Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ सञ्चारकर्मीको कुम्भ मेला, निर्वाचन आज

सञ्चारकर्मीको कुम्भ मेला, निर्वाचन आज

मधुजंग पाण्डे,

काठमाडौं । सञ्चारकर्मीको कुम्भ मेलाका रूपमा लिइएको नेपाल पत्रकार महासंघको आगामी नयाँ नेतृत्व चयन गर्न बुधबार (आज) बिहानैदेखि काठमाडौं उपत्यकालगायत मुलुकभर मतदान हुँदै छ ।

निर्वाचनलाई आफ्नो पक्षमा पार्न केन्द्रीय अध्यक्षलगायत विभिन्न पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका पत्रकार आआफ्नो पक्षमा धेरै मत ल्याउने प्रयासमा जुटिरहेका छन् । महासंघको २६औं महाधिवेशन तथा निर्वाचनको अघिल्लो दिन उनीहरू के कसरी हुन्छ आफ्नो विजय सुनिश्चित गर्ने अन्तिम कसरतमा दौडधुप गरिरहेका देखिन्थे ।

महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी, अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले पनि आफ्नो चुनावी प्रतिस्पर्धालाई तीव्रता दिइरहेका छन् । आगामी नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा र एजेन्डा बनाएका छन् ।

अध्यक्षमा शर्मा, पोख्रेल र बुढाथोकीबीच प्रतिस्पर्धा

यस निर्वाचनमा भिडेका तीन जना केन्द्रीय अध्यक्षका उम्मेदवारमध्ये महासंघको इतिहासमै पहिलोपटक महिला पत्रकारको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी निर्मला शर्मा व्यावसायिक र समावेशी प्यानलकी हुन् । सो प्यानललाई प्रेस चौतारी नेपाललगायतका पत्रकार सम्बद्ध अन्य केही संघसंस्थाको समेत समर्थन रहेको छ ।

प्रेस युनियन, प्रेस सेन्टरलगायतका संगठनको साझा उम्मेदवारका रूपमा विपुल पोखरेल समूह र स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकीबीच प्रतिस्पर्धा हुँदै छ ।

यसैगरी, महासंघ केन्द्रको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिस्पर्धामा छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिस्पर्धा गर्दै छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिस्पर्धा गर्दै छन् । महासंघको केन्द्रीय महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतमबीच प्रतिस्पर्धा हुँदै छ ।

यसैगरी, प्रदेश तथा जिल्ला समितिहरूको नयाँ नेतृत्वका लागि पनि बुधबार नै मतदान हुँदै छ । मंगलबार साँझसम्म महासंघको प्रदेश तथा जिल्ला, एसोसियट र प्रतिष्ठान शाखाका केही स्थानहरूमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ भने प्रदेश र जिल्लाका विभिन्न पदहरूमा पनि केही पत्रकार सर्वसम्मत विजयी भएका छन् ।

पत्रकारहरूको छाता संगठन महासंघको २६औं महाधिवेशन गत फागुनमा काठमाडौंमा सम्पन्न भएको थियो । सोही महाधिवेशनले तय गरेको निर्वाचन मितिअनुसार बुधबार मुलुकभर महासंघको आगामी नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको महासंघले जनाएको छ । ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सम्पन्न भएको थियो ।

केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म केन्द्रीय अध्यक्षदेखि सदस्यसम्मका लागि निर्वाचन हुँदै छ । जसका लागि महासंघ केन्द्रीय निर्वाचन सम्पन्न गर्न वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

महासंघको कुल ४९ पदाधिकारीका लागि १४५ जनाको उम्मेदवारी परेको छ । यस वर्षको निर्वाचनमा कुल १३ हजार १ सय २२ मतदाता छन् । जिल्ला र प्रतिष्ठान तहको निर्वाचनका लागि गत २२ चैतमा मनोनयन दर्ता भएको थियो ।
यस नयाँ व्यवस्थाअनुसार प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ । सात वटा प्रदेशमा बेग्लाबेग्लै मतदान हुनेछ । यसपटक ७ प्रदेशबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’ संरचना बनाइएको छ ।

उपत्यकाका तीन जिल्लाबाहेक बाग्मती प्रदेशका अन्य जिल्ला समेटेर बाग्मती प्रदेश बनाइएको छ । एसोसिएट पनि प्रदेशस्तरकै मान्यता दिइएको छ । बुधबार जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकैपटक निर्वाचन हुँदै छ । जसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रेस युनियनको ६ वर्षे कारबाही
नेपाल पत्रकार महासंघमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका ११ जना पत्रकारलाई प्रेस युनियनले कारबाही गरेको छ । नेपाली कांग्रेस सम्बद्ध पत्रकारको संस्था प्रेस युनियनका सदस्यहरूले संगठनको अनुशासन उल्लंघन गरेर अझै उम्मेदवारी फिर्ता नलिएपछि उनीहरू युनियनको कारबाहीमा परेका हुन् ।

युनियनका विभिन्न पदमा रहेका क्रियाशील पत्रकारले उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई नमानेको भन्दै युनियनले कम्तीमा ६ वर्षसम्मका लागि साधारण सदस्यतासमेतबाट निष्कासन गरिएको युनियन अनुशासन आयोगका अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वसभापतिको आह्वान
नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं अध्यक्षहरूले पत्रकारको अधिकार र सुरक्षाका विषयमा कतै पनि सम्झौता नगर्ने नेतृत्वलाई मतदान गर्न आमपत्रकारलाई आग्रह गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वअध्यक्षहरूले भनेका छन्, ‘हामी स्वतन्त्र एवं बहुलवादी प्रेस र पत्रकारहरूको सुरक्षा र अधिकारको विषयमा कतै पनि सम्झौता नगर्ने नागरिक र लोकतन्त्रका पहरेदार हुन सक्ने सक्षम नेतृत्वलाई आफ्नो विवेकको मतदान गर्न तमाम पत्रकार साथीहरूमा हार्दिक अपिल गर्दछौं ।’

पूर्वअध्यक्षहरूले नेपाल पत्रकार महासंघलाई सरकारको प्रतिछाया तथा राजनीतिक दलको स्वार्थबाट जोगाउन र समाजको निरन्तर लोकतान्त्रीकरणका लागि वैचारिक दिशाबोध गर्न सक्ने बनाइराख्न आवश्यक रहेको बताएका छन् । उनीहरूले प्रेस स्वतन्त्रता अहिले पनि चौतर्फी चुनौतीको घेरामा रहेको भन्दै यसको रक्षाका लागि महासंघका सबै तहमा जुझारु र निष्ठावान नेतृत्व आवश्यक हुने बताएका छन् ।

(Visited 74 times, 1 visits today)
Loading comments...

आजको समाचार

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

साताका लोकप्रिय समाचार

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ बस्ने सञ्जिव विकको ५ बर्षिय छोरा सुमन...

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

ट्रेन्डिङ

बामदेव प्रधानमन्त्रीको सम्भावित उम्मेद्वार ! संविधान संसोधनका लागि कमिटी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी गठन गरेको छ । शनिबार बालुवाटारमा...

राजवादीलाई बाबुरामको प्रश्न ‘फेरि फोहोरको डुंगरमा फर्कने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीकोहरुको काठमाडौंमा भएको प्रदर्शनको सन्दर्भमा राजावादीलाई पछाडी नफर्किन सुझाब दिएका छन् । ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका...

राष्ट्रपतिलाई महाअभियोग लगाउन खुट्टा कमाउनेलाई इतिहासले क्षमा गर्ने छैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा डा भट्टराई लेख्छन् ‘...

हेटौंडामा भएको -यापिड टेष्टमा ४ जनाको पोजेटिभ

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको ‘यापिड टेष्टमा ४ जनाको पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको -यापिड टेष्टमा ४...

कालिकोटमा पहिरामा पुरिएर महिलाको मृत्यु

मान्म । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५...

तीन सदस्यीय राहत समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण आफ्ना सदस्य संस्थाहरूलाई राहत वितरण गर्न तीन सदस्यीय राहत...

युट्युवकाे बिकृती राेक्न सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याइने

काठमाडाैं ।  सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सामाजिक सञ्जालसम्बन्धी निर्देशिका २०७७ ल्याइने तयारी भैरहेको जानकारी...

नेपालमा १, विदेशमा ३ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं । हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना...

घरमै बसेर जीवन रक्षा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएकाले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई आआफ्नै घरमा बस्न आह्वान गर्नुभएको...

माउथ मास्क र जनचेतना

कोरोना संक्रमणबारे दुईवटा उदाहणबाट सुरु गरौं । उदयपुरको भुल्केमा जुन परिवारले सामुदायिक वन उपभोक्ता समूहलाई ८ सय २० वटा मास्क सिलाएर बा“डेको थियो, त्यो...

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।...

मिष्टर केपी ओली तपाइको जमानत जफल हुने छ : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका नेता झलनाथ खनालले आगामी चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् । बुधबार राजधानीमा दाहाल–नेपाल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)