Monday, May 17, 2021
Home कला जनमतबाट दर्जनौं स्रष्टा सम्मानित

जनमतबाट दर्जनौं स्रष्टा सम्मानित

राजधानी संवाददाता,

लमजुङ । राजधानीकर्मी नवराज पहाडीसहित साहित्यिक स्रष्टालाई जनमत सम्मानद्वारा सम्मानित गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठानले आयोजना गरेको ३७औं वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा विभिन्न स्रष्टा सम्मानित भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसहितका तीन प्रतिष्ठान ललितकला र संगीतकला तथा नाट्यकलाका कुलपतिले उनीहरूलाई संयुक्त रूपमा सम्मानपत्र, दोसल्ला, मेडल तथा नगद राशिसहितले सम्मान गरेका हुन् ।

सम्मानित हुने पत्रकारमा नवराज पहाडी (लमजुङ), कवि ठाकुर बेलबासे (अर्घाखाँची हाल काठमाडौं), कवि टंक उप्रेती (झापा हाल काठमाडौं), लक्ष्मी भट्टराई (सिन्धुली) र सुरेशकिरण मानन्धर (काठमाडौं) छन् । उनीहरूलाई क्रमशः जनमत जनक प्रधान सेवा सम्मान–२०७६, दीपा–जनमत सम्मान– २०७६, जनमत जनक प्रधान सेवा सम्मान– २०७५, भारती जनमत साहित्यिक पत्रकारिता सम्मान–२०७५, गणेश÷खिलकुमारी ढुवाल जनमत सम्मान–२०७६ बाट सम्मानित गरिएको हो ।

साथका अन्य केही स्रष्टालाई पनि सो अवसरमा सम्मान गरिएको थियो । गत वर्ष कोभिड–१९ को संक्रमणले भएको बन्दाबन्दीका कारण जनमतको वार्षिकोत्सव हुन सकेको थिएन । त्यसैले २०७५ र २०७६ सालका ती सम्मान एकै साथ हस्तान्तरण गरिएको जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मेहन दुवालले बताए । उनका अनुसार अन्य सम्मानित हुने स्रष्टामा रविकिरण ‘निर्जीव’(चितवन), राजा शाक्य (काठमाडौं), शेषराज शिवाकोटी (दोलखा), भागीरथी श्रेष्ठ (गुल्मी), रीता ताम्राकार (सुनसरी), सोमकाजी शाक्य
(काभ्रे), यशु श्रेष्ठ (रौतहट), मुकुन्दप्रसाद उपाध्याय (सिन्धुली), रामबहादुर पहाडी
(पाल्पा) र डा. राजेन्द्र काँजू (काभ्रे) छन् । उनीहरूलाई २०७५ सालको जनमत सम्मान प्रदान गरिएको दुवालले बताए ।

यसैगरी, जनमत सम्मान–२०७६ पाउने अन्य स्रष्टामा हरिराम जोशी (ललितपुर), प्रा.डा. उषा ठाकुर (काठमाडौं), सुलोचना मानन्धर धिताल (काठमाडौं), सरोजा खड्गी (मोरङ), छायादत्त न्यौपाने ‘बगर’ (पर्वत), प्रा.डा. रमेशचन्द्र अधिकारी (धादिङ हाल काठमाडौं), प्रा.डा. गोविन्दराज भट्टराई (ताप्लेजुङ, हाल काठमाडौं) र प्रा.डा. सुमनराज ताम्राकार (काभ्रे) रहेको जनमत डटकमकी सम्पादक सुजना दुवालले बताइन् ।

वक्ताले नेपाली भाषा साहित्यको आकाशमा मडारिरहेको कालो बादलले अबका केही वर्षमा नेपाली भाषा नै लोप हुने स्थिति रहेको आँकलन गर्दै चिन्ता र चासो व्यक्त गर्दै नयाँ पुस्तालाई नेपाली भाषा साहित्यको महŒव बुझाउँदै सिर्जनामा सरिक गराउनुपर्नेमा जोड दिए । सो अवसरमा केही रोजिएका कविता वाचन गरिएका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जनमतले व्यापार व्यवसायको केन्द्र बनेपालाई जनतमत परिवारको एकल प्रयासले पछिल्ला वर्षमा साहित्य र संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न सफल भएको बताए ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय प्रा.डा. गोविन्दराज भट्टराई र प्रा.डा. रमेशचन्द्र अधिकारीले जनमतले नेपाली साहित्यमा दिएको योगदानको चर्चा गरे । उनीहरूले मोफसलमा बसेर साहित्य संस्कृतिका तथा पत्रकारिताका क्षेत्रमा निःस्वार्थ सेवा गर्नेहरूलाई सम्झँदै सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताए । सो अवसरमा जनमत प्रकाशनद्वारा प्रकाशित विभिन्न व्यक्तित्वका चार कृतिको विमोचन समेत गरिएको थियो ।

(Visited 30 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

निषेधाज्ञा दुई साता थपियो, विवाह गर्न नपाइने !

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आगामी १३ जेठसम्म थपसहित कडा पारिएको छ । नयाँ नियमअनुसार अब पार्टी प्यालेस, क्याट्रिङ तथा होटलबाट विवाह तथा व्रतबन्ध...

भारतमा भेटिएकाे कोभिड–१९ काे नयाँ स्वरूप निकै सजिलाेसंग फैलिन सक्ने

  नयाँ दिल्ली ।  भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको...

प्रचण्डको प्रश्न : प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका...

ट्रेन्डिङ

वन्यजन्तुलाई खाना र पोखरी

हेटौंडा उपमहानगर–१ की सकुन्तला थापा उमेरले ५१ वर्ष पार भइन् । तर, उनको सक्रिय देख्दा उमेर आँकलन गर्न गाह्रै पर्छ । दुई दशकयता घरनजिकैको...

किसानले मल बिउ र किटनासक पाएनन्, तरकारी बारीमा कुहियो

नेपालगन्ज । कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको कारण सबै क्षेत्र प्रभावित रहेको बेलामा कृषिक्षेत्र झनै समस्यामा परेको गुनासो किसानको छ...

एम्बुलेन्स चालक, जो संक्रमितलाई अस्पताल पु-याउँदा गर्व गर्छन्

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा लकडाउनपछि निकै महत्वको विषय बनेको छ एम्बुलेन्स सेवा । कोभिडको त्रासले धेरै एम्बुलेन्स सेवा बन्द...

कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई...

रातो मच्छिन्द्रनाथको जात्रा स्थगित

काठमाडौं । रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । यो जात्रा ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा हो । यो जात्राका लागि रथ निर्माणको काम...

सर्वोच्च अदालतमा पुनः सेवा शुरु, जरुरी रिट निवेदन र सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण...

कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुग्‍यो

न्यूयोर्क । कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । वसिङ्टन राज्यमा कोरोनाको संक्रमणबाट थप चार जनाको मृत्यु भएको हो । राज्यमा...

टेटे प्रशिक्षण आजदेखि

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघले भोलि (बुधबार)देखि प्रशिक्षण थाल्ने भएको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै टेबल टेनिसको प्रशिक्षण बुधबारदेखि सुरु...

निर्वाचन आयोगमा कसले दर्ता ग-यो ‘नेकपा एमाले’ ?

काठमाडौं । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । ...

सडकमा गुड्न थाले सार्वजनिक यातायात

काठमाडौं । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् ।  राजधानीका विभिन्न सडकखण्डमा सोमबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)