Thursday, May 6, 2021
Home Breaking News सिँगटीमा जिप खस्दा चार जनाकाे मृत्यु

सिँगटीमा जिप खस्दा चार जनाकाे मृत्यु

राजधानी समाचारदाता,

दाेलखा ।  दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का छन् । उनीहरू सबै एकै गाउँका रहेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको थियाे।

घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ रहेका छन् । यस्तै चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का घाइते भएका छन्। यस्तै सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । उनीहरू सबै तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।

(Visited 74 times, 1 visits today)
Loading comments...

आजको समाचार

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

साताका लोकप्रिय समाचार

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

२५ हजार धराैटीमा रिहा भए विप्लवका दाजु

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन्। जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद...

पौडेल–यादव लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार साँझ नवनियुक्त...

कोरोना संक्रमणबाट बच्ने उपाय यस्ता छन्

काठमाडौं । कोरोना भाइरस जस्ता संक्रमणबाट बच्न जीवनशैली प्राकृतिक बनाउनुपर्ने विज्ञको जोड छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजद्वारा सोमबार...

 दोस्रो लहरले ननिम्त्याओस दुर्दशा

काठमाडौँ ।  काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ...

ट्रेन्डिङ

‘मौन क्रन्दन’को अनलाइन विमोचन सम्पन्न

काठमाडौं । डा. सावित्री श्रेष्ठको कथा संग्रह ‘मौन क्रन्दन’ को शनिबार अनलाईन विमोचन गरिएको छ । विगत तीन दशकदेखी नेपाली साहित्यमा संलग्न रहेकी लेखक...

प्रशासनमा आमूल सुधार अत्यावश्यक

सरकारको ध्यान प्रशासन सुधारतर्फ खासै पर्न सकेको छैन । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको आमूल सुधारबिना मुलुकको विकास र समृद्धि सम्भव छैन । विगतदेखि...

बाइडेनको जितले विश्वमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जोइ बाइडेनले कार्यभार सम्हालेसँगै विदेशी नीतिमा केही परिवर्तन आउने अनुमान गरिएको छ । यसअघि ट्रम्पको नेतृत्वले विश्वव्यापी अवधारणामाथि...

सर्लाहीमा स्वास्थ्य संयोजकसहित ३ जना वडाध्यक्षमा पनि देखियो कोरोना

सर्लाही । सर्लाहीमा आज थपिएको कोरोना संक्रमितहरुमध्ये चार पालिकाको स्वास्थ्य संयोजक तथा अन्य स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । हरिपुर, कविलासी नगरपालिका...

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

काठमाडौ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक...

मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा

काठमाडौं । दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भए पनि कार्यान्वयनमा आएको छ...

२५ लाख संकलन,आईतवारबाट राहत वितरण गरिने

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले लकडाउनबाट प्रभावित नगरवासीलाई राहत प्रदान गर्न निर्माण गरेको प्रकोप व्यवस्थापन कोषमा २५ लाख रुपैया संकलन गरिएको...

ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजारको मृत्यु

ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट...

राजदुत अर्यालद्वारा युगाण्डाको भ्रमण

कम्पाला, युगाण्डा । इजिप्टका लागि नेपाली राजदुत झबिन्द्र अर्यालले अफ्रिकी महादेश युगाण्डाको भ्रमण गरेका छन् । अफ्रिकामा नेपालीहरुको संख्या बढ्दै गएपनि सो क्षेत्रमा राजदुतको व्यवस्था...

विद्युतीय कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय कार्डमार्फत गर्दा अब उपभोक्ताले १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् । मंगलबार अर्थमन्त्री...

अदालत एक महिना बन्द गर्न सर्वोच्च बारको माग

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न दक्षिण एसियाली मुलुकले उच्च सावधानी अपनारहेका बेला सर्वोच्च बार एसोसिएसनले तीन साता सबै इजलाश...

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, सम्भावित कार्यसूची तय

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)