Saturday, May 15, 2021
Home Breaking News कात्तिकबाट ई-पासपोर्ट

कात्तिकबाट ई-पासपोर्ट

निराजन पौडेल,

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्र्तगत राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी अघि बढाएको छ ।

सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरेसँगै प्रक्रिया अघि बढेको हो । गत २१ डिसेम्बरमा आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (नेपाली साढे २ अर्ब रुपैयाँ बढी)बराबरको ठेक्का सम्झौता गरेसँगै प्रक्रिया अगाडि बढेको हो ।

ई–पासपोर्ट जारी गर्ने यसअघि नै विभागले सूचना जारी गरिसकेको छ । आगामी सेप्टेम्बरदेखि इ–पासपोर्ट जारी गर्ने तयारी भएकाले अत्यावश्यकबाहेक एमआरपी नबनाउन विभागले आग्रह गरेको थियो ।

निकट भविष्यमा गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी हुने हुँदा अत्यावश्यक अवस्थाबाहेक राहदानी बनाएर घरमा राख्न मात्र यन्त्रवाचक राहदानी (एमआरपी) नबनाउन नै विभागले सूचना जारी गरिसकेको छ ।

नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहित चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नुपर्ने अवस्था नहुने विभागको विश्वास छ । विश्वका ११५ मुलुकले ई–पासपोर्ट जारी गरिसकेका छन् ।

विभागले अत्यावश्यकबाहेक एमआरपी नबनाउन सर्वसाधारणमा आग्रहसमेत गरिसकेको छ । सरकारसँग भएको सम्झौताअनुसार प्रक्रिया पूरा भए कात्तिक दोस्रो साताबाट ई–पासपोर्ट जारी हुनेछ ।

‘सुरक्षा र संवेदनशीलता’ कारण देखाउँदै अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ । मापदण्ड पूरा गर्न तत्काल कदम चाल्नुपर्ने भएपछि हतारमा सरकारले फ्रान्सेली कम्पनीलाई ई–पासपोर्ट छपाइका लागि दिएको हो । मापदण्ड तोके पनि आईकाओले अनिवार्य भनेको छैन ।

२०६७ पुसदेखि वितरण सुरु एमआरपी आर्थिक वर्ष २०७६/७७ सम्म ६३ लाख ७२ हजार १ सय ५३ जनाले लिइसकेका छन् । विभागमा अझै करिब २ लाख ३० हजार एमआरपी मौज्दात छन् ।

के हो ई–पासपोर्ट ?

ई–पासपोर्टमा व्यक्तिगत सूचनादेखि वाहकको ‘बायोमेट्रिक डाटा’सम्म राखिन्छ । यसकारण ई–पासपोर्ट विश्वकै सबैभन्दा सुरक्षित मानिन्छ । नेपालको एमआरपीमा बायोमेट्रिक डाटा राखिएको छैन ।

ई–पासपोर्टमा चिप राखिन्छ, जसमा पासपोर्टबाहकको औंठा छाप, आँखाका नानीदेखि तस्बिरसमेत हुनेगर्छ । विश्वका १ सय १५ मुलुकले विद्युतीय राहदानी कार्यान्वयन गरिसकेका छन् भने अन्य यसतर्फ उन्मुख छन् ।

एमआरपीभन्दा थप सुरक्षित, विश्वासिलो, व्यक्तिको विवरण प्राप्त गर्न र पहिचान गर्न सहज, यात्रामा सरलता, बढ्दो प्रयोग, सूचना गोप्यता कायम र अन्तरआबद्धतामा विद्युतीय राहदानीले सहजता कायम हुने दाबी गरिएको छ ।

१० वर्ष उमेरमाथिकालाई १० वर्ष समयावधि अवधिको राहदानी ‘बुक’ उपलब्ध हुनेछ । त्योभन्दा कम उमेरका बालबालिकालाई पा“च वर्ष अवधिको राहदानी दिइनेछ ।

(Visited 176 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

साताका लोकप्रिय समाचार

गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया : जनमोर्चा निर्णायक

पोखरा । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखबाट ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका आह्वान गरिएकोमा दोस्रो दिनसम्म पनि जनमोर्चा अनिर्णित बन्दा गण्डकीमा सरकार गठन हुन...

प्रधानमन्त्री ओलीको शपथ आज दिउँसो साढे २ बजे, आजै सानो आकारको मन्त्रिपरिषद गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । दिउँसो साढे दुई जबे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम...

एनआरएनएले सुरु गर्‍यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान

काठमाडौं । विभिन्न मुलुकमा रहेका आप्रवासी नेपालीहरूको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सुरु गरेको छ । कोरोना...

देउवाः दिनभर दौडधुप साँझ शिथिल

काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र...

‘यस्तो माया’

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको 'यस्तो माया' बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा...

ट्रेन्डिङ

घरबाटै भिडियो ब्यायाम सिकाउँदै कैटरिना

मुम्बई । कोरोना भाईरसले धेरै मुलुकहरु लक डाउनमा छ । यतीबेला सबै घरमा छन् । भारत सरकारले २१ दिन मुलुक लक डाउन गरेपछि बलिउड...

एकै परिवारका ९ जनामा कोरोना !

पोखरा । पोखरामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको छ । पोखरा वडा ९ बसोबास गर्ने एकै परिवारका ९ सदस्यमा कोरोना...

दुई कोरोना संक्रमित थपिए

काठमाडौं । दुईजना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या ५१ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार...

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

अर्घाखाँची । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण...

ओली प्रचण्डविच के सहमति भयो ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दशबजेबाट...

ग्रान्डी अस्पतालले बिरामीसंग क्षमा माग्दै भन्याे ‘अक्सिजन सकियाे,अब नयाँ बिरामी भर्ना लिँदैनाैं’

काठमाडाैं ।  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना...

सीमामा अलपत्र परेकालाई स्वदेश ल्याउन निर्देशन

काठमाडाै‌ । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सिमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ । कोरोना...

दिवंगत भएकाको सम्झनामा शतबिज छर्दै (फोटोफिचर)

काठमाडौं । आज बालाचतुर्दशी । दिवंगत भएकाहरुको संझनामा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेका शिवालयहरुमा शतबिज छर्दै श्रद्धालु । त्रयोदशीको दिन बेलुकी शिवालयहरुमा दीपदान गरी...

क्लिनफिडको अर्थतन्त्रमा योगदान

नेपालमा विज्ञापन व्यावसायीहरूले केही वर्षदेखि उठाउँदै आएको विषय अन्ततः सरकारले दोस्रोपटक कार्यान्वयनमा ल्याएको छ । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरू क्लिनफिड भएर मात्रै प्रसारण...

बढ्दो द्वन्द्वले विध्वंश निम्तने खतरा

एमाले र माओवादी, एकीकरणले नेपाली जनतामा थपेको नयाँ ऊर्जा र उत्साहले नतिजा देखाउन नपाउँदा नै पार्टीमा विग्रह आई अन्ततः प्रतिनिधिसभा विघटन हुन पुग्यो ।...

गोठाटारमा खुल्यो कृषी बजार

काठमाण्डौ । कागेश्वरी मनहरा नगरपालिका वडा नं ८ स्थित गोठाटार नागरिक मार्गमा कृषी उपज बजार सञ्चालनमा आएको छ । मनमुरी कृषी सहकारी सँस्था लिमिटेडले...

नक्सा पास नगरी स्कुलको भवन व्यापारिक प्रयोजनका लागि निर्माण, वडाध्यक्षको गैरजिम्मेवारी जवाफ–‘सबै कुरा मलाई थाहा हुन्छ ?’

इटहरी । इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा निर्माणाधिन रहेको भवन नक्सा पास नै नगरी बनाईएको पाईएको छ । बिद्यालयले केही समययता मात्र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)