Tuesday, May 11, 2021
Home बिचार प्रशासनिक गतिशीलता र लोकसेवाको अभिभावकत्व

प्रशासनिक गतिशीलता र लोकसेवाको अभिभावकत्व

गोपीनाथ मैनाली,

नेपालको संविधानले तीन तहको सरकार र तीनै तहको प्रशासनको व्यवस्था उल्लेख गरेको छ । शासन (सरकार)को सहयोगी प्रशासन हो । सरकारको सहयोगी मात्र भनेर प्रशासनको अर्थ र भूमिका पूर्ण हुँदैन, सरकारलाई कार्यमूलक, उत्तरदायी र केही हदमा सचेत गराउने पेसागत जिम्मेवारीमा पनि सार्वजनिक प्रशासन रहन्छ । जसलाई सितिमिती सबै राजनीतिज्ञ स्वीकार गर्दैनन् । प्रशासनले शासनका संरचनालाई प्राण भर्ने र गतिशील बनाउने काम गर्दछ । सार्वजनिक प्रशासन संस्थागत संवेग, अनुभूति र कार्यशृंखलताको निरन्तरतामा रहन्छ । त्यसैले अपेक्षित, सांकेतिक, पारिवेशिक र पेसागत भूमिका सार्वजनिक प्रशासनले लिएको हुन्छ । त्यसो गर्ने वातावरण र नेतृत्व भने राजनीतिज्ञले बनाउनुपर्दछ । त्यसैले, शासन र प्रशासन एकअर्काका सफलताका सम्बन्ध सूत्रमा बाधिएका हुन्छन्, यो सम्बन्ध सूत्रको साध्य भने सुशासन (शासन प्रशासन सुशासन) हो । असल सम्बन्धले नै सुशासन उत्पादन गर्दछ ।

यति महत्वपूर्ण शासकीय आयाम बोक्ने सार्वजनिक प्रशासनलाई संयन्त्रात्मक रूपमा व्यवहार गरिनुहँुदैन । संयन्त्रवादीहरू यसलाई जसरी पनि सञ्चालन गर्न सकिने सोच–व्यवहार गर्दछन् । आधुनिक प्रशासनविद् संवेग भएको जीवन्त संस्थालाई संयन्त्रका रूपमा मात्र सोच्नु नै गलत मान्दछन् । उनीहरूको अर्थमा यो विवेकशील संयन्त्र (इन्स्ट्रुमेन्ट विथ ¥यासनालिटी) हो । कर्मचारीका भावना, संवेग, आवेग, उत्साह, अनुभूति, आवृत्तिजस्ता पक्षबाट सार्वजनिक प्रशासन गतिशील क्रियाशीलतामा रहन्छ । यसको मतलब यो स्वच्छन्द रहन्छ भन्न खोजिएको होइन, यसका अभिावक स्वच्छन्द हुनुहुन्न मात्र भन्न खोजिएको हो । सार्वजनिक प्रशासनका अभिभावक यसलाई पेसागत गतिशीलतामा क्रियाशील बनाउन सधैं तत्पर रहनुपर्दछ । आफ्नो सहयोगीप्रति विश्वास र अपनत्वबोधमा रहनुपर्दछ । जसले प्रशासनलाई नअराइकन धेरै गर्न, उत्साही हुन्, काममा आक्रामक बन्न, आजको काम अहिले गर्न, अरूको भन्दा उम्दा गर्न र भोलिलाई असल प्रणाली दिन आन्तरिक ऊर्जा प्राप्त हुन सकोस्, काम गराउन निमोठ्न नपरोस्, काम गर्नेहरू निमोठिन नपरोस् ।

एउटा जीवन्त प्रणालीलाई उल्लिखित अवस्थामा पु¥याउन असजिलो छ तर त्यसो गर्न सकिन्छ, नगरी धरै पनि छैन । किनकि राज्य आदर्श संस्सथा हो र प्रशासन त्यसको आदर्श प्रणाली । प्रणालीलाई स्वयं उत्साही र निरन्तर कार्यसमर्पित बनाउन कर्मचारी व्यवस्थापनका धेरै पक्षमा एकैचोटि हात हाल्नु पर्छ र यसलाई निरन्तर कायम गर्न सक्नुपर्छ । भर्ना–छनोटदेखि निवृत्त जीवनको सुरक्षा तहसम्म ढाडस दिएर नै असल प्रणाली बसाउन सकिन्छ । विद्यालय, विश्वविद्यालयका प्रतिभाहरू जसको मस्तिष्कमा भविष्यको आकृति हुन्छ तर प्राप्त गर्ने कसरी भन्ने बाटो थाहा हुन्न, त्यसलाई वृत्तिमार्गमा ल्याएर राष्ट्र निर्माणसँग आबद्ध गर्न, यसतर्फ प्रोत्साहन गर्न स्वभाव आँकलन गर्ने र त्यसैअनुरूप वृत्तिक्षेत्र बोध गराउने गरी भर्ना छनोट गर्ने काम संवैधानिक निकाय लोकसेवा आयोग (र प्रदेश सोवा आयोग) को हो । जागिर खोज्ने मानिस जे पायो त्यतैतिर लाग्न सक्छ । वृत्तिक्षेत्रको गलत चयनले व्यक्ति, संस्था र राष्ट्रलाई नै क्षति पुग्दछ । वृत्ति चयन भनेको विवाह जस्तै हो, जुन स्वभाव मिल्नेसंगै नै हुनुपर्दछ ।

सार्वजनिक प्रशासनका अभिभावकको व्यवहारमा पेसागत गतिशीलतामा क्रियाशील बनाउन सधैं तत्पर रहँदै आफ्नो सहयोगीप्रति विश्वास र अपनत्वबोधसहित कर्म गर्न, आजको काम अहिले गर्न, अरूभन्दा उम्दा गर्न आन्तरिक ऊज्ञर्जा प्राप्त हुन सकोस्

हामीले नर्थकोट–टेभिलिएन प्रतिवेदनदेखि नै आफनो संयन्त्रमा कस्तो मानिस चाहिन्छ भन्ने निर्णय गर्ने अधिकार सरकारबाट स्वायत्त संस्थामा सारेका हौं । सरकार यस्ता मानिस चाहियो त भन्न सक्छ, तर त्यो को हो भन्न सक्दैन । त्यो यही हो भन्न उतिखेर अवलम्वन गरिएकको योग्यता प्रणालीका विधि र प्रविधिहरू, आधार र मानकहरू परिमार्जनका पखाईमा छन् । सही व्यक्ति, सही प्रक्रियाबाट सही वृत्तिक्षेत्रमा तदनुकूल अभिमुखीकरण भएन भने भर्ना छनोटको स्वच्छता, वस्तुपरकता र योग्यता प्रणालीको अर्थ रहँदैन । त्यसैले बैधता परीक्षणमार्फत आप्mनै प्रक्रियाको परीक्षण गर्नुपर्दछ । नेपालमा औसतमध्येका उम्दा सार्वजनिक सेवामा छानिन्छन्, तर सेवा व्यवस्थापन सही रूपमा हुन सकिरहेको छैन । बुझेजानेका सही रूपमा कार्यप्रेरित नहुनु भनेको कम बुझेकाको भन्दा नराम्रो डेलिभरी हुनु हो । त्यसैले भर्ना–छनोट प्रक्रियालाई उम्मेद्वारको स्वभाव र अभिमुखीकरणसँग आबद्ध गर्न सक्नुपर्छ । त्यसो गर्ने विधि, प्रविधि, प्रक्रियाको अभ्यास र अन्वेषणको थलो लोकसेवा आयोग हो ।

भर्ना छनोटको प्रक्रिया पूरा गरेपछि आयोगको दायित्व सकिँदैन । प्राविधिक कार्य गरेर मात्र सैद्धान्तिक, संवैधानिक र सांकेतिक भूमिका पूरा भएको मानिँदैन । आफूले सोपेक्षिक रूपमा ठीक भनी सिफारिस गरेका व्यक्तिको कार्यसम्पादन अवस्थाको उसले सिफारिस गरेको तहभरि ट्रयाकिङ गरिरहनुपर्दछ । यसबाट आफूले छानेको उम्मेद्ववार ठीक हो भन्ने प्रमाणित हुन सकोस् । यसलाई वैधता परीक्षण (भ्यालिडिटी टेस्ट) भनिन्छ । पहिला परीक्षणकाल भनेर यही प्रयोजनका लागि राखिएको थियो, तर गलत अभ्यासले पञ्चायती राजनीतिक आस्था परीक्षणको माध्यम बन्यो, अहिले परीक्षणकालको बुझाइ नै छैन । वैधता परीक्षणमा आयोगले व्यक्ति, व्यवस्थापन, कार्यजिम्मेवारी, कार्यस्वायत्तता, कामप्रतिको लगाव एवं स्वयं अग्रसरताका पक्षमा निरन्तर विवेचना गर्नुपर्दछ । यो काम भर्ना छनोटभन्दा धेरै जटिल र व्यापक पनि हो । यो जिम्मेवारी सही अर्थमा अभ्यास गरिएमा व्यक्ति र संगठनबीचको सम्बन्ध, संगठन र सेवाग्राही बीचको सम्बन्ध र राजनीतिज्ञ र कर्मचारीबीचको सम्बन्ध सुध्रिन्छ, पेसागत विशिष्टता प्रणालीमा भित्रिन्छ, सदाचार संस्कृति संस्थागत हुन्छ र राज्यसञ्चालनले सुशासन दिन सक्छ । सार्वजनिक पदाधिकारीलाई सदाचारी, सुसंस्कृत, स्वयं प्रेरित बनाई सुशासन दिने जिम्मेवारीको पृष्ठभूमिमा सैद्धान्तिक र सांकेतिक रूपमा लोकसेवा आयोग रहन्छ, संविधानले पनि गर्भित रूपमा आयोगलाई यो कार्यभार सुम्पेको छ ।

सुदूर पालिकाको वडा तहमा कार्यरत कर्मचारीले पनि आफ्नो सामथ्र्यमा वृत्तिमार्गको शीर्ष ओहोदाको सपना देख्न पाउनुपर्दछ

लोकसेवा आयोग सार्वजनिक प्रशासन, योग्यता प्रणाली र समग्र कर्मचारी व्यवस्थापनको संरक्षक हो । आफूले अब्बल मानेका व्यक्तिलाई व्यवस्थापनले उपयोग, अनुपयोग वा अर्धउपयोग के ग¥यो, त्यसको पहरेदारी आयोगले नै गर्ने हो । व्यवस्थापन आग्रही र अन्यायी हुन सक्छ, कर्मचारी अकर्मण्य र व्यभिचारी हुन सक्छन्, त्यस्तो नहुने प्रणाली निर्माणमा आयोग मुकदर्शक होइन, मार्गदर्शक बन्नुपर्दछ । आवश्यक पर्दा व्यवस्थापन र व्यक्तिबीचको सम्बन्ध सूत्रमा रहेर पनि समस्याको भेन्टिलेशन खोज्नुपर्छ, यसो गर्दा अनपेक्षित सक्रियता मानिँदैन । बढुवा व्यवस्थामा आयोगको संलग्नता छ तर सेरेमोनिएल । आयोगले बढुवाको सूची तयार गर्ने, सत्यांकन गर्नेलगायतका काम र यसका लागि आवश्यक पूर्वाधार तयार गरेको छैन । सचिव लगायत माथिल्ला पदमा खुम्चिँदै गएको भूमिका मुख्य सचिव सिफासिरमा शून्य छ । एउटा सामान्य कर्मचारीको छनोटमा लगातारको मेरिट टेस्ट गर्ने आयोगको भूमिका सार्वजनिक प्रशासनको एक मात्र शिखर आहोदा नियुक्तिको सिफारिसमा नरहनु त्यहाँ मेरिट प्रिन्सिपल नै आवश्यक हुँदैन भन्ने होइन होला । यो प्रश्न कहिलेसम्म अनुत्तरित रहने ?

पहिला संविधानको धारा १२७ मा लोकसेवा आयोगले वार्षिक प्रतिवेदन राष्ट्राध्यक्षसमक्ष प्रस्तुत गर्दा समग्र प्रशासनको विश्लेषण सहित सुधारको मार्गचित्रसमेत दिनुपर्दथ्यो । त्यो सुझाव कार्यान्वयनको सन्दर्भमा संसदीय समितिमा छलफल भई सरकारलाई आवश्यक निर्देशन हुने गर्दथ्यो । नेपालको संविधानले आयोगको क्षेत्राधिकार बढाएर संगठित संस्थासम्म त पु¥याएको छ तर प्रशासन सुधारका लागि आयोग आफैं अग्रसर भएर सुझाव दिने, त्यसरी दिएको सुझाव कार्यान्वयनको विवेचना गरेर पुनः राष्ट्रप्रमुखमार्फत संसदमा प्रस्तुत गर्ने कुरा स्पष्ट समेटिएका छैनन् । तर यसो भन्दैमा सैद्धान्तिक र प्रतीकात्मक भूमिकाबाट आयोग पर रहनुहुन्छ भन्न सकिँदैन । किनकि आयोग नै समग्र सार्वजनिक प्रशासन, योग्यता प्रणाली र यस सन्दर्भमा अभ्यास गरिने समानताको हक र सकारात्मक विभेदको पनि संरक्षक हो ।

संविधानको धारा २८५ मा तीन तहको निजामती सेवा र आवश्यकताअनुसारको सेवा गठन र सञ्चालन गर्न सकिने व्यवस्था छ । धारा २४३ ले लोकसेवा आयोगलाई र धारा २४४ ले प्रदेश लोकसेवा आयोगलाई माथि उल्लेख गरिएका भर्ना, छनोट, परामर्शजस्ता विषयमा अधिकार दिएको छ । प्रदेश आयोगको कार्य आधार र मापदण्ड संघीय कानुनले निर्धारण गर्ने भनिएको छ । यी प्रावधान कार्यान्वयनको मार्गदर्शन योग्यता प्रणालीका सिद्धान्त र मूल्यले गर्दछन् भने यसको संरक्षण संघीय लोकसेवा आयोगले गर्नुपर्ने हुन आउँछ । किनकि निजामती सेवालगायत सरकारी सेवा तहगत भए पनि सार्वजनिक प्रशासन एकै हो, योग्यता प्रणाली र यसका मूल्य मानक एकै हुन् । लोकसेवा आयोगसँग विगतको लिगेसी छ, विश्वासको शक्ति छ, अनुभव छ, लामो अनुभवले आर्जित स्वायत्तता पनि प्राप्त छ । प्रदेश तहका आयोगको क्षमता विकास, प्रणाली निर्माण, विधि प्रविधिको संस्थागत परिपाटी हस्तान्तरणमा आयोगले अग्रसर भई अभिभावकत्व लिनुपर्दछ ।

तीन तहको निजामती÷अन्य सेवा भनिए तापनि सार्वजनिक प्रशासन भनेको एकै हो । कर्मचारीका जिम्मेवारी मुकाम, कार्यस्थल र प्रतिवेदनका बिन्दु फरक छन् तर समग्र प्रशासनिक भावना, प्रवृत्ति, वृत्तिचाख र व्यावसायिकता विकासका अवयवहरू एकै छन् । संविधानको धारा २४३ को उपधारा (५) र २४४ को उपधारा (२) र २३२ को उपधारा (१) ले पनि यसको संकेत पनि गरेको छ । सार्वजनिक प्रशासनलाई निरन्तर गतिशील, सेवासमर्पित र प्रवत्र्तनमुखी बुहुसीपयुक्त जीवन्त प्रणाली बनाइराख्न वृत्ति भविष्यप्रति कर्मचारीलाई आश्वस्त बनाइ राख्नुपर्छ । संघीय निजामती सेवा कानुनलगायतका कानूनी संरचनाले त्यसको आश्वस्तता दिनसक्नु पर्छ । सुदूर पालिकाको वडातहमा कार्यरत कर्मचारीले पनि आफ्नो सामथ्र्यमा वृत्तिमार्गको शीर्ष ओहोदाको सपना देख्न पाउनु पर्दछ ।

यस्तै सपनाको उन्ननयनले राष्ट्र निर्माणको यात्रा कसिलो हुने हो । वृत्ति सपना अवरुद्ध हुँदा प्रशासन विभाजित मनोविज्ञानमा चल्छ र राष्ट्रनिर्माणलाई अन्तरबोध गर्न सक्दैन भन्ने उदाहरण पूर्वशोभियत संघको सार्वजनिक प्रशासनबाट पाउन सकिन्छ । लामो समयदेखि छलफलमा रहेको संघीय निजामती सेवा विधेयकमा सुधारका सम्भावना भएको पेसागत संघ÷संस्था र स्वयं कर्मचारीबाट पनि सुनिएको छ । सार्वजनिक प्रशासनको केन्द्रस्थमा रहने निजामती सेवालाई सद्गुणको संगम बनाउन सबै कर्मचारीको भावना समेटिनुको त पर्छ नै, यसका अलावा संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा पहिलोपटक आउने यसप्रकृतिको कानुन अब्बल नै बन्नुपर्दछ ता कि समस्त कर्मचारीलाई अनन्त उत्साह र विश्वास जगाउन सकोस् । लोकसेवा आयोगको भूमिका यस सन्दर्भमा पनि अपेक्षित रहन्छ ।

(Visited 264 times, 2 visits today)
Loading comments...

आजको समाचार

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

एकै दिन ९०७० मा काेराेना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७०...

प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् कुशासन र भ्रष्टाचारकाे कारण तपाई होईन ? : देउवा

माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ...

नौ महिनामा वाणिज्य बैंकको नाफा ५१ अर्ब

काठमाडौं । २७ वटा वाणिज्य बैंकले गत साउनदेखि चैतसम्मको अवधिमा ५० अर्ब ७४ करोड नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ९...

ट्रेन्डिङ

चन्द्रागिरि नगरपालिकामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै...

सीमा नाकाको कडाइले तस्करलाई ऐंठन

वीरगन्ज । नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै बर्षौंदेखि अवैध कारोबारमा रमाउनेहरुलाई अहिले सीमामा कडाइ गरेपछि ऐंठन हुन थालेको छ । खुल्ला सीमाको फाइदा...

रौतहटमा २ सय १४ जनामा एचआइभी एडस संक्रमण, ७ जनाको मृत्यु

रौतहट । रौतहटमा एचआइभी एडस संक्रमणको कारण ७ जनाले ज्यान गुमाएका छन । २६ औ राष्ट्रिय कण्डम दिवशको अबसर पारेर शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित...

नागरिकता विधेयकविरुद्ध सप्तरीमा विशाल प्रदर्शन

सप्तरी । नागरिकता संसोधन विधेयक विरुद्ध मंगलबार जनता समाजवादी पार्टी सप्तरीले विशाल विरोध प्रदर्शन गरेको छ । पार्टीका केन्द्रिय पदाधिकारी, प्रदेश मन्त्री र सो...

उच्च सतर्कतालाई नभुलौं

सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति लिएसँगै सामाजिक दूरी कायमै राख्ने मापदण्डको पालनासहित व्यापार व्यवसाय सुरु भएका छन् । खुद्रा बजार, थोक बजार, मर्मत...

झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु

दमक । झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका...

कारागारमा बिरामी नै बिरामी

चितवन । कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको...

धितोपत्र बजार : साढे चार अर्बको कारोवार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक...

नेकपा बृहत् सभालाई प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र...

सहकर्मीको हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ । आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र...

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मतदान (फोटोफिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि शनिबार बिहान ८ बजेबाट मतदान सुरु भएको छ । जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा,...

तीन फरक लिगमा रोनाल्डाको ५० गोल

टुरिन । पोर्चुगिज तथा इटालियन क्लब युभेन्ट्सका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो तीन फरक लिगमा ५० गोल गर्र्ने पहिलो र एक्ला खेलाडी बनेका छन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)