Monday, May 17, 2021
Home बिचार भ्यारियन्टअनुसार सावधानीका उपाय देऊ

भ्यारियन्टअनुसार सावधानीका उपाय देऊ

राजधानी समाचारदाता,

कोरोना महामारीको दोस्रो लहर आएसँगै त्यसले नेपालमा पनि भयावह स्थिति निम्त्याउन सक्ने सम्भावना निकै बढेर गएको छ । कोरोना महामारीको बेलायती भ्यारियन्टले विश्वमा त्रास सिर्जना गरिरहेका बखत ब्राजिलियन भ्यारियन्टले संसारमा एकपटक फेरि तवाह मच्चाउने देखिएको छ । एकै दिनमा १ लाखको संख्यासम्म संक्रमित देखापर्ने र हजारौंको संख्यामा मर्ने गर्दा यसले कोरोना महामारीको जोखिम उकालो लागिरहेको संकेत गरिरहेको छ ।

हालसम्म पत्ता लगाइएका र कोरोना न्यूनीकरण तथा नियन्त्रण रोकथामका लागि प्रयोगमा ल्याइएका औषधिको प्रभावकारितामाथि पनि प्रश्न चिह्न लाग्न थालिसकेको छ । अर्कोतिर औषधि मुस्किलले पत्ता लाग्ने तर त्यति बेलासम्म कोरोनाले नयाँ भ्यारियन्टको रूप धारण गरिसक्ने भएकाले पनि औषधिको प्रभावकारिता देख्न नसकिएको हुन सक्छ । अहिले विश्वमा निकै राम्रो गरी कोरोना नियन्त्रण गर्न सक्षम देश चीन मात्र हो । यसले नयाँनयाँ भ्यारियन्टअनुसार थप प्रतिरोधात्मक क्षमता भएका खोपको निर्माण र प्रयोग गरिरहेको छ । यति बेला नेपालले भर्खरै मात्र पहिलो भ्यारियन्टको खोप लगाउँदै छ । जब कि देशमा कोरोना महामारी संक्रमणका विभिन्न साना लहर आइसकेका छन् । अहिले दोस्रो लहर आएको भनिएको छ । तर, त्यो कुन भ्यारियन्ट हो भन्ने कुरा थाहा छैन ।

नेपालमा हालसम्म अपनाइका कोरोना रोकथामका उपाय पुरानै छन् । आम जनतामा प्रचारप्रसार र सचेतनाका अभियान चलाउनेभन्दा पनि सरकारको नियन्त्रण गर्ने तरिका बढी प्रशासनिक छ । जनस्वास्थ्यका तरिका बढी प्रभावकारी बनाउने ठाउँमा प्रशासनिक रूपमा मात्र पहल र कदम चालियो भने यो जनताले रुचाउँदैनन् । पछिल्लो समयमा कोरोना संक्रमण जोखिम बढ्यो भनेर सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट तथा होटेल र पसल बन्द गर्न लगाउन थालेको छ । साँझ पर्न थालेदेखि रातमा आवागमनमा समेत कडाइ गरिन थालिएको छ । कोरोना रातमा सर्ने र दिउँसोमा नसर्ने भाइरस होइन । यसले कार्यालय तथा अन्यत्र कामका लागि पनि कम भिडभाड हुने तरिका अपनाइनुपर्छ । बरु घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गराउन जोड दिइनुपर्छ । डरले एकै क्षणका लागि लगाउनु मात्र कोरोना रोकथामका लागि पर्याप्त हुँदैन । यो त जीवनपद्धतिकै रूपमा स्वीकार गरिनुपर्छ । तथापि, प्रशासनिक रूपमा गरिएको काम र लिइएको पहलकदमी कोरोना संक्रमण नियन्त्रणका लागि सहयोगी सिद्ध हुने खालका छैनन् भन्नेचाहिँ होइन ।

हाल देशमा खुला वातावरण छ । सरकारले देशव्यापी लकडाउन गर्न सक्ने अवस्था छैन । यसको विकल्प खोजिनु जरुरी पनि भइसकेको छ । एकातिर जनसाधरणका बीचमा कोरोनाको नयाँ भ्यारिएन्टअनुसार अपनाउनुपर्ने थप नयाँ कदम के हुन सक्छन्, तिनका बारेमा जानकारीमूलक सूचना तथा कार्यक्रम जरुरी छ भने अर्कोतिर नेपालमा आएको भ्यारियन्ट कुनचाहिँ हो सोको बारेमा जानकारी हुन पनि जरुरी छ । जुन भ्यारियन्ट फैलिएको हो, त्यसैको नियन्त्रण उपाय अपनाउँदा बढी प्रभावकारी हुनेछ । भ्यारियन्टअनुसार सावधानीका उपाय देऊ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

काठमाडौं र धनगढी फाइनलमा

काठमाडौं । दुई विदेशी खेलाडीले उच्च प्रदर्शनसहित ३ गोल गरेपछि काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीमाथि ३–० को सहज जित दर्ता गर्दै खुकुरी नेपाल सुपर...

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि...

भारतमा कोभिड संक्रमित घट्न थाले, २४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा,...

‘यस्तो माया’

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको 'यस्तो माया' बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा...

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

ट्रेन्डिङ

यसरी सञ्चालनको तयारी हुँदै छ चन्द्रागिरि केवलकार

काठमाडौं । विगत तीन महिनादेखि जारी लकडाउनलाई सरकारले गत १ असारबाट केही खुकुलो बनाएसँगै अहिले काठमाडांैको नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा...

कोरोना अपडेटः विश्वभर २ लाख ११ हजार बढीको मृत्यु, संक्रमितको संख्या ३० लाख

जेनेभा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्...

काबुलमा बम बिस्फोट पाँच व्यक्तिको मृत्यु

(रासस/एएफपी) । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।...

माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने

काठमाडौँ । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन्...

गुल्मीको रूरूक्षेत्रमा पहिरोमा पुरिएर एकैघरका चारजनाको मृत्यु

गुल्मी । अविरल बर्षाका कारण गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ५ टाहाटिममा पहिरोमा पुरिएर एकैघरका चारजनाको ज्यान गएको छ । हिजो शुक्रबार साँझ परेको...

प्रचण्डले संसदमा व्यक्त गरेका विचारको संगालो अब पुस्तकमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

खानेपानीका कर्मचारी घूससहित पक्राउ

पोखरा । नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी घूस रकम सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थानअन्तर्गत विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख...

भै‌ंसीलाई घाँस हाल्ने विषयकाे झगडाले भयाे सामुहिक हत्या

बुुटवल । रूपन्देहीको तिलोत्तमा–१० कान्छीबजार मैनहवास्थित गंगादेवी पशुु फर्मका सञ्चालक कृष्णबहादुुर पुुन मंगलबार बिहान पाँच बजे फर्मबाहिर आएर कामदारलाई गेट खोल्न आग्रह गरे ।...

पलाञ्चोक भगवतीको मन्दिरमा महायज्ञ हुने

काभ्रे । जिल्लाको ऐतिहासिक पलाञ्चोक भगवतीको मन्दिरको उत्तरपूर्वमा रहेको नीजि जग्गा खरिद गर्नको लागि महायज्ञ लगाइने भएको छ । आगामी चैत्र १८, गतेबाट लगाइने...

राष्ट्रपतिद्वारा भूकम्पले भत्किएका सम्पदाको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाभूकम्प २०७२ बाट क्षतिपछि हाल पुनर्निर्माण भइरहेको काठमाडौंका विभिन्न सम्पदाको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार बिहान पुनर्निर्माण भइरहेका रानीपोखरी, सुन्धारास्थित धरहरा क्षेत्र, बसन्तपुर क्षेत्रस्थित काष्ठमण्डप मन्दिर...

करेन्ट लागेर बिद्यार्थीको मृत्यु

नेपालगन्ज ।  बाँकेको नेपालगन्ज–१९ कारकादो बाईपासमा रहेको ब्रिटिस ईग्लिस स्कुलका कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ । बाँके प्रहरीका अनुसार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)