Saturday, May 15, 2021
Home Editor-Picks निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा

सिबी अधिकारी,

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज  उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले निर्वाचन बाध्यता हुनसक्ने बताए । “सरकार गठन भए ठीकै भयो, भएन भने निर्वाचनमा जानुपर्ने हुन सक्छ, निर्वाचन बाध्यता हुन सक्छ । पार्टीको सरकार भएन भने पनि देशको निर्वाचन तथा पार्टीको अधिवेशनमा लाग्नुपर्नेछ । वर्तमान सरकारको विकल्प पनि खोज्नुपर्ने छ, यी दुवै काम प्राथमिकतामा छन्”, उनले भने ।

वर्तमान सरकारको विकल्प खोज्ने गरी सत्ता समीकरणको चर्चा चलिरहेका बेला कांग्रेस सभापति देउवाको यस्तो भनाइ आएको हो । सत्ता साझेदारीका विषयमा सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) तथा प्रतिपक्षमा रहेको जनता सामाजवादी पार्टीबीच छलफल चलिरहेको छ । यी तीन दलको बैठक आजै अपराह्न बस्दैछ ।

सरकार हटाउन पार्टीले सक्रियता नदेखाएको भन्ने पार्टीका नेताको भनाइप्रति लक्षित गर्दै कांग्रेस सभापति देउवाले वास्तविकताको धरातलमा उभिएर अघि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिए । उहाँले भने, “अहिलेको वास्तविकता बुझिदिनुस्, संसद्मा सङ्ख्या कम छ, दुई पटक बैठक बोलाउन प्रयास गरेकामा सङ्ख्या नै नपुगेर स्थगित भयो । नेपालको संविधानअनुरुप एक चौथाइ सदस्यले संसद् बोलाउन पनि हामीसँग सङ्ख्या पुग्दैन, त्यसैले यो गरेन त्यो गरेन भनेर नेतृत्वलाई आरोप मात्रै लगाएर हुन्न ।”

सोही कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई हटाएर नयाँ सरकार गठनको प्रक्रियामा कांग्रेस अल्मलिनुहुन्न भन्ने भनाइप्रति प्रतिप्रश्न गर्दै सभापनि देउवाले अहिले परिस्थिति अनुकूल नभएको र जनताको घरदैलमो पुगेर जनमत बनाएपछि सरकार बन्ने तर्क गरे । “जनताले पत्याएपछि कांग्रेस सरकारमा आइहाल्छ नी, जनता देशको मालिक हो, जनताको दिल जित्ने गरी मत मागौँ माहोल बनाउ”, सभापति देउवाले भने।

कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्री हुन लालायित नरहेको भन्दै अगाडि भनेँ, “म आफैँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, वास्तविक धरातलमा बसेर काम गर्नुपर्छ, अहिले परिस्थिति अनुकूल छैन, मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन, व्यक्ति खडा गरौँ पार्टीको सिद्धान्त र आदर्शसँग कसैसँग सम्झौता गर्दिन ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले व्यवस्था अस्तव्यस्त बनाउन वर्तमान प्रधानमन्त्री उद्यत रहेको आरोप लगाउँदै यस किसिमका गलत प्रवृत्तिका विरुद्ध एकजुट हुन पनि आह्वान गरे । उनले निजामती ऐन खारेज गरेर कर्मचारी अनुकूल बनाउनेतर्फ आफ्नो पार्टीले सक्दो पहल गर्ने आश्वासन दिए ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले तत्कालै निर्वाचनभन्दा पनि वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाउनुपर्नेमा जोड दिनुभयो । उनले भने “पार्टीको अधिवेशन नभएको बेलामा चुनावमा हाम फाल्नु हुन्न, लोकतन्त्रलाई बचाउन हामी आफैँले लोकतान्त्रिक आँचरण देखाउनुप¥यो, चुनाव चुनाव हैन सत्ताको विकल्प खोजिनुपर्छ ।”

वरिष्ठ नेता पौडेलले पहिला पनि नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको अवस्थामा कांग्रेसले सरकारको नेतृत्वको अवसर गुमाएको र अहिले पनि चुनौतीको अवस्था रहेको उल्लेख गरे । “एउटा अवसर अस्तिनै (संसद् पुनः स्थापना हुनुपूर्वको परिस्थिति) गुमाइसकेका छौँ, फेरि पनि जोखना हेरेर बस्दा टाउको समातेर रुनुपर्ने अवस्था आउनसक्छ, त्यसैले व्यवस्था बचाउनुपर्छ, सत्ता आफँै आउँछ”, उनले भने । उनले निजामती प्रशासनलाई दलको झण्डाभन्दा सेवामुखी भावनाका साथ व्यवस्थित र पारदर्शी बनाइनुपर्नेमा जोड दिए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले अहिलेको परिस्थितिमा कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था नरहेकाले मुलुकमा ढिलो चाँडो निर्वाचन हुने हुँदा त्यस दिशातर्फ पार्टीलाई सक्रिय ढङ्गले परिचालन गरिनुपर्ने खाँचो औँल्याए । महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारलाई नहटाएसम्म कांग्रेसको पक्षमा माहोल नबन्ने भन्दै आगामी निर्वाचन कांग्रेसको पक्षमा पार्न पनि अहिलेको सरकारको विकल्प खोज्नुपर्ने बताए । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले दल विभाजित भएको अवस्थामा जनमत गुमाएको भन्दै सरकारको विकल्प दिएर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुको विकल्प नरहेको धारणा राखे ।

केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले निजामती प्रशासनलाई अस्तव्यस्त बनाएको टिप्पणी गर्दै सरकारको विकल्प दिएर मुलुकलाई निर्वाचनतर्फ लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा युनियन (सङ्घ)का अध्यक्ष गोपालप्रसाद पोखरेल, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, पूर्वअध्यक्ष सुबोधकुमार देवकोटालगायतले सरकारले भेदभावपूर्ण र एकलौटीरुपमा कर्मचारी सरुवा बढुवा गरेको आरोप लगाउँदै संसद्मा विचाराधीन रहेको सङ्घीय निजामती सेवा ऐन कर्मचारी हितअनुकूल नरहेकाले खारेज गरिपनुपर्ने माग गरे ।

जिल्ला विभागीय अध्यक्ष एवं आधिकारिक ट्रेड युनियनका अध्यक्षहरु र विधान प्रतिनिधिको दुईदिने भेला तथा अधिवेशनले निजामती प्रशासनलाई निष्पक्ष, क्षमतावान र प्रभावकारी बनाएर जनताको सेवालाई प्रभावकारी बनाउने दिशामा आगामी रणनीति तय गर्ने आयोजकले जनाएको छ । सो अवसरमा निजामती सेवामा समर्पित भई जनमुखी प्रशासनमा भूमिका खेलेको भन्दै सङ्गठनका पूर्वनेतृत्व, जिल्ला अध्यक्षलगायतलाई सम्मान गरिएको थियो । रासस

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

साताका लोकप्रिय समाचार

गण्डकीमा थप १२ कोरोना संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी सो सहित प्रदेशमा कुल २...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडाैं ।  लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले‍ सिफारिस...

यी हुन् संवैधानिक आयोगमा नियुक्ति सिफारिश पदाधिकारी (सूचीसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा...

ट्रेन्डिङ

नेगेटिभ पीसीआर रिपोर्ट लिएर उडेका यात्रुमा विदेश पुगेपछि पोजेटिभ

काठमाडौं । विगत केही दिनदेखि नेपालमा कोरोना भाइरसको परीक्षण (आरटी पीसीआर) रिपोर्ट नेगेटिभ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका हवाई यात्रुलाई विदेशमा पुगेलगत्तै पुनः परीक्षण...

मत्स्येन्द्रनाथको रथारोहण पुनः स्थगित

ललितपुर । साउन १० गते अर्थात् नागपञ्चमीको दिन १२ बजेर ५ मिनेटदेखि १२ बजेर २५ मिनेटभित्रको साइतमा मत्स्येन्द्रनाथको रथारोहण गर्ने निर्णय पुनः स्थगित गरिएको...

१० वर्षिया बालिका बलात्कार गरेर भागेका मुखिया १३ वर्षपछि पक्राउ

राजबिराज, सप्तरी । १० वर्षिया बालिका बलात्कार गरेको आरोपमा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

इंग्ल्यान्डलाई अग्रता

लन्डन । कप्तान इओइन मोर्गनले उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टी–२० मा पाकिस्तानमाथि जित निकालेको छ । इंग्ल्यान्डले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको हो ।...

प्रदेश १ लाई खेलकुदको राजधानी वनाउने मुख्यमन्त्रीको उद्घोष

सोलुखुम्बु । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने उद्घोष गरेका छन । शनिवार सोलुखुम्बुको सदरमुकाम...

चुनौतीमय नयाँ वर्ष

सिंगो विश्व नै महामारीको चपेटामा परिरहेका बेला नेपालीले कोरोना भाइरसबाट जोगिन सचेतनाको सन्देशसहित विक्रम संवत् २०७६ लाई बिदाइ गरी २०७७ लाई स्वागत गरिरहेका छन्...

दुई खेल अगाडि नै एपिएफलाई उपाधि

काठमाडौं । दुई खेल अगाडि नै सशस्त्र प्रहरी बल एपिएफले महिला राष्ट्रिय फुटबल लिगको उपाधि जितेकाे छ । नेपाली सेनालाई नेपाल प्रहरीबीचको खेल १-१...

एकैदिन २७२२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२...

दाेहाेराे भिडन्त हैन, प्रहरी ज्यादती : विप्लव

संखुवासभा । अाइतवार दिउसाे संखुवसभामा भएकाे  प्रहरी र विप्लव कार्यकताविचकाे दाेहाेराे गाेली हानाहानकाे घटनाप्रती नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ...

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठकाडौँ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् । अखिल नेपाल महिला...

‘उखुको भुक्तानी नदिनेलाई पक्राउ नगर्नुस्’ भन्दै उद्योगमन्त्रीलाई फोन गर्ने को ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग...

सिन्धुपाल्चोकमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ गुम्बा गाँउमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिहान एक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)