अफ्रिकन रुट्स फाइनलमा

पोखरा । पाहुना टोली अफ्रिकन रुट एसोसिएसन १९औं संस्करणको आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । उपाधिका लागि उसले शनिबार संकटाको सामना गर्नेछ । पोखरा रंगशालामा बिहीबार नेपाल पुलिस क्लबसँगको दोस्रो सेमिफाइनलमा क्यामरुनी टोलीलाई फाइनल पु¥याउन बसेक र मौसाले १–१ गोलको योगदान दिए ।

पोखरा रंगशालामा सर्वाधिक सफल नेपाल पुलिस यसपालि भने उपाधि होडबाट बाहिरिन पुगेको छ । पुलिस साबिक उपविजेता हो । उसले क्याराभानसहित आहा रारामा उसले ६ पटकसम्म उपाधि जितेको छ । बिहीबारको खेलमा अफ्रिकन रुटका लागि खेलको तेस्रो मिनेटमै बसेकले गोल खाता खोलेका थिए । मौसाको पासमा डिफेन्डरसहित गोलरक्षकलाई समेत छल्दै उनले उत्कृष्ट गोल गरेका हुन् ।

पहिलो हालमा १–० ले पछि परेको पुलिसले दोस्रो हाफमा केही गोल गर्ने प्रयास गरे पनि अग्ला कदका खेलाडी सामु कमजोर बन्यो । मौसाले दोस्रो हाफको इजुरी टाइममा गोल गर्दै टिमलाई २—० को जित सुनिश्चित गरे । उनी नै म्यान अफ दि म्याच हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

पुलिसका प्रशिक्षक अनन्त थापाले आफूहरू सम्हालिन पाउँदै सुरुवातमै गोल खाएर विदेशी खेलाडीहरूको दबाबमा परेको बताए । जितपछि अफ्रिकन रुटका प्रशिक्षक सर्जी वोरिसले टिम स्प्रिटका कारण पुलिसविरुद्धको खेलमा जित हासिल गरेको बताए । अफ्रिकन रुटले यसअघिको खेलमा मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तर र नेपाल पुलिसले चौथो क्वार्टफाइनलमा थ्रिस्टार क्लबलाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनलमा भेट सुनिश्चित गरेका थिए । शनिबार हुने फाइनलमा उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै संकटाले पहिलो सेमिफाइनलमा विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग खेल खेलेको थियो । जसमा २–० गोलअन्तरको चुनौती पनि समाप्त गर्दै उपाधिनजिक पुगेको छ । उसका लागि आहा रारामा पहिलो फाइनल प्रवेश हो । त्यस्तै, अफ्रिकन रुटले मच्छिन्द्रलाई क्वार्टरफाइनलमा हराएको थियो । गत २१ चैतदेखि सुरु प्रतियोगितामा ८ टिमको सहभागिता थियो । गत वर्षको विजेता मनाङ यसअघि नै उपाधि होडबाट पाखा लागिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार