Saturday, May 15, 2021
Home भर्खरै बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

सुदीप अधिकारी,

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा गैँडाको संख्या ३८ पुगेको छ । यस अघि सन् २०१५ मा गरिएको गणनामा बर्दिया निकुञ्जमा गैंडाको संख्या २९ रहेका थियो । पछिल्लो गणनामा निकुञ्जमा ९ वटा गैँडा बढेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार हाल निकुञ्जमा वयस्क गैंडा ३१ ,अर्धवयस्क १ र ६ बच्चा गरी ३१ गैंडा रहेका छन् । यसैगरी लिंग अनुसार १४ भाले, १९ पोथी र लिङ्ग छुट्याउन नसकिएको ५ वटा गैंडा रहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

यस पटकको गणनाबाट निकुञ्जमा पछिल्लो समयमा गैंडाको वास्तविक संख्या पत्ता लाग्नुका साथै गैंडाको अवस्था र वासस्थानका वारेमा धेरै जानकारी प्राप्त भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताए । उनले भने, ‘गैंडा संरक्षणका चुनौतीहरु पत्ता लगाई व्यवस्थापनका लागि योजना बनाउनसमेत गणना कार्यले सहयोग गरेको छ ।’ गणनाका क्रममा कर्णाली तटिय र बबई उपत्यका क्षेत्र गैंडाको उपयुक्त बासस्थनाका रुपमा लिइएको छ ।

राष्ट्रिय गैँडा गणना २०७७ को योजना अनुसार यही चैत १७ गतेदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणनाको काम सुरु गरिएको थियो । बर्दियामा १२ दिनसम्म चलेको गणनामा निकुञ्जका ९ हात्तीसहित ६० जनाको विशेषज्ञ प्रविधिकको टोली खटिएका थियो । गणनामा निकुञ्ज कार्यालयका कर्मचारी, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक खटिएको निकुञ्जले जनाएको छ ।

गैँडा गणना कार्यलाई वैज्ञानिक तथा व्यवस्थित गरी कुनै गैँडा नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ गैँडाको वासस्थान रहेको सबै स्थानमा ५० देखि १०० मिटरको दुरीमा जि.पि.एस., दुरविन, वाकीटकी, एनड्रोइड मोवाइल फोन र क्यामरालगाएतका आधुनिक उपकरणसहितका प्रविधिकहरु हात्तीमा बसेर स्वीप गर्दै प्रत्यक्ष गणना विधिबाट गैँडा गणना गरिएकोृ निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

गैँडा गणनाबाट निकुञ्जमा गैँडाको संख्या यकिन हुनका साथै गैँडाको वासस्थानको अवस्था, मिचाहा वनस्पति प्रजाति र मानविय क्रियाकलाप सम्वन्धि तथ्यांक समेत संकलन भएको निकुञ्जले जनाएको छ । चोरीसिकार नहुनु, गैँडाको आहारा र वासस्थान सुरक्षित हुनाले गैँडाको संख्या बढ्दै गएको निकुञ्जको भनाइ छ । केही वर्षयता निकुञ्का विभिन्न ३१ स्थानहरुमा सेनाको पोष्टसमेत खडा गरि निकुञ्जको सुरक्षा चुस्त पारेपछि चोरीसिकारका घटना शुन्यप्रायः भएकाले निकुञ्जमा गैँडाको संख्यामा वृद्धि हुँदै गएको निकुञ्जको दाबी छ । विभिन्न समयमा बबई उपत्यका क्षेत्रमा ल्याइएका ८३ गैँडामध्ये द्धन्द्धकालमा बबई उपत्यका क्षेत्रमा चोरी सिकारीबाट ३६ वटा गैँडा मारिएका थिए । भने २४ गैँडा प्रकृतिक कारणले मरेका थिए । पछिल्लो समय बबई उपत्यका क्षेत्रका विभिन्न स्थानमा सेनाको पोष्ट छ ।

निकुञ्ज क्षेत्र सँग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रका युवाहरु चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानअन्र्तगत संगठित भएर संरक्षणमा लाग्नुले पनि वन तथा वन्यजन्तु संरक्षणमा ठुलो टेवा पुगेको संरक्षणकर्मीको भनाई छ । बर्दिया राष्ट्रिय निकुञ्ज हात्तीसारमा कार्यरत तथा गैँडा गणकका रुपमा खटिएका कर्मचारी पुनसराम थारुको गैँडा गणनाकै क्रममा बाघको आक्रमणमा परि ज्यान गएको थियो । गणनामा प्रयोग गरिएको हात्तीलाई निकुञ्ज भित्र घास काटने क्रममा थारु बाघको आक्रमणमा परेका थिए ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

साताका लोकप्रिय समाचार

कोरोना महामारीले सुनसान मातातीर्थ

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महातीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पाेखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान...

जसपा विवादकै घेरामा

काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति...

ट्रेन्डिङ

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

कित्ताबन्दीमा नेपाली राजनीति

देशमा संसद् विघटन भई मध्यावधि निर्वाचनको घोषणा भएपछि राजनीतिक विवाद चुलिन पुगेको छ । ताजा जनादेशका लागि निर्वाचनमा जाने वा विघटित संसद् दुई वर्षका...

गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र अनुशासन कायम गर्ने र गुटबन्दी नियन्त्रण नभएको बारे गम्भीर ध्यानाकर्षण गराउँदै...

पत्रकारसहित सप्तरीमा थपिए १८ जना कोरोना संक्रमित

राजविराज । जिल्लामा बुधबार एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार स्थानिय गजेन्द्र...

भौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीहरूलाई अन्तिमपटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ ।ती म्याद थपिएका निर्माण कम्पनीले...

थरिथरिका शिक्षकले झनै भद्रगोल

संविधानको धारा ११९ को उपधारा १ मा भएको व्यवस्थाबमोजिम संघीय सरकारका अर्थमन्त्रीले २०७५ जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेट संसद्को...

‘गुञ्जन’को फष्टलुकमा प्रितमराज र साराको प्रेम

काठमाडौं । अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा...

कोरोना महामारीमा उद्योगबाट मजदुर निकाला

बारा । कोरोना महामारीमा नेपाली मजदुरलाई उद्योगमा काम गर्नबाट बञ्चित गराई भारतीय मजदुरबाट उद्योग सञ्चालन गरेको मजदुरहरुले आरोप लगाएका छन् । बारा स्थित जितपुरसिमरा उपमहानगरपालिका...

नेकपा विवाद : गुटगत भेलामै व्यस्त शीर्ष नेता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने...

स्याङजामा प्रादेशिक शिक्षा नीति सुझाव संकलन

स्याङ्जा । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको अयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङजाको संयोजन तथा प्रादेशिक शिक्षा नीति तर्जुमा सम्बन्ध सुझाव संकलनका...

कोरोना सङ्क्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु

राँझा ।  कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेका छन्। उपचारका क्रममा...

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि अहिले केहीबेरमा भिड्ने भएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)