Sunday, May 9, 2021
Home Not-to-be-missed आधा दर्जन खेलकर्मी विभूषित

आधा दर्जन खेलकर्मी विभूषित

राजधानी समाचारदाता,

काठमाडौं । सरकारले खेल क्षेत्रमा उल्लेख्य योगदान पु-याएका विभिन्न खेलका खेलकर्मीलाई मान पदवीद्वारा सम्मानित गरेको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित एक समारोहबीच खेल क्षेत्रका आधा दर्जनभन्दा बढी खेलकर्मीलाई विभिन्न मान तथा पदवीद्वारा सम्मान गरेकी हुन् ।

सम्मानित हुनेमा पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक हरि खड्का, राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी, ब्याडमिन्टनको विश्व वरीयताको जुनियरतर्फको तेस्रो वरीयताका प्रिन्स दाहाल, क्रिकेटका सोमपाल कामी, एथ्लेटिक्सका अजितकुमार यादव, बडी बिल्डिङका महेश महर्जन करातेका मण्डेकाजी श्रेष्ठ, नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापालगायत रहेका छन् ।

यस्तै, सुटिङकी फूलमाया क्याप्छकी, कराँतेकी सन्जु महर्जन, प्रशिक्षक खड्का र खेलाडी भण्डारी प्रबल जनसेवा श्री चतुर्थबाट, कराँतेका मन्देकाजी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स, एथ्लेटिक्सका अजित, क्रिकेटका सोमपाल, बडिबिल्डिङका महेश प्रबल जनसेवा श्री पञ्चमबाट सम्मानित भएका हुन् । सरकारले अघिल्लो वर्ष नै यो अवार्ड दिनुपर्नेमा कोरोनाका कारण स्थगित भएको थियो । सन् १९९५ देखि २००५ सम्म नेपालका लागि खेलेका खड्काले राष्ट्रिय टोलीबाट सर्वाधिक १३ गोल गरेका छन् । पूर्वराष्ट्रिय खेलाडी खड्काले खेल जीवनपछि राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सम्हालेका थिए ।

उनकै प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप र १३औं दक्षिण एसियाली खेलकुद (साग)मा रजतपदक जित्दा ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो । खड्का हाल राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य र एन्फा महिला विभाग प्रमुख पनि हुन् । नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान राष्ट्रिय महिला खेलाडी भण्डारीको नाममा छ । उनले हालसम्म ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । दुईपटक महिला लिगमा सहभागी भण्डारीले दुवैपटक टोलीलाई च्याम्पियन बनाउँदा गत संस्करण सर्वाधिक गोलकर्तासमेत बनेकी थिइन् । कराँतेका मन्देकाजी श्रेष्ठ १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता हुन् ।

सुदूरपश्चिम प्रदेश दार्चुला खलंगा ५ का प्रिन्स नेपाली यू–१९ का नम्बर एक खेलाडी हुन् । सोही उमेर समूहमा प्रिन्सले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै नेपाललाई स्वर्णपदक दिलाइसकेका छन् । उनी विश्वको जुनियर वरीयताको तेस्रो स्थानमा अट्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडीसमेत हुन् ।

जुनियर खेलाडी भए पनि प्रिन्सले नेपालको शीर्ष वरीयतामा रहेका रत्नजित तामाङ र दीपेश धामीलाई पराजित गरी उपाधि जितिसकेका छन् । उनले यस वर्ष दुई उपाधि जित्दा फाइनलमा रत्नजित र दीपेशलाई पराजित गरेका थिए ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

साताका लोकप्रिय समाचार

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन...

गुल्मीका स्थानिय तहले बनाए अक्सिजनसहित आइसोलेशन

गुल्मी । दोस्रो चरणको कोरोना नियन्त्रणमा गुल्मीका स्थानीय तहहरुले सक्रियता बढाएका छन् । हरेक स्थानीय तहले छुट्टाछुट्टै योजनाका साथ कोरोना नियन्त्रणमा लागेका हुन् ।...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

सुनसरीमा ३१ गतेसम्म निषेधाज्ञा, हिँडडुलमा रोक

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यरातिदेखि जिल्लाभर लकडाउनको आदेश जारी गरेको छ । यसअघि प्रशासनले २४ गतेसम्म सीमित क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय...

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा...

ट्रेन्डिङ

उपत्यकासहित देशभर तापक्रम वढ्यो

काठमाडाै‌ ।  पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ । मौसमविद् राजु प्रधानाङ्गका...

संवैधानिक अंगहरूमा नियुक्ति र प्रभावकारिता

मुलुकमा अहिले संवैधानिक अंगहरूमा रिक्त रहेका तीन दर्जनभन्दा बढी व्यक्तिको नियुक्तिको विषय र अख्तियार दुरुपयोग आयोगका काम कारबाहीको विषयलाई लिएर संवैधानिक अंगहरूको बारेमा बढी...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

निजी अस्पतालमा कोरोनाको उपचार मिलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड—१९) को उपचार गर्नबाट निजी अस्पतालले उन्मुक्ति हुन नमिल्ने आदेश जारी गरेको छ । कुनै पनि...

छात्राबासमा आगलागी हुँदा २५ लाख क्षति

इलाम । इलामको फाकफोक गाउँपालिका–६ को फूस्रेस्थित तीनजुरे बोर्डिङ्ग स्कूलको छात्राबासमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । गएराति विद्युत सर्ट भई...

कोरोना भाइरसको प्रभाव: तीन सय शय्याको अस्पताल बनाउने तयारी

काठमाडौं । सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्ने गरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल...

पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको आयात घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घटेको हो । विश्वभरी महामारीका रुपमा फैलिएको...

जंगलमा लुकेर जुवा खेल्ने पक्राउ

काभ्रेपलाञ्चोक । प्रहरीले जंगलमा लुकेर जुवा तास खेल्ने समूहका दुई जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नम्बर – ९ मा रहेको देवीथान...

एमिकस क्युरीका कार्कीले भने ‘प्रधानमन्त्रीको नियत खराब देखियो’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी) तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत इन्टेनसले प्रतिनिधिसभा विघटन गरेको बताएका...

सेवानिवृत्त राष्ट्रसेवकको क्षमता उपयोगको व्यवस्थापन

नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा पूर्वकर्मचारी, सैनिक र प्रहरीलगायतका पूर्वराष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्ने नीति रहेको...

११ वर्षदेखि अलपत्र पुलको मुख्यमन्त्रीद्वारा अनुगमन

कालिकोट । ११ वर्षदेखी अलपत्र अवस्थामा रहेको कर्णाली करिडोरको खुलालु पक्किपुलको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ७ वर्षपछि अनुगमन गरेका छन् । लामो समयदेखि...

एमसिसी सम्झौता नेपालको लागि खतरा: अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)