काठमाडौंसहित ठूला शहर विद्यालय एक महिना बन्द गर्न सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ । अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराए संक्रमणबाट बालबालिकालाई जोगाउन सकिने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको भनाई छ ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री त्रिपाठीले भने, ‘उपत्यकाका मात्र ७÷८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ र संक्रमण नियन्त्रणमा सहज हुन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा