Sunday, May 9, 2021
Home प्रमुख भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

दीपक ओली,

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको हो ।

अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत पुरुषको सोमबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष हुन् ।

उनीमा आइतबार कोरोना पुस्टी भएको थियो । जटिल प्रकृतिको स्वासप्रस्वासको समस्या देखिएको उनलाई आइतबार नै अस्पताल भर्ना गरिएको थियो । उनको शवको व्यवस्थापन नेपाली सेनाले गरेको छ ।

भारतबाट आएकाको परीक्षण गर्दा एकै दिन ४३ जनामा कोरोना संक्रमण

सोमबार भारतको गौरीफन्टा नाकाबाट नेपाल आएकाहरुको परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार साँझसम्म ६ सय ६ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

गौरीफण्टा नाकामा राखिएको हेल्थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाका अनुसार सोमबार साँझ सम्म ६ सय ६ जना नेपाली स्वेदश फर्किएका छन् । ‘सीमानाकामा ६ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो,’ ठकुल्लाले भने, ‘दैनिक एक हजार नेपाली अहिले गौरीफन्टा नाका भएर स्वदेश फर्किरहेका छन् । आइतबार मात्रै ५४ जनामा एन्टिजेन परीक्षणमा कोरोना देखिएको थियो ।’

एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूलाई धनगढी उप–महानगरपालिकाले वडा नम्वर १५ को कनरीमा बनाएको आइसोलेसनमा राख्दै आएको ठकुल्लाले जानकारी दिए । उक्त आइसोलेसन भरीभराउ भएपछि धनगढीको कवर्डहलमा राख्ने तयारी भएको उप–महानगरपालिकाले जनाएको छ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको लर्को छ । पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा स्वदेश फर्किनेको भीड बढेको हो । अहिलेसम्म भारतबाट फर्किरहेकाहरुमा कोरोना परीक्षण गर्दा ५ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । दुवै नाकामा सोमबारसम्म १० हजार जनाको परीक्षण गरिएकोमा चार सय ५० जनामा कोरोना पुष्टि भएको थियो ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

साताका लोकप्रिय समाचार

हामी एमाले हुनै सक्दैनौं : कुन्दन कुशवहा

काठमाडौं । निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

लिभरपुलको मैदानमा समर्थकको प्रदर्शन, खेल अवरुद्ध

लन्डन । इङ्लिस प्रिमियर लिगको म्यानचेष्टर युनाइटेडका समर्थकहरुले गएराती लिभरपुल विरुद्ध खेल सुरु हुनु अगावै मैदानभित्र पसेर आफ्नो क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका...

यसरी तोडे कामिरिताले आफ्नै कीर्तिमानी , २५ औं पटक सगरमाथा शिखरमा

काठमाडौं । आफ्नै विश्व कीर्तिमानी तोड्दै आरोही कामिरिता शेर्पा २५ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका छन । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका –५ थामेका...

ट्रेन्डिङ

एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने

काठमाडौं । एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले एसिडको खरिदबिक्रीमा कडाइ गरेको छ । जसअनुसार अब कुनै पनि उद्योग व्यवसायीले गृह मन्त्रालयबाट अनुमति लिएर...

डीआरको छक्कै परेंमा सरोज र आश्मा

काठमाडौं । लकडाउन खुकुलो भएपछि सक्रिय भएको कार्टुन क्रु समूहको एकपछि अर्को म्युजिक भिडियो आइरहेको छ । यसैक्रममा कार्टुन क्रुका जोडी सरोज अधिकारी र...

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

प्रतितोला ३०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको...

संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या...

अब सक्रिय राजनीति गर्छु : खरेल

काठमाडौं । महान्यायाधिवक्ताबाट राजीनामा दिएका अग्नि खरेलले राजनीतिमा फर्किने बताएका छन् । आफ्नै कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको जानकारी दिए ।...

बाँके बस दुर्घटनाका मृतकमध्ये दुई जनाको सनाखत, यी हुन् घाइतेहरु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको गाडी दुर्घटनामा घाइते भएका २१ जनाको नामावली सार्वजनिक भएको छ । घाइते भएकाहरु दाङ,...

अस्ट्रेलिया विजयी

सिड्नी । सिरिज गुमाइसकेको घरेलु टोली अस्ट्रेलिया भारतविरुद्धको तेस्रो तथा अन्तिम टी–२० मा विजयी भएको छ । अस्ट्रेलियाले भारतलाई १२ रनले पराजित गरेको हो...

धनुषा जिल्लामा फेरी एकसाता लकडाउन

जनकपुरधाम । कोरोना जेखिमलाई मध्यनजर गर्दै धनुषा जिल्ला भरि फेरी एकसाता लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार राति १२ बजेदेखि साउन...

पोखराबाटै नमूना परीक्षण, पहिलो नतिजामा ३ जनाकै नेगेटिभ

पोखरा । गण्डकी प्रदेशमा पहिलो पटक भएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको रिपोर्ट आएको छ । आइसोलेसनमा रहेकामध्ये ३ बिरामीको स्वाव परीक्षण गरिएकोमा सबैको...

प्रधानमन्त्री आज डिस्चार्ज हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)