भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ ।

भेरी अस्पताल व्यवस्थापन समितिले बुधबार अस्पतालमा आयोजना गरेको सर्बपक्षिय बैठकमा सो जानकारी गराउदै अस्पतालमा गत आइतबारदेखि एक्कासी लक्षणसहितका कोभिड–१९का विरामीको चाप बढेको जानकारी दिएको छ । अस्पतालमा रहेको जनशक्ति तथा अक्सिजन सुबिधा सहितको बेडको अभावमा थप बिरामी भर्ना गर्न असमर्थ भएको जनाएको छ ।

भेरी अस्पताल विकास समितिले आयोजना गरेको सो सर्वपक्षिय बैठकमा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा बुधबारसम्म ८० जना विरामी भर्ना भएको र ती मध्ये ८० प्रतिशत विरामी गम्भीर प्रकृतिको भएको बताए ।

उनले भने ‘ पछिल्लो अवस्था भयावह हुँदै आएको छ । संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ । पहिलाको जस्तो अवस्था छैन सबै लक्षणसहितको र अक्सिजन सहितको बेडमा राख्नुपर्ने बाध्यता आई परेको छ ।’ उनले अस्पतालमा उपचारको लागि आउने कोरोना संक्रमितलाई भर्ना लिन नसक्दा आफुहरु र स्वास्थ्यकर्मी नै सुरक्षित नहुने अवस्था आईसकेको गुनासो गरे ।

भेरी अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि भर्ना भएका विरामीलाई दैनिक करिव २ लाखको अक्सिजन मात्र आवश्यक पर्ने तर विस्तारै सो अक्सिजन समेत सर्टेज हुने अवस्थामा पुग्ने भएकोले सो समस्याबाट जोगिन सर्वपक्षिय बैठक आयोजना गरिएको उनले स्पट पारे ।

भेरी अस्पतालमा कोभिड–१९ को बिरामीका लागि लक्षित गरी निर्माण गरिएका १ सय ७ बेड छन् । १६ वटा भेन्टिलेटर मध्ये बुधबारसम्म ६ वटा भेन्टिलेटरमा विरामी भएपनि जनशक्ति अभावको कारण सबै बेड र भेन्टीलेटर सञ्चालनमा ल्याउन कठिन भएको अध्यक्ष धितालको भनाई थियो ।

भेरी अस्पतालका निमित्त मेसु डा खगेन्द्रजंग शाहीले अस्पतालमा बढ्दो कोरोना संक्रमितको चाप र आवश्यक अनुसारको जनशक्ति नभएको कारण आफुहरुलाई सेवा प्रवाहमा विभिन्न खालको अवरोध आउने गरेको बताए । उनले भने–‘यथा स्थितिमा अव थप कोभिड संक्रमित केस अस्पतालले भर्ना लिनसक्ने अवस्था छैन ।’

अस्पतालका नर्सिङ्ग अधिकृत शिला शर्माले कोरोना वाडर्मा खटेने नर्सिङ्ग स्टाफको कमीका कारण सेवा प्रवाहमा अबरोध हुनुको साथै विरामीका आफन्तको भिड र उनीहरुको व्यवहारले सुरक्षित काम गर्न कठिन भएको बताईन ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले पछिल्लो समय कोभिड–१९ को संक्रमितको संख्यमा बृद्धि भएको कारण संक्रमणलाई जनस्तरमा फैलिन नदिन विभिन्न प्रयास जारी राखिने बताए । उनले सिमा क्षेत्रमा कडाई गर्नुको साथै भिडभाड नियन्त्रणका लागि पहल गरिने जानकारी दिदै अस्पतालमा संक्रमितको उपचारको लागि बेड बढाउन पहल गरिने बताए ।

नेपालगन्ज उपमहानगरकी उपप्रमुख उमा थापामगरले उपमहानगरले संक्रमितको उपचारको लागि सहयोग गर्नुको साथै आईशोलेशन सञ्चालनको लागि पहल गरेको बताईन । उनले सीमा क्षेमा स्वास्थ्य हेल्थ डेस्क स्थपना गर्नुको साथै कन्ट्रयाक्ट ट्रेसिङ्गलाई पनि बढाए लैजानु पर्ने सुझाव दिईन ।

बाँकेमा गत आईतबार यता भएको कोरोना परीक्षणको नतिजा अनुसार दिनहुँ संक्रमितको संख्यामा बृद्धि हुनुको साथै ३१ चैतमा १ सय १३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ । बुधबार १ सय २३ जनाको नमूना परीक्षण गर्दा थप ७५ जनामा कोरोना भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 466 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरका उम्मेदवार धर्नामा