Sunday, May 9, 2021
Home बिचार सत्ता समीकरणका खेल

सत्ता समीकरणका खेल

राजधानी समाचारदाता,

निकै चर्को विवादमाझ नेपाली कांग्रेसले नयाँ सत्ता समीकरणका लागि भेटघाट र बैठक सुरु गर्न थालेको छ । तर, पनि सत्ता समीकरणका लागि भनेर गरिएका ती अभ्यास सफल हुन सकेका छैनन् । हामीकहाँ राजनीतिक अस्थिरता चाहने तत्वले सरकार फेरबदल गरिरहन खोज्छन् । सरकार फेरबदलसँगै हुने राजनीतिक अस्थिरतामा आफ्नो स्वार्थपूर्ति गर्ने खेल पनि प्रशस्तै हुने गर्छन् । विगतमा नौ/नौ महिनामा सरकार परिवर्तन हुँदा के कस्ता कर्तुत भए जगजाहेर नै छ । त्यसैले राजतनीतिक स्थिरताका लागि पनि सरकार फेरबदल गर्ने खेल बन्द गरिनुपर्छ ।

अहिले विशेषगरी माओवादी केन्द्र जसरी पनि ओली नेतृत्वको सरकार विस्थापन गर्न चाहन्छ । तर, उसले चाहँदैमा सरकार परिवर्तन भइहाल्ने अवस्था पनि छैन । ‘वेटिङ गभर्नमेन्ट’का रूपमा रहेको प्रतिपक्षी नेपाली कांग्रेस आफैं पनि सरकार विस्थापन भइहाल्छ भन्ने विश्वासमा छैन । पार्टीभित्र विवाद र फरक मत छन् । वरिष्ठ नेता पौडेल वैकल्पिक सरकार निर्माणका लागि तयार देखिए पनि पार्टी सभापतिले अझै परिस्थिति परिपक्व भई नसकेको तथा ‘पर्ख र हेर’को अवस्थामा रहनुपर्ने भएको कुरा राखिरहेकाले यसले सहकार्य गर्ने पार्टीबीच विश्वास जगाउन सकिरहेको छैन । तर, पनि देउवा सुस्त गतिका साथ यी कदम अघि बढाउन तयार देखिएका छन् । उनलाई सघाउँदै सहकार्य गर्ने हैसियतमा रहेका जनता समाजवादी पार्टी र माओवादी केन्द्र पनि नयाँ समीकरणका लागि चालिनुपर्ने कदम उचित रूपमा उठाएर तयार भइसकेका देखिँदैनन् । माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्तासम्म गरेको छैन । यसले नेपाली कांग्रेसमा अविश्वास जन्माएको छ ।

अर्कोतिर जनता समाजवादी पार्टी आफंैमा एकढिक्का छैन । महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारसँग निरन्तर संवादमा छन् । अर्कोतिर उपेन्द्र यादव र बाबुराम भट्टराई कांग्रेस, माओवादीलगायतका सरकारइतर शक्तिसँग मिलेर नयाँ वैकल्पिक सरकार निर्माणको तयारीमा देखिन्छन् । यसले संसद्मा अनौठो परिस्थिति सिर्जना हुन गएको छ । न त सरकारले आफूलाई विश्वासको मत लिन सक्ने न त सरकारइतर पार्टीहरूले सरकारको विकल्प नै दिन सक्ने अवस्था देखिएको छ । यसैले गर्दा पनि संसद्भित्रको बिजनेस निकै गतिहीन र प्रभावविहीन बन्दै गइरहेको छ । संसद्मा संकट छ, सरकार देख्दा बहुमतको चलिरहेको छ तर यसमा संलग्न पार्टी र पक्षहरूले यसको विरोध गरिरहेका छन् । कतिपयले कानुनी वा संवैधानिक रूपमा सरकारप्रतिको समर्थन फिर्ता लिन नसके पनि सडकमा सरकारको राजीनामाको माग भने गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी र नेपाली कांग्रेस तयार नहुँदासम्म आफूहरूले समर्थन फिर्ता लिन गाह्रो भएको बताइरहेका छन् । सरकारको समर्थन फिर्ता नलिँदासम्म माओवादी केन्द्रलाई विश्वास गर्न नसकिने कांग्रेस र जनता समाजवादी पार्टीको अडान रहेको छ ।

संसद्मा ओली सरकार गिराउन अविश्वासको प्रस्ताव लगे पनि वा ओली सरकार टिकाउन प्रयास गरिए पनि संसद्मा ३४ सिट संख्या रहेको जनता समाजवादी पार्टी निर्णायक बनेको छ । यो पार्टीले ओली सरकारलाई समर्थन दिएर सरकारमा सहभागी भए सरकार गिर्दैन । यही पार्टी जसपाले सरकारइतरका शक्तिसँग मिलेर नयाँ विकल्प दिन चाहे पनि नयाँ सरकार बन्छ । यसमा अझ रोचक कुरा त के छ भने जनता समाजवादी पार्टी सिंगैमा सरकारइतर शक्तिमा सामेल भए नयाँ विकल्प दिन सकिन्छ भने यो पार्टीको आधा अर्थात् १७ सांसद्ले मात्र सरकारलाई समर्थन गरे ओलीसरकार पूर्ण कार्यकाल चल्छ । त्यसैले पनि यही सरकारलाई निरन्तरता दिने वा नयाँ सरकार गठन गर्ने भन्ने निर्णायक मत लिएर बसेको जनता समाजवादी पार्टीमाथि सबैको दबाब र प्रभाव बढिरहेको छ ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

साताका लोकप्रिय समाचार

९,१९६ कोरोनाभाइरस संक्रमित, ५० जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा  नेपालमा ९,१९६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

देशैभरी सहयोगमा जुटयो युवा संघ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले देशैभरी स्वयंसेवक परिचालन गरेको छ । देशैभरी कोरोना भाईरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको...

ट्रेन्डिङ

असंगठित क्षेत्रका तीन मजदुरलाई राहत हस्तान्तरण

बागलुङ्ग । बागलुङ नगरपालिका बागलुङले असंगठित क्षेत्रका तीन मजदुरलाई राहत प्रदान गरेको छ । बन्दाबन्दी (लकडाउन) को कारण दैनिक जीवन निर्वाहमा परेका तीन परिवारलाई...

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदिय दलकाे निर्णय

काठमाडाैं ।  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले...

सिरी ‘ए’ ६ सातामा सकाउने

रोम । कोरोना महामारीको त्रासपछि इटालियन सिरी ‘ए’को स्थगित खेलहरू आगमी जुन २० देखि पुनः सुचारु हुँदै छ । इटालियन फुटबल फेडेरेसन (एफआईजीसी)ले सोमबार...

ट्रेन्डिङको दोस्रो स्थानमा प्रकाश सपुतकाे ‘मेरो पनि होइन र यो देश ?’

काठमाडाैं ।  सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ ।...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

केपी ओली इमान्दार तानाशाह : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईल प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएकोे आरोप लगाएका छन् । दाहाल–नेपाल समूहले...

सिन्धुलीमा अत्यावश्यक सेवा बाहेक सबै बन्द

सिन्धुली । विश्वभर माहामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड–१९) प्रतिकार्यका लागि सिन्धुली ‘सेमी लक डाउन’ गरिएको छ । चैत ११ गतेदेखि अत्यावश्यक...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

कोरोना त्रास : उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम...

संघीय संसद्का अभिभारा र अक्कर

भागवत खनाल पृष्ठभूमि : लर्ड ब्राइस भन्छन्, ‘लोकतन्त्र त्यस्तो पद्धति हो, जसमा शासकीय शक्ति कुनै एउटा विशेष व्यक्तिवर्गमा सीमित नभई समाजका सम्पूर्ण व्यक्तिमा...

इलाममा भोलीबाट कोरोना भाईरस विरुद्धकाे खोप लगाइने

इलाम । इलाममा भोली (बुधबार) बाट कोरोना भाईरस विरुद्घको खोप सञ्चालन हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणर्मो चिकित्सक तथा...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)