Sunday, May 16, 2021
Home प्रमुख बिस्केट जात्राको रथ तान्दा मध्यराति ढुङ्गा हानाहान, १९ घाइते

बिस्केट जात्राको रथ तान्दा मध्यराति ढुङ्गा हानाहान, १९ घाइते

,

भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

हिजो दिउँसो ४ बजेदेखि रथ तान्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन् । घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ । त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकामा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाइते भक्तपुर नपा–६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ । अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पु¥याइएको छ ।

यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो । रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो । भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर शुरु गरिन्छ ।

विसं अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प म¥यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ । थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ । भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबार स्क्वायर नेसं ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उहाँ बताउनुहुन्छ ।

अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पूजाअर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट जात्रा हुनपुगेको श्रेष्ठको भनाइ छ । बिस्केट जात्रामा भैरवको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उहाँको शक्ति भद्रकालीको पनि भएको बताउनुहुन्छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिङ्गोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उहाँको भनाइ छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी टौमढीमा ल्याएर रथमा बिराजमान गराएपछि विधिवत्रूपमा जात्रा शुरु गरिन्छ । देवतालाई रथमा राखेपछि स्थानीयवासीले भैरवनाथको रथको अगाडि र पछाडि राखिएको डोरी तानातान गरेर माथिल्लो क्षेत्र र तल्लो क्षेत्रको बासिन्दाले रथलाई तानेर आ–आफ्नो टोलमा लैजान रथ तान्ने गरिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

साताका लोकप्रिय समाचार

१ सय ३८ वटा अक्सिजन सिलिण्डर बरामद

रौतहट । रौतहटको गौर अस्पतालका कोभिड संक्रमित बिरामीहरुले अक्सिजन नपाएको गुनासो बढेपछि रौतहट प्रहरीले बजारका पसलहरुबाट १ सय ३८ वटा ग्यास सिलिण्डर बरामद गरेको...

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

काठमाडाैं ।   कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड...

एसईई र १२ कक्षाको परीक्षा स्थगित

काठमाडाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको  बैठकले परीक्षा स्थगित गर्ने निर्णय...

९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामान सस्तो मूल्यमा उपलब्ध गराउने लक्ष्यकासाथ इसेवासँगको सहकार्यमा जम्मा ९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर...

धनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

धनकुटा । धनकुटामा शुक्रबार एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला...

ट्रेन्डिङ

निषेधाज्ञाको दोस्रो दिन यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)

काठमाडौँ । सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाको दोस्रो दिन काठमाडौं उपत्यकाका सडकमा केही चहलपहल देखिएको छ । महिलाहरुको महान चाड हरितालिका तिज आज भएका...

नेबिसंघ (वी पी)को आयल निगम डिपोमा ताला लगाउने प्रयाश असफल

काठमाडौं । नेपाली काँग्रेस (वी पी) को भातृ संघ नेपाल विद्यार्थी संघ (वी पी) ले मंगलबार नेपाल आयल निगमको थानकोटमा रहेको डिपोको गेटमा ताला...

कटुवा पेस्तोलसहित दुई पक्राउ

लहान । सिरहामा कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेहरुमा डम्पल यादव र पे्रमनाथ यादव रहेको प्रहरीले जनाएको छ ।...

हत्या गरिएका अवस्थामा चौधरीको शव फेला

इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच...

सप्तरी काँग्रेसको बिवाद उत्कर्षमा

सप्तरी, राजबिराज । नेपाली काँग्रेस सप्तरी भित्रको बिवाद उत्कर्षमा पुगेको छ । सभापति दिनेश कुमार यादब र सचिव रामकुमार यादबले पार्टी कार्यकर्ता समायोजन बिषयलाई...

६४ मिलियन पाउन्डमा डायस सिटी आउने

लन्डन । पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाका डिफेन्डर रुबेन डायस इंग्लिस क्लब म्यानचेस्टर सिटी आउन सहमत भएको छ । सिटीको क्लब इतिहासकै कीर्तिमानी मूल्य...

अभिनेता पुष्प पनि म्युजिक भिडियोमै व्यस्त

काठमाडौं । अन्य अभिनेताजस्तै पुष्प खड्का पनि फिल्मको काम रोकिएको बेला अहिले म्युजिक भिडियोमा व्यस्त छन् । गत असारमा लकडाउन खुलेपछि उनी म्युजिक भिडियोतर्फ...

हिउँमा फसेका मजदुरको १४ दिनपछि सकुशल उद्धार

  रसुवा जिल्लाको गोसाइकुण्ड नजिकै हिउँमा फसेका सिन्धुपाल्चोकको एक मजुदरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । लकडाउन पछि हिडेरै घर फर्कदै गरेका बलेफी गाउँपालिका...

वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । दुई चरणमा निर्वाचन गर्ने भनेको सरकारले आगामी १७ वैशाखमा ४० र २७ वैशाखमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार...

परियोजना बैंक: एक समालोचनात्मक समीक्षा

परियोजना सेवा र वस्तु उत्पादनको निश्चित अवधिका लागि लगानी गर्ने एउटा प्रस्ताव हो । आवधिक योजना परियोजनाको संग्रह हो भन्दा अत्युक्ति हुँदैन । विकास...

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा...

सर्वाधिक २२ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो रमपम पुर्वेली म्युजिक अवार्ड

इटहरी ।  पुर्वेली लोक गीत संगित प्रति समर्पित मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको (रमपम पूर्वेली म्युजिक अवार्ड २०२० शुक्रबार सम्पन्न भएको छ । ईटहरीस्थित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)