नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक जीत हात पारेको छ । चेन्नइमा भएको उद्घाटन खेलमा बेंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।
१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्कासहित ४८ रनमा रन आउट भए ।
बेंगलोरले स्पिनर वासिन्टन सुन्दर र विराट कोहलीका साथ खेलमा ओपनिङ गराएको थियो । तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । आज चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीचको खेल स्थानीय समयअनुसार राती साढे ८ बजे हुँदैछ ।
तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)