पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण गतिविधि गर्न नसकिने भन्दै यसप्रति गम्भीर ध्यान दिन कार्यसमितिलाई आग्रह गरेका छन् । राजधानीमा सम्पन्न संघको ३०औं वार्षिक साधारण सभामा संघका सदस्यले यस्तो माग गरेका हुन् ।

४८ वर्ष अघि नेपालमा हिमाल आरोहणसहित पर्यटकीय र खेलकुदका गतिविधि सञ्चालन गर्न र हिमाली क्षेत्रको प्राकृतिक वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाल पर्वतारोहण संघको स्थापना भएको थियो । नेपाल सरकारको ध्यान अग्ला हिमचुलीको प्रवर्धनमा केन्द्रित भएको तर होचा हिमचुली पनि पर्वतारोहीको आकर्षण बन्न सक्ने भएकाले तिनीहरूलाई प्रभावकारी रूपमा प्रवर्धन गर्न आफ्नो संस्था सक्षम र इच्छुक रहेको प्रस्ताव संघले दिएपछि यसलाई २७ वटा हिमचुली प्रवद्र्धन गर्ने अधिकार सरकारले यो संस्थालाई दिएको छ । त्यसअन्तर्गत ती हिमचुलीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने, हिमचुली आरोहण अनुमति जारी गर्ने, सलामी संकलन गर्ने, हिमाल सरसफाइ गर्ने र आरोहीलाई प्रमाणपत्र जारी गर्ने अधिकार पनि संघले पाएको छ ।

जलवायु परिवर्तनको विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह

संघले पर्वतारोहणका लागि आवश्यक जनशक्ति तयार गर्न आधारभूत र एड्भान्स माउन्टेन गाइड तालिम, वालक्लाइम्बिडड, रक क्लाइम्बिड, आइस क्लाम्बिडलगायतका गतिविधि सञ्चालन गर्दै पनि आएको छ । ३०औं साधारण सभामा सहभागीले ककनीमा रहेको अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यानको सुव्यवस्थापन, युनियन अफ एसियन अल्पाइन एसोसियसनको नाममा हिमालय राख्नुपर्ने र नेपाल पर्वतारोहण संघको नाम संशोधन गरी हिमालय शब्द पार्नुपर्ने, पर्वतारोहणका प्रशिक्षण गतिविधि बढाउनुपर्ने, प्रशिक्षणको प्रमाणपत्रमा नेपाल सरकारको लोगो पनि रहने व्यवस्था गर्नुपर्ने, मेरा पिक चेकपोस्टलाई अझ व्यवस्थित गर्नुपर्ने, हिमाल सफाइको कार्यक्रम पर्वरोहीमार्फत गराउन पहल गर्नुपर्ने, गार्बेज डिपोजिटको रकम लिने र फिर्ता दिने ढंगले सञ्चालन नगरी सरसफाइ कोष र पवर्तारोही कल्याणकारी कोषमा जानेगरी व्यवस्थित गर्नुपर्नेलगायत विषय उठाएका थिए ।

थप हिमाल दिन सरकार तयार
साधारण सभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल पर्वतारोहण संघलाई अन्य हिमालहरुको बजार प्रवद्र्धन, अनुमति जारी, सलामी संकलन र सरसफाईको जिम्मेवारी दिन समेत सरकार तयार रहेको बताए । उनले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताए ।

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका संकेत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका कारण स्थिती थप भयावह हुने भएकाले व्यवसायीलाई सचेतता अपनाउन आग्रह गरे । उनले पर्वतारोहण क्षेत्रमा कुनै नीति तथा कानूनी समस्या र उल्झन भए त्यसको सहजीकरण गर्न आफू तयार रहेको बताए । पर्यटन क्षेत्रको समृद्धि र विकासका निम्ति सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो पारिनुपर्नेमा पनि उनको जोड थियो।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हिमाल आरोहणको पथ प्रदर्शक तालिम, पर्वतारोहीको उद्धार र पूर्वाधार विकासका कार्यमा पनि संघले उत्तिकै ध्यान दिनुपर्ने बताए । सो कार्यक्रममा पर्वतारोहणको क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने सम्भु तामाड., लाक्पा दोर्जे शेर्पा,हरिध्वज तुलाचन,पर्तेम्बा शेर्पा, कमलमान गुरुड.लाई बिशेष सम्मान दिइएको थियो । यसैगरि, कुमार खड्गविक्रम साह साहसिक पुरस्कारबाट अष्ट्रियाका उल्फ ग्याड. डा. हर्क गुरुड पर्वतीय पुरस्कारबाट जापानका तादाओ काञ्जाकी,दावा नोर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार जगदीश तिवारी र अर्जुन पाख्रिनलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा संघले हिमचुलीहरुको प्रवद्र्धनमा उत्कृष्ट योगदान गर्ने १० कम्पनीहरुलाई पनि पुरस्कृत गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी