Saturday, May 15, 2021
Home प्रदेश १२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ ।

शहरी विकास मन्त्री प्रभु साहको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले एकैपटक देशैभरी १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण तथा वातावरणीय अध्ययन प्रक्रिया शुरु गर्न लागिएको हो ।

‘स्मार्ट सिटी विकास आयोजनालाई विशेष आयोजनाको रुपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट नै आयोजना संचालन हुने शहरहरुको छनौट गरी बजेटको सुनिश्चितताका साथ १२ वटा शहरहरुमा पुर्वाधार निर्माणका लागि तत्काल खरिद प्रक्रिया अगाडी बढाउँन मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ’ मन्त्री साहले भने ।

विशेष आयोजनाको रुपमा १२ वटा नगरपालिकाहरु धनकुटा जिल्लाको धनकुटा, झापाको गौरिगंज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रेको काभ्रे उपत्यका, भक्तपुरको भक्तपुर नगरपालिका गुन्डु बालकोट क्षेत्र, स्याङजाको वालिङ्ग, रुपन्देहीको लुम्बिनी, दाङको तुलसीपुर, दैलेखको दुल्लु, कञ्चनपुरको भीमदत र डडेलधुराको अमगढीलाई स्मार्ट सिटीको रुपमा निर्माण तथा वातावरणीय अध्ययन अगाडी बढाउँन लागिएको शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले बताए ।

शहरी विकास मन्त्रालयको गत १७ चैतमा प्रस्ताव पेश गरेपछि २५ चैतमा बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । शहरी विकास मन्त्रालयले स्मार्ट सिटी, एक शहर एक पहिचान, मेगा सिटी, औधोगिक शहर, पर्यटकीय शहर जस्ता बिभिन्न अवधारणाहरुका आधारमा शहरी आयोजनाहरु तयार भई कार्यान्वयन भईरहेको जनाएको छ । मन्त्रीपरिषद बैठकबाट भएको निर्णय अनुसार कार्यान्वयन प्रक्रिया अगाडी बढाउन मुख्यसचिव शंकरदास बैरागीले मन्त्रालयका सचिव सिंहलाई निर्देशन समेत दिईसकेका छन् ।

(Visited 1,936 times, 2 visits today)
Loading comments...

आजको समाचार

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

साताका लोकप्रिय समाचार

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

म्ह्युपी अजिमाको महिमा र जात्रा

हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसमम्म खट जात्रा गरिँदै आएको म्ह्युपी अजिमाको ठूलो महत्व रही आएको छ । गोंगबुबाट नजिकै रहेको डाँडाको...

गाउँलाई कोरोनाबाट बचाउन नाकामा युवाहरूको चौकीदारी

लमजुङ । लमजुङको ग्रामीण पर्यटकीय गन्तव्यको स्मार्ट भिलेज घलेगाउँमा कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । घलेगाउँलाई कोरोना भाइरस(कोभिड– १९)को दोस्रो...

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा...

राष्ट्रियसभा उम्मेदवार देवकोटालाई कलम चुनाव चिन्ह

काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन् । यसैगरी...

ट्रेन्डिङ

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली किन उपस्थित भएनन ?

काठमाडौं । सत्तारूढ दल नेकपाको स्थायी कमिटीको चालु बैठकमा बोल्ने नेताहरूले मिचिएको भूमि फिर्ता गर्न सरकारले थालेको प्रयास प्रशंसनीय भएको भन्दै भारतसँग प्रभावकारी वार्ता...

‘होम आइसोलेशन’का आठ जनाले जिते कोरोना

कास्की । पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो ।...

खोरमै बुढा हुने भए खसी बोका

उदयपुर । व्यवसायिक बाख्रापालन गर्दै आएको किसानको आम्दानी अहिले आधा घटेको छ । अघिल्ला वर्षमा वर्षको २० लाख रुपैयासम्म आम्दानी गर्दै आएको किसान अहिले...

तातोपानी नाकाबाट आयात–निर्यात सहजरूपमा गर्ने निर्णय

मेलम्ची । नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ । सीमा क्षेत्रमा...

४० वर्ष भारतमा जेलजीवन बिताएका दुर्गाप्रसादले ६० वर्षमा पाए नागरिकता

इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका दिपक जैसी (दुर्गाप्रसाद तिम्सिना) ले ६० वर्षको उमेरमा नेपाली नागरिकताको पाएका छन । ४० वर्ष भारतीय जेलमा बन्दी...

निषेधाज्ञाबीच जारी तीनवटा आईपीओ बाँडफाँट सोमबार सकिने

काठमाडौं । निषेधाज्ञाका बीच जारी भएको रिलायन्स लाइफको साधारण सेयर शुक्रबार बाँडफाँट भएको छ भने समाज लघुवित्त वित्तीय संस्थाले शनिबारका लागि पूर्वतयारी गरेको आईपीओ...

शम्भुजीत, डब्बु र सरिताले सार्वजनिक गरे पहिलो भेटमै…

काठमाडौं । कोरोनाको महामारीमा सामाजिक दूरी कायम गर्दै अग्रज संगीतकार शम्भुजीत बासकोटा, गीतकार डब्बु क्षत्री र गायिका सरिता भारतीले आफ्नो संयुक्त नयाँ गीतिसंग्रह ‘पहिलो...

द भाइब्स ब्यान्डले ल्यायो नयाँ गीतको भिडियो

काठमाडौं । नेप्लीज अमेरिकन रक ब्यान्ड द भाइब्ज ब्यान्डले नयाँ गीत निराकार...को भिडियो बजारमा ल्याएको छ । ब्यान्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा...

‘तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले ‘तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न टोली परिचालन गरेको छ । हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी...

काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना संक्रमित सवारी पास बनाएर आएको खुलासा

काठमाडौं । पछिल्लोपटक काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना कोरोना संक्रमित लकडाउनबीच नै काठमाडौं उपत्यका प्रवेश गरेको खुलासा भएको छ । उनीहरु पास बनाएर...

अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ

बैतडी । अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)