Thursday, May 6, 2021
Home प्रदेश भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

राजधानी समाचारदाता,

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो ।

सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने

भारतबाट फर्केका नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि बैतडी सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले कोरोना सङ्क्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले वीरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । भारतसँग सीमा जाडिएको झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिकमध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

यस्तै सरकारले कोरोना सङ्क्रमणबाट बच्नका लागि २५ जनाभन्दा भीडभाड हुने खालका क्रियाकलाप नगर्न अनुरोधसमेत गरेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै सीमा नाकामा समेत उच्च सतर्कता अपनाइएको छ । रासस

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

साताका लोकप्रिय समाचार

धमाधम अक्सिजन सुबिधासहितको आईशोलेशन बनाउदै बाँकेका स्थानीय तह

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको...

सिन्धुपाल्चोकमा रैथाने बिऊ मेला (फोटो फिचर)

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिक–२ भन्ज्याङकी सुन्तली केसी एक पाथी मकै, कोदो जे अनाज भए पनि पिध्नका लागि गाउँभन्दा एक घण्टा टाढा लिसंखुपाखरको वाफलमा रहेको...

कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा बस्दै

काठमाडौं । वर्तमान राजनीतिकको समीक्षा गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा बैठक आह्वान गरेका हुन्...

कोरोनाका कारण सुदूरपश्चिममा एकैदिन १२ को मृत्यु

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । यो प्रदेशमा कोरोना संक्रमणका कारण यसरी एकैदिन यो संख्यामा पहिलोपटक मृत्यु...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

ट्रेन्डिङ

प्रधानमन्त्री मोदीको मुस्कान अभियानमा बलिउडकर्मी

मुम्बई । बलिउड अभिनेता अभिनेत्रीले यति बेला आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा मुस्कानयुक्त फोटो साझेदारी गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्कान अभियानलाई साथ दिन...

एक नवीन क्रान्तिको खाँचो !

हालको राजनीतिक आन्दोलन एक जना प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री बनाउने उद्देश्यमा केन्द्रित देखिन्छ । न्यायसम्मत बहस अदालतको हातमा छ, मात्रै यसभित्रको एउटा भाष्यले पिरोल्छ...

ओली र दाहाल–नेपाल समूहको तानातानमा पूर्वलडाकु

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको...

वन जोगाउन तात्यो वन कार्यालय

सप्तरी, राजविराज । डिभिजन वन कार्यालय सप्तरीले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक उपार्जनका लागि विभिन्न गतिविधिमा जोड दिएको छ । आर्थिक...

साहको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ

काठमाडौं । जनकपुर बमकाण्डमा दोषी ठहर भई जन्मकैद सनाइएका पूर्वमन्त्री सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अन्तिम सुनुवाइ सुरु भएको छ ।...

न आर्मी बन्न सके न त साफ खेल्न

काठमाडौं । सन् २००६ को १०औं दक्षिण एसियाली खेलकुद श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै थियो । त्यसका लागि हरेक राष्ट्रका खेलाडीले जोडतोडले तयारी गरिरहेका थिए...

हुम्लामा चिसोले जनजीवन कष्टकर

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा...

आइसोलेसनको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

रौतहट । समाजिक क्षेत्रमा काम गदै आइरहेको छाया नेपालले रौतहट बिपत ब्यबस्थापन समितिले संचालन गरेको कोरोना आइसोलेसन सेन्टरको लागी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ...

भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु

भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएकाे सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो ।...

भारतबाट फर्किन तछाडमछाड : २५ हजार बढी भित्रिए, ७ जनामा देखियो संक्रमण

धनगढी । बिगत एक सातायता भारतका विभिन्न शहरबाट दिनहुँ ठूलो संख्यामा नेपाल आइरहेका नेपालीहरुलाई स्वास्थ्य परिक्षण नै नगरी पठाइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

सर्लाहीमा २३ जना कोरोना जितेर घर फर्के

सर्लाही । सर्लाहीमा कोरोना संक्रमितको संख्या बढे सँगै कोरोना निको भएर घर फकर्नेको संख्या पनि बढि रहेको छ । आज एकै दिन २३ जना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)