Saturday, May 15, 2021
Home Not-to-be-missed एपीएफ अपराजित रहँदै फाइनलमा

एपीएफ अपराजित रहँदै फाइनलमा

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल एपीएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता लिग चरणमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । एक खेलअगावै फाइनलमा पुगेको एपीएफले लिग चरणको अन्तिम खेलमा बिहीबार लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै अपराजित रहेको हो ।

१ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २ रन बनायो । लुम्बिनीकी ओपनर तथा विकेट किपर लक्ष्मी चौधरीले ३७ बलमा ५ चौकासहित सर्वाधिक ३५ रनको योगदान दिइन् । नितु भण्डारीले १७ रन जोडिन् । कप्तान नेरी थापा २७ रनमा अविजित रहिन् । सरस्वती घर्तीमगर २१ रनमा आउट भइन् । एपीएफकी बिनु बुढा मगर र रेखा रावलले १–१ विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । एपीएफकी ममता चौधरीले ४८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिइन् । कप्तान सीता रानामगरले १८ बलमा ५ चौकासहित २८ रन जोडिन् । ओपनर राजमती ऐरी २३, इन्दु बर्मा ३, ज्योति पाण्डे ५ र सरिता मगर ७ रनमा आउट भइन् । रेखा रावल ३ र बिन्दु बुढा ५ रनमा अविजित रहे । लुम्बिनी प्रदेशकी स्वस्तिका बजागाई र कृतिका मरासिनीले २–२ विकेट लिए । नेरी थापा मगर र सरस्वती पुनले १–१ विकेट लिइन् ।

यस्तै, कप्तान रुबिना क्षत्री बेलबासेको अलराउन्ड प्रदर्शनमा प्रदेश–१ ले ललितपुर मेयर ११ लाई १४ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ । १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर मेयर ११ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनायो । ललितपुरकी सुमन खतिवडाले २५ रनको योगदान दिइन् । त्यस्तै, अनुराधा चौधरी २८ रन जोडिन् । कप्तान सरस्वती चौधरी पनि १८ रनमा अविजित रहिन् ।

कञ्चन श्रेष्ठ ४ र अस्मिना कर्माचार्य १२ रनमा आउट भइन् । प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई र ज्योति दनुवारले १–१ विकेट लिइन् । त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो । प्रदेश–१ की रोमा थापा ६६ रनमा अविजित रहिन् । अप्सरी बेगम २६ रनमा अविजित रहिन् । ओपनर काजल श्रेष्ठ ८ र कप्तान रुविना क्षत्री बेलबासे २१ रनमा आउट भइन् । रुविनाले २४ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । ललितपुर–११ की सरस्वती चौधरी र सरस्वतीकुमारी चौधरीले १–१ विकेट लिइन् ।

जितपछि एपीएफले लिगमा ४ खेलमा ८ अंक जोड्यो । सुदूरपश्चिम प्रदेश ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । उपाधिका लागि एपीएफ र सुदूरपश्चिमबीच शनिबार प्रतिस्पर्धा हुनेछ । प्रदेश–१ ४ खेलमा २ मा हार र २ मा जितसहित तेस्रो स्थानमा रह्यो । ललितपुर मेयर–११ ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रह्यो । लुम्बिनी प्रदेश ४ खेलमा नै हारका साथ पुछारमा रहँदै बाहिरियो ।

(Visited 52 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

साताका लोकप्रिय समाचार

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि...

संकटमै कालो बजारी, सामाजिक उत्तरदायित्व खै ?

काठमाडौँ । एकवर्ष यता कोरोना महामारीले विश्वमा डरलाग्दो संख्यामा मानविय क्षति भएको छ । कोरोना महामारीकै कारण उद्योग कलकारखाना राम्रोसँग सञ्चालन हुन नसक्दा लाखौंको...

ट्रेन्डिङ

दैलेखको राकम मेगासिटी शहरमा १ सय शैयाको ट्रमा सेन्टर अस्पताल बनाईने

दैलेख । मेगासिटी शहरको लागि प्रस्तावित दैलेखको आठविस नगरपालिकाको राकममा १ सय शैयाको ट्रमा अस्पताल सेन्टर बनाईने भएको छ । अस्पताल निर्माण र सञ्चालनका...

भारतमा एकैदिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा...

अभिनेत्री श्वेता नयाँ फिल्ममा अनबुन्धित

काठमाडौं । गत वर्ष सूर्य बोहराको चलचित्र हलो जिन्दगीको लन्डनमा छायांकन गरिरहँदा घाँटीमा ट्युमर देखिएपछि मुखमा प्यारालाइसिस समेत भयो । सो ट्युमर अप्रेसनका लागि...

सुनको मूल्यमा निरन्तर वृद्धि, प्रतितोला ९८ हजारमाथि

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु...

प्रदेश–२ का मुख्यमन्त्री राउतको पद धरापमा !

जनकपुरधाम । प्रदेश २ सरकारले काम नगरेको भनेर चारैतिर आलोचना भइरहेको बेला जनता समाजवादी पार्टीका नेताहरु सरकार परिवर्तनको मांग खुलेर गर्न थालेका छन ।...

लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्दै निफ्रा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालू आर्थिक वर्षभित्रै लन्डन...

आईटीएफ तेक्वान्दोको रक्तदान र भोजन

काठमाडौं । नेपाल आईटीएफ तेक्वान्दोले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा बुधबार रक्तदान र वृद्धवृद्धालाई भोजन गराएको छ । दुई दिने कार्यक्रमअन्तर्गत पहिलो दिन बुधबार आईटीएफले...

भारतमा चिनिया सेना प्रवेश गरेकाे भन्दै संसद बैठक बोलाउन भारतीय काँग्रेस नेताको माग

नयाँ दिल्ली । भारतीय काँग्रेसका एक नेताले भारतीय संसदको बैठक बोलाउन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन् ।भारतीय काँग्रेसका नेता दिगविजय सिंहले सो माग...

रैथाने बाली जोगाउँदै सरकार

दैलेख । कुनै बेला गरिव परिवारले मात्र खाने भनेर चिनिएका रैथाने बाली जोगाउनका लागि यतिबेला तीनै तहका सरकार लागि परेका छन् । आयातित चामललगायत...

खरकाे छाना हटाउदै स्थानिय सरकार

रुकुम पश्चिम । रुकुम पश्चिमको आठ्बिसकोट नगरपालिकाको ३ नम्बर वडा भौगोलिक हिसाबले बिकट मानिएको छ । भौगोलिक बिकटतालाई चिर्दै अहिले वडाले मुहार फेरेको छ...

एक व्यक्तिले दुई सिम मात्र राख्न पाउने

काठमाडौं । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी...

वडाध्यक्ष धामीको हत्या: अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

अछाम । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)