Tuesday, May 11, 2021
Home प्रमुख सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

कोरोनाले खोस्यो चाडपर्वको रौनक

राजधानी समाचारदाता,

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ । कोरोनाको जोखिम कायमै रहेको भन्दै स्थानिय प्रशासनले मेला लगाउने अनुमति नदिएपछि बैशाख १ गते बुधबारदेखी सुरु हुने भनिएको दुबै मेला स्थागित गरिएको हो ।

नव वर्षको अवसर पारेर प्रत्येक वर्ष जिल्लाको शम्भुनाथ नगरपालिकाको शम्भुनाथ मन्दिर प्राङ्गणमा एक महिने लामो मेला लाग्दै आएको थियो । यस्तै जिल्लाकै बोदेबरसाइन नगरपालिकास्थित लक्ष्मीनारायण मन्दिर (नाककट्टाधाम) प्राङ्गणमा पनि सोही दिनदेखी २० देखी ३० दिनसम्म ठूलो मेला लाग्दै आएको थियो ।

विगतमा उक्त मेलाहरुमा स्वदेशी तथा विदेशी गरि २५ लाख भन्दा बढी भक्तजनहरु मेला भर्न आउने गरेको सम्बन्धित मन्दिर तथा मेला व्यवस्थापन समितिको भनाई छ । शम्भुनाथ मन्दिरका मूल पुजारी सूर्यनारायण झाले कोरोनाको जोखिमका कारण गत वर्ष पनि रोकिएको मेला यस पल्ट पनि स्थानिय प्रशासनको निर्देशनमा रोकिएको बताएका छन् ।

अघिल्लो दिन नै सुरक्षाकर्मीहरु आएर मन्दिरमा पूजापाठ बाहेक अन्य भिडभाड हुने खालका कुनै पनि गतिविधी संचालन नगर्न कडा निर्देशन दिएपछि मेलाको आयोजना नगर्ने निर्णयमा मेला समिति पुगेको उनको भनाई छ ।

यस्तै बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले कोरोना माहामारीका कारण मन्दिर परिसरमा भिडभाड नगर्न तथा मेलाको आयोजना नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि यसपल्ट पनि पूजापाठ बाहेकका सबै आयोजना रोकिएको बताए ।

कोभिड १९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्देशन जारि गरिएको तथा भिडभाड नगरि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सबैलाई भौतिक दुरी कायम गरि चाडपर्व मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

तराई क्षेत्रमा यती लामो समयसम्म अटुट रुपमा मेला लाग्ने गरेका यस्ता धार्मिक स्थल कमै छन् । तर कोरोनाको जोखिमलाई ध्यानमा राखेर स्थानिय प्रशासनले जारि गरेको निर्देशन समय सापेक्ष भएको स्थानियको भनाई छ ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

साताका लोकप्रिय समाचार

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

म्ह्युपी अजिमाको महिमा र जात्रा

हरेक वर्ष चैत्र कृष्ण प्रतिपदाका दिनदेखि तीन दिनसमम्म खट जात्रा गरिँदै आएको म्ह्युपी अजिमाको ठूलो महत्व रही आएको छ । गोंगबुबाट नजिकै रहेको डाँडाको...

पूर्वसैनिक स्वास्थ्यकर्मीलाई सेवामा तयार रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा...

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

पाेखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान...

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा...

ट्रेन्डिङ

नक्कली सुन प्रकरण : फेरि १ किलो बरामद

काठमाडौं । नक्कली सुन प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार फेरि एक किलो नक्कली सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न्युरोडमा...

भेरी अस्पतालमा थप दुई सङ्क्रमितको मृत्यु, बाँकेमा मृत्यु हुनेकाे संख्या ९९ पुग्याे

राँझा ।  नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ३९...

कोरोनाबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु

तेहरान । इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको...

कोरोनाबाट काठमाडौँ उपत्यकामा ८ सहित थप १५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ महिला र १० जना पुरुष...

अदालतको फैसला र देशको परिस्थिति

प्रेमलकुमार खनाल सम्मानित सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलाबाट ऋषि कट्टेलबाट गठित नेपाल कम्युनिस्ट पार्टी छोटकरीमा नेकपालाई नै निर्वाचन आयोगमा पहिले नै दर्ता भएको...

लक्षण नभएका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ...

‘उखुको भुक्तानी नदिनेलाई पक्राउ नगर्नुस्’ भन्दै उद्योगमन्त्रीलाई फोन गर्ने को ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग...

कोरोना संक्रमितको संख्या ९९ पुग्यो, वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यंोसँगै संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

इनफ इज इनफ अभियानप्रति राप्रपाको ऐक्यवद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्याग्रही युवाहरूको माग सम्बोधन नगरेर सरकारले गल्ती गरिहेको बताएका छन् । कुनै आँखा...

कोरोना विरुद्धको लडाईमा प्रदेश २ सरकार उदासीन भएको प्रभु साहको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश २ सरकार गैरजिम्मेवार भएको...

पूर्वमन्त्री पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री तथा राप्रपा नेता विक्रम पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश गरेको छ । न्यायाधीश प्रेमराज कार्की, अब्दुल...

सुनको मूल्य अहिले सम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च हुन पुगेको छ । आइतबार तोलामा ७ सय रुपैयाँले बढेर सुनको मूल्य तोलाको ७८ हजार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)