Sunday, May 16, 2021
Home भर्खरै भक्तपुरको बिस्का जात्रा आजबाट सुरु

भक्तपुरको बिस्का जात्रा आजबाट सुरु

राजधानी संवाददाता,

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ । यसवर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ । भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो कार्ययोजना तय गरेको हो । तालिकाअनुसार आज बिहान ५ बजे नै भैरवनाथको महास्नान पूजा र ५:३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गरिएको छ ।

बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्ने, बिहान ८ देखि ९ बजेसम्ममा नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायष्थ समेतको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९ बजेदेखि ९:३० बजेसम्ममा भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धरको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९:३० बजेदेखि १० बजेसम्ममा गुठी संस्थान कार्यालय र सिकर्मी नाइके भएर पूजा सम्पन्न गर्ने बैठकपछि जारी जात्रासम्बन्धी कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यस्तै बिहान १० बजे बेताल झिक्ने, जगतबहादुर मानन्धर र गङ्गालाल कुस्मा समेतबाट पूजा सम्पन्न गर्ने, १० बजेदेखि ११ बजेसम्म बेताल सफा गर्ने र रथमा राखी सिंगार्ने, ११ बजेदेखि १२ बजेसम्म भैरवनाथको मूल नाइके लक्ष्मीभक्त घैमसूले श्रीको पूजा शुरु गर्ने कार्यक्रम छ । त्यस्तै १२ बजे गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुखले तलेजु पूजारी प्रगेश राजोपाध्यायलाई खड्ग बुझाउने, १ बजेसम्ममा पूजारी प्रगेश राजोपाध्याय दुई जना र हपः दिने चौगुठीहरू दुई जना तलेजुमा उपस्थित हुने, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी र गुठी कार्यालयले बाजा बन्दोबस्त गरी टौमढीमा आउने र १२ देखि १ बजे भैरव नाइके लक्ष्मीभक्त घेमोसु गुठीयारले गुहृय पूजा सिध्याई देवता रथमा राख्ने तयारी गरिएको छ ।

भैल खः तान्न १ देखि १ः३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा बिराजमान गर्ने गरी भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने, १ः३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याई २ः०० बजेदेखि भैरवनाथको रथ तान्न शुरु गर्ने गरी ५ः३० बजेसम्म भैरवनाथको रथ गःहिटीमा पु¥याई जात्रा सम्पन्न गर्ने तयारी गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यसवर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न समेत अनुरोध गरिएको छ ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । “भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ ।

त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ”, उनी भन्छन्, “यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”

प्रा डा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गरेका छन् । उनले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम मात्र रहेको बताए । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतिक लिंगोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।”

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

साताका लोकप्रिय समाचार

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

होटल सोल्टीबाट आईएचजी बाहिरियो, अब दी सोल्टी काठमाडौं

काठमाडौं । काठमाडौंको ताहाचलस्थित पाँचतारे होटल सोल्टी क्राउन प्लाजा र इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) बीचको सम्झौता सकिएसँगै अब यो हाटल नयाँ ब्रान्डबाट सञ्चालनमा ल्याउने...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

सर्वोच्च अदालतमा पुनः सेवा शुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण...

ट्रेन्डिङ

कविताले ल्याइन लक डाउनमा नयाँ गीत

काठमाडौं । गायिका कविता बलामीको आफ्नो स्वरमा नयाँ गीत ल्याएकी छिन् । उनले नयाँ गीत आकाशको कालो बादल’ श्रोतामाझ ल्याएकी हुन् । यो गीतमा...

८२१ जनामा कोरोना पुष्टि, ८४२ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर...

सांसद हराएपछि प्रदेशसभा बैठक स्थगित

पोखरा । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मत विभाजन हुने भनी निकै महत्वका साथ हेरिएको गण्डकी प्रदेशसभाको बुधबारको बैठक अन्ततः अनिश्चितकालका लागि स्थगित भएको छ । संसदमा...

जुमानुको ह्याट्रिक

काठमाडौं । भेट्रान फरवार्ड जुमान राईले ह्याट्रिक पुरा गरेपछि एनआइविएल फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजनमा सुपर सिक्समा...

छैटौं संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधनको पूर्णपाठ

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाकासम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीगण, संघिय संसदकासंसदीय समितिका माननीय सभापतीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, विशिष्ट अतिथिहरु, कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु, संविधान दिवस तथा राष्ट्रिय दिवस...

नेकपाका सांसदलाई प्रधानमन्त्रीको पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत...

जुडोको निर्वाचन स्थगित

काठमाडौं । नेपाल जुडो संघको निर्वाचन अनिश्चित कालका लागि स्थगित भएको छ । संघले बिहीबार एक विज्ञप्ति निकाल्दै कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण ६...

लिभरपुलसँग चेल्सी स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलसँग चेल्सी २–० ले स्तब्ध भएको छ । चेल्सीको मैदानमा भएको खेलमा च्याम्पियन लिभरपुललाई विजयी...

साथीको हत्या आरोपमा स्याङ्जामा दुईजना जेल चलान

स्याङ्जा । एक महिना अगाडी भीरबाट लडेर मृत्यु भएका भनिएका व्याक्तिको हत्या भएको खुलासा भएको छ । पिकनिक खाएर फर्कदै गर्दा भीरबाट लडेर मृत्यु...

स्वयम्भू बिटका असई गोली लागेको अवस्थामा मृत भेटिए, कसले हान्यो गोली ?

काठमाडौं । प्रहरी बिट, स्वयम्भूमा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) मृत फेला परेका छन् । आइतबार बिहान सुतेकै ठाउँमा असई विष्णु कार्की मृत...

पोग्बासँग ‘बालोन डी’ओर जित्ने क्षमता छ

लन्डन । इंग्लिस मिडफिल्डर एन्डर हेरेराले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर पल पोग्बासँग बालोन डी’ओर जित्ने सबै चिज रहेको बताएका छन्...

राउटे समुदाय जंगली जडिबुटी खोज्न छाडेर अस्पताल धाउन थाले

दैलेख । जंगली जडीबुटीको विश्वास गर्ने राउटे समुदाय पछिल्लो समय आधुनिक औषधी उपचारमा रमाउन थालेका छन् । पुर्खौं पुर्खादेखी जंगलमै बस्ने,जंगलका गिट्ठा भ्याकुर कन्दमुल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)