Sunday, May 16, 2021
Home Editor-Picks देउताको कसमले अनुसन्धानमा सहज

देउताको कसमले अनुसन्धानमा सहज

विमल हमाल,

मुगु । बलात्कार प्रयासपछि हत्या गरिएकी मुगु सोरु गाँउपालिका–९ कालै गाँउका नौ वर्षीया बालिका लक्ष्मी चौलागार्इंको हत्याका प्रतिवादीले बयान दिँदा अनुसन्धानमा खटिएका प्रहरीलाई खुवाएको देउताको कसमले अनुसन्धान सहज हुँदै आएको छ । गत २१ चैतमा बलात्कार प्रयासपछि सूचना बाहिर जाने डरले हत्या गरिएको थियो ।

प्रतिवादीलाई प्रहरीले २३ गते पक्राउ गरेपछि घटनासम्बन्धी केरकार गर्दा प्रतिवादीले आफूलाई कुटपिट नगर्ने सर्तका लागि वडा नम्बर ८ रुम गाँउमा रहेका रुम विजयी देउताको कसम खुवाउन लगाएको र आफूले पनि सत्य बाहिर आउने विश्वासमा कसम खाएको अनुसन्धानको नेतृत्वमा खटिएका प्रहरी निरीक्षक नरेश विकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘अपराधीको देउताप्रतिको विश्वास देखेर आफूलाई अचम्म लाग्यो, जब मैले रुम विजयी देउताको कसम खाए तब उसले फटाफटा घटनाबारे ओकल्न थाल्यो । उसले भनेअनुसारका प्रमाण खोज्दा यर्थाथ भेटिए उसले पनि देउताको विश्वासमा सबै कुरा नढाटि भन्यो ।’

प्रहरीकाअनुसार २१ गते बिहान खाना खाएपछि बालिकाका आमा र छोरी नुहाइधुवाई गर्न मुगु कर्णालीमा गएको देखिन्छ । अन्दाजी २ बजेतिर घर आएका आमाछोरी केहीबेर घरमा अर्नी (नास्ता) खाएपछि आमा बेलमती चौलागार्इं गिट्टी कुट्न निस्किन् भने छोरी छिमेकीको आँगनमा ढाल्ना खेल्न साथीहरूसँग गइन् । यति बेलासम्म साँझको अन्दाजी ४ बजिसकेको थियो । साथीहरूसँगै खेल्दै गर्दा केही समयपछि लक्ष्मीलाई दिसा लागेर बजारभन्दा केही मिटर तल घाट भन्ने ठाँउतिर लागिन् । यता, प्रतिवादी प्रवेश रावलले बजारको एक पसलमा दुईवटा रिनटिन चाउचाउ किने । उसको हातमा लोकल एक बोतल रक्सी थियो । चाउचाउसँग रक्सी खाँदै ऊ पनि लक्ष्मी शौच गर्न गएको ठाउँतिर गए ।

जब ऊ लक्ष्मी शौच गरिरहेको नजिक पुगे । लक्ष्मी हतारहतार शौच गर्न छोडेर उठिन् र स्थानीय भाषामा भनिन्, ‘हग्न लागेको देखिनई लाज मान्दैनांै, छारी हग्न बसिया ठाउँ आउन,’ यति भन्दै गर्दा एक्कासि प्रतिवादी रावलले लक्ष्मीलाई च्याप्प समाए । जब बालिका प्रतिवादीको कब्जाबाट फुत्कन कराउन थालिन्, उसले बालिकालाई धकेले । यसरी धकेल्दा बालिका नदीको छेउमै रहेका ढुंगामा बजारिन पुगिन् र बेहोस भइन् ।

रक्सी र यौनको उत्मातमा रहेको प्रतिवादी रावलको जब बालिका बेहोस भइन्, जति हल्लाए पनि होस नआएपछि बालिकालाई नदीमा बगाए । जब बालिका नदीमा फालिइन् उनको होस आयो र बचाउन हात हल्लाइन् । प्रतिवादीले पनि बालिकालाई बचाउन पुनः नदीमा आधा भिजेर पसे ।

बालिकालाई समाउन खोग्दै गर्दा घटना स्थलमाथि गाई गोरु वा भेडाबाख्रा हिँडेको आवाज सुनेपछि घटनाको पोल खोलिने डरले बालिकालाई नबचाई ऊ घरतर्फ लाग्यो । बाटोमा स्थानीय एक व्यक्तिले यति बेला (५ बजेतिर) किन कर्णालीमा गएको भन्दा ऊ माछा मार्न गएको र भिजे मात्र भन्यो । घटनास्थलमा बालिकालाई पर्छादा बालिकाले लगाएको निलो रंगका चप्पल खुट्टाबाट फुत्कन्छ भने खाँदै गरेको चाउचाउका पाकेट पनि बालिकालाई समाउँदा प्रतिवादीले घटना स्थलमा छोड्छ ।

२१ गते हराएकी बालिकालाई स्थानीय र कालै प्रहरी चौकीका प्रहरीले २३ गते खोजी गरे पनि कतै भेट्टाएन २३ गते नै साँझ अन्दाजी गर्दा कतै फेला नपरेपछि २३ गते साँझ ७ बजेतिर प्रहरीलाई खबर आयो बालिकाको शव नदीको रहेका दुई ढुंगाको बीचमा अड्किएको अवस्थामा माछा मार्नेले देखे । खबर पाउना साथ प्रहरी नायब निरीक्षक चित्रबहादुर भट्टराईले घटनास्थलनजिककै रहेको कालै प्रहरी चौकीमा घटनास्थलको सुरक्षाको लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरी खटाए रातभरि प्रहरीले नदीको छेउमा बसेर सुरक्षा दिए २४ गते बिहानै डीएसपी भट्टराईसहितको टोली घटना स्थल तारापानी घाट पुग्यो ।

स्थलगत सबै मुचुल्का उठाएर पोस्टमार्टमका लागि बालिकाको लास जिल्ला अस्पताल मुगुमा लिने व्यवस्था मिलाएर घटनाको थप अनुसन्धान गर्न प्रहरी निरिक्षक नरेश विकको जिम्मा छोडी उनी जिल्ला फर्किए । अनुसन्धानको जिम्मा पाएका भट्टराईले घटनास्थलमा भेटिएका चाउचाउका पाकेटबाट अनुसन्धान सुरु ग¥यो । तारापानी बजारमा चाउचाउ पाइने दुईवटा पसलमा २१ गते साँझ ५ बजेतिर कोकोले चाउचाउ किन्न आए भनेर सोधखोज गर्दा एक व्यापारीले प्रतिवादी रावलले दुई पाकेट रिनटिन चाउचाउ किनेर लगेको र बालिका लक्ष्मी गएकोेतिर ऊ गएको बताए । चाउचाउ किन्न आउँदा ऊ रक्सी खाएको थियो भनेरसमेत व्यापारीले बताए । व्यापारीले बताएअनुसार प्रहरीले प्रतिवादी रावललाई खोज्न लाग्यो ।

गाउँलेकै नयाँ बनाउन लागेको घरमा ज्यामी काम गरिरहेका अवस्थामा प्र्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लियो । सुरुमा केही भन्न नमानेको उसले आफूलाई नपिटने सर्तमा प्रनि विकलाई देउताको कसम खान लगायो । अनुसन्धान गर्न सजिलो र अपराधीनजिक छिटो पुग्ने आशामा आफूले कसम खाएको प्रनि विकले बताए । उनले भने, ‘भगवानले पनि मेरो बाध्यता बुझनुहोला ।’ प्रतिवादीले बताएअनुसार सबै प्रमाण मिलेपछि हत्यारा रावल नै भएको भन्नेमा प्रहरी विश्वस्त छ । उसले बताएअनुसार बलात्कार प्रयासपछि हत्या भयो वा बलात्कार पछि हत्या ग¥यो त्यो भने बालिकाको पोस्टमार्टम रिर्पोट, भेजाइनल स्वाब रिपोर्ट आएपछि प्रमाणित हुने पनि प्रहरीले बताएको छ ।

(Visited 195 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

साताका लोकप्रिय समाचार

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

म्ह्युपी अजिमाको महिमा र जात्रा

हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसमम्म खट जात्रा गरिँदै आएको म्ह्युपी अजिमाको ठूलो महत्व रही आएको छ । गोंगबुबाट नजिकै रहेको डाँडाको...

ट्रेन्डिङ

स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने शहीदहरुको स्मरण

काठमाडौं । प्रजातन्त्रको स्थापना एवं स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदहरुको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक बर्ष माघ १०...

काभ्रेमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । आज पाँच थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ । आज पुनः धुलिखेल अस्पतालका...

आईपीएलः दिल्ली शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्स विजयी भयो । उसले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै लिग अंक...

आफ्नै छोरीको हत्या गर्ने आमा पक्राउ

प्युठान । आफ्नै २५ महिने छोरी हत्या अभियोगमा एक आमा पक्राउ परेकी छिन् । आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४...

पेन्सन बुझनका लागि झुलाघाट नाका ५ दिन खोलिने

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका...

एकै परिवारका चार जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका...

दिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन विधेयकविरुद्ध सुरु भएको प्रदर्शनपछि हिंसात्मक समुहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् । दिल्लीमा...

सेयर बजारमा उत्साह, ९२ अंकले बढ्याे नेप्से

काठमाडौं । लगातार दुइ दिन घटेकाे शेयर बजारमा फेरी उत्साह थपिएकाे छ । मंगलबार नेप्से सूचक ९२.४६ अंकले बढेर २५९९९.०७ विन्दुमा आइपुगेको छ । बजार...

काठमाडाैं उपत्यकासहित १५ जिल्लामा निषेधाज्ञा, बिना काम घरबाट बाहिर ननिस्कन आग्रह

काठमाडौं । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले...

बाँकेमा कोरोना संक्रणमबाट अस्पतालका कर्मचारीको मृत्यु

राँझा । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण...

बलात्कारी दाजु, पाेल खुल्ने डरले बहिनीलाई बाँधेर राखे

रुपन्देही । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा...

वैदेशिक रोजगारीको नाममा लाखौं रुँपैया ठगि गरि फरार

सप्तरी, राजविराज । बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार यूवाहरुबाट लाखौं रकम ठगि गरि एक जना फरार भएका छन् । ठगिमा परेकाहरु मध्येका १८ जना पीडितहरुले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)