशक लामालाई सम्झियो निर्देशक समाजले

निर्देशक लामालाई सम्झियो निर्देशक समाजले

राजधानी समाचारदाता,

काठमाडौं । चलचित्र आदर्श नारीका निर्देशक हेमबहादुर लामा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानित भएका छन् । चलचित्र निर्देशक समाजले चलचित्र विकास बोर्डमा आफ्नो १३औं साधारण सभामा लामालाई सो अवार्डबाट सम्मानित गरेको हो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, चलचित्र विकाश वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा राणाले ९२ वर्षीय निर्देशक लामालाई सो अवार्ड प्रदान गरे । त्यो कालखण्डमा एउटा सशक्त चलचित्र निर्माण गरिएकाले उनलाई सो अवार्ड प्रदान गरिएको निर्देशक समाजकी अध्यक्ष राणाले कार्यक्रममा बताइन् ।

आफ्नो बुबाको चलचित्र आदर्श नारीबाट नायकको रूपमा नेपाली चलचित्रमा आएका अभिनेता विजय लामाले यही यसै चलचित्रबाट सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, उज्ज्वल घिमिरे, मोहन निरौलाले चलचित्र यात्रा सुरु गरेका बताए ।

निर्देशक समाजको स्थापना गरेर निर्देशकको हक हितमा काम गरेका साथै निर्देशनमा आफ्नो फरक पहिचान बनाएको भन्दै अग्रज निर्देशक युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी र नारायण पुरीलाई सोही कार्यक्रममा चलचित्र सर्जक सम्मानबाट सम्मानित गरियो ।

कार्यक्रममा चलचित्र निर्देशक ऋषि लामिछानेलाई युवा चलचित्र निर्देशक सम्मान र दीपाश्री निरौलालाई लोकप्रिय निर्देशक सम्मानबाट सम्मानित गरियो । सहरी विकाश राज्यमन्त्री रामबीर मानन्धरले सम्मानितलाई बधाई दिँदै आफू चलचित्र निर्देशकको पक्षमा रहेको र निर्देशकका हरेक समस्यामा सघाउने प्रतिबद्धता जनाए ।

सो समारोहमा नेपाली चलचित्रको सरुदेखि अहिलेसम्मको इतिहास समेटिएको बृत्तचित्र प्रदर्शन गरिएको थियो । सो बृत्तचित्रमा निर्देशक, निर्देशक समाज र यसको महŒवबारे पनि चर्चा गरिएको थियो ।

सोही साधारण सभामा निर्देशक समाजले अक्षयकोषको समेत घोषणा ग-यो । निर्देशकलाई भोलि कुनै पनि आर्थिक समस्या आएको खण्डमा सहयोग गर्न सो कोष गठन गरिएको संघका उपाध्यक्ष राजु अधिकारीले बताए ।

निर्देशक समाजका सदस्यको दुर्घटना बिमा घोषणा पनि सोही कार्यक्रममा गरियो । संघका सदस्य भएका हरेक निर्देशकलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरिएको कार्यक्रममा जानकारी गराइयो । समाजका सदस्यले आफ्नो सदस्यता नवीकरण गरेपछि आफैं बिमा हुने जानकारी कार्यक्रममा गराइएको हो ।

चलचित्र निर्देशक एवं अभिनेता नीर शाहले नेपालमा निर्देशकको अवस्था अझै आर्थिक रूपमा सवल हुन नसकेको बताए । चलचित्र निर्देशन गर्दासम्म आर्थिक कमाइ हुने र त्यसपछि कमाइ बन्द हुने समस्या निर्देशकको भविष्य आर्थिक रूपमा सुरक्षित नभएको पनि उनले बताए । अक्षयकोषबाट समस्यामा परेका निर्देशकले सहयोग पाउने आशा आफूले लिएको भनाइ शाहले कार्यक्रममा राखे ।

कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अक्षयकोष गठन र बिमा योजनाले निर्देशकलाई आर्थिक रूपमा आगामी दिनमा केही राहत हुने विश्वास व्यक्त गरे । कोरोना संक्रमणका कारण निर्देशकसँगै कलाकार पनि यतिबेला कामबिहीन भएको पीडा उनले कार्यक्रममा राखे ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

साताका लोकप्रिय समाचार

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

कांग्रेसकाे ध्यान निर्वाचनमै

काठमाडौं । आफ्नै पार्टी नेतृत्वमा नयाँ सरकार गठन प्रयास निर्णय लिएको नेपाली कांग्रेसले बैठकको निर्णय औपचारिकता निभाउने प्रयास मात्रै गरेको छ । यद्यपि, कांगे्रसको मुख्य...

नेप्से सूचक हालसम्मकै उच्च बिन्दु २ हजार ६७४ मा

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले विगतका सबै रेकर्डलाई तोड्दै यो साता सेयर बजारले ऐतिहासिक सफलता हासिल गरेको छ । गत...

शुक्रबारबाट श्री र गुड फ्रेन्डसँगै

काठमाडौं । थुप्रै चलचित्रहरूको प्रदर्शन रोकिएका बेला शुक्रबारबाट दुईवटा नयाँ चलचित्र ‘श्री’ र ‘गुड फ्रेन्ड’ रिलिज हुने भएका छन् । तीन महिनापछि नयाँ नेपाली...

टेक्सासमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।...

ट्रेन्डिङ

नेपाल टु ह्वील टुरिङको उत्कृष्ट गन्तव्य

काठमाडौं । टु ह्वील टुरिङ नेपालको मुख्य पर्यटकीय प्रोडक्ट हुन सक्ने औंल्याइएको छ । दुईपांग्रे टुरिङ अन्तर्राष्ट्रिय बेबिनरलो सो निष्कर्ष निकालेको हो । एफआईएम...

अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना

काठमाडौं । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका...

नेपालले बनाएको सडक भारतले भत्कायो

काठमाडौं । वीरगन्ज–ठोरी हुलाकी सडकखण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलामा निर्माण सम्पन्न भएको ठुटेखोला पुललाई वर्षौंदेखि भारतीय पक्षले सञ्चालनमा अवरोध गर्दै नियन्त्रणमा राख्दै आएको छ । करिब...

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको...

विराटनगरमा फेरि १४ दिन लकडाउनको घोषणा

मोरङ । विराटनगर महानगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) बाट संक्रमितको संख्या एक सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा...

भारतमा काेराेनाबाट संक्रमितको संख्या २३ हजार नाघ्यो

एएनआई । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोना भाइरसका...

नेपाल गणित समाजले मनायो ४२ औं वार्षिकोत्सव

काठमाडौं । नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सबमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले आधारभुत विषयलाई पाठ्यक्रमबाट हटाउन नहुने बताएका...

जावलाखेल यूथ क्लब ललितपुरलाई पराजित गर्दै सिक्किम फाइनलमा

सर्लाही। जावलाखेल यूथ क्लब ललितपुरलाई पराजित गर्दै पाहुना टोली कंचनजंगा फुटबल क्बल सिक्किम फाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमतीमा स्व. सन्तोष स्मृति खेल...

टुकुचा मिचेर बनाइएका संरचना भत्काउने सरकारको तयारी, दायाँ बाँया हरियाली सडक बन्ने

काठमाडाैं । सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ । सोमबार बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन...

८१ दिनदेखि बन्द रहेको जानकी मन्दिर पूजापाठका लागि खोलियो

जनकपुरधाम । कोरोना महामारीका कारणले गत ८१ दिनदेखि बन्द रहेको हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खोलिएको छ । महामारीको...

युट्युवकाे बिकृती राेक्न सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याइने

काठमाडाैं ।  सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सामाजिक सञ्जालसम्बन्धी निर्देशिका २०७७ ल्याइने तयारी भैरहेको जानकारी...

काँग्रेसद्वारा तेस्रो पटक प्रदेशसभा अवरोध, विधेयक पेश हुन पाएन

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै २० मिनेट ढिला...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)