Sunday, May 9, 2021
Home अर्थ सातवटै प्रदेशमा चार्जिङ स्टेसन निर्माण गरिँदै

सातवटै प्रदेशमा चार्जिङ स्टेसन निर्माण गरिँदै

राजधानी संवाददाता,

काठमाडौं । विद्युतीय सवारीसाधन विस्तारका लागि चार्जिङ स्टेसन निर्माणको ठेक्का सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशका ५० वटा स्थानमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीसँग ठेक्का सम्झौता गरेको हो ।

चार्जिङ स्टेसन निर्माणका लागि १३ वटा कम्पनीले परियोजना प्रस्ताव दिएका मध्ये ३ वटा कम्पनी प्राविधिक रूपमा सक्षम देखिएका थिए । तीमध्ये चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भार गर्न वानब्याङ डिजिटलले ठेक्का पाएको छ ।

कम्पनीले एक वर्षभित्रै सातै प्रदेशका विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरिसक्नु पर्नेछ । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा एक वर्षभित्रमा निर्माण सक्ने चार्जिङ स्टेसन पूरा गर्न ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता गरिएको छ । सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । सुरुको लागत अनुमान ६० करोड रहेको थियो ।

चिनियाँ कम्पनीसँग करिब ३८ करोडमा ठेक्का सम्झौता

चार्जिङ स्टेसनमा जडान गरिने चार्जरको आकार १ सय ४२ किलोवाटको हुनेछ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डीसी र २२ किलोवाटका एसी चार्जर राखिनेछन् । एकपटकमा तीनवटा गाडी चार्ज गर्न मिल्न गरी जडान गरिने चार्जरको ब्रान्ड स्टार चार्ज हुने प्राधिकरणले जनाएको छ । उपभोक्ताले गाडी चार्ज गरेबापतको शुल्क मोबाइल एप्लिकेसन र क्यूआर कोडमार्फत वा विद्युतीय माध्यमबाटै भुक्तानी गर्न सक्नेछन् । प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप ७ हजार किलोवाट अर्थात् ७.१ मेगावाट विद्युत् खपत गर्नेछ ।

चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहर तथा काठमाडौं उपत्यकामा सातवटा राखिने भएका छन् । प्रदेश १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँचवटा चार्जिङ स्टेसन रहनेछन् । प्रदेश २ मा पर्साको वीरगन्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सातवटा चार्जिङ स्टेसन स्थापना हुने भएका छन् ।

त्यसैगरी बागमती प्रदेशको धादिङ मलेखुमा दुई, बीपी राजमार्गको सिन्धुलीमा दुई, मकवानपुरको हेटौंडामा दुई, चितवनको भरतपुरमा दुई तथा मुगलिङ कुरिनटारमा ४ र काभ्रेको बनेपामा १ गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । गण्डकी प्रदेशको नवलपुर, तनहुँको दमौली, स्याङ्जामा १÷१ र कास्कीको पोखरामा तीन गरी ६ वटा चार्जिङ स्टेसन निमार्ण गरिने भएका छन् ।

लुम्बिनी प्रदेशमा आठवटा चार्जिङ स्टेसन बाँकेको नेपालगन्जमा १, दाङको भालुवाङ तथा दाङमा एक÷एक, रूपन्देहीको बुटवलमा एक, नवलपरासीको बर्दघाट-सुनवलमा दुई गरी ८ वटा चार्जिङ स्टेसन रहनेछन् । कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेशमा एकवटा चार्जिङ स्टेसन निर्माण गर्ने गरी ठेक्का सम्झौता सम्पन्न भएको छ । सुदूरपश्चिममा कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक÷एक गरी तीनवटा चार्जिङ स्टेसन निमार्ण गरिने भएको छ ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सोमबार...

बर्दियामा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ । हरेक दिन सय भन्दा...

मिस युनिवर्समा भाग लिन अंशिका शर्मा अमेरिका प्रस्थान

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको लागि अंशिका अमेरिका प्रस्थान...

प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ जना मृत्यु

रियो दी जेनेरो । ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

ट्रेन्डिङ

न्युकासल युनाइटेडमा साउदी अरबको लगानी

लन्डन । इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गर्ने भएको छ । साउदीको कोषले ३ सय मिलियन पाउन्डमा न्युकसलको...

तीन महिनासम्म अभिनय सिक्दै प्रदीप खड्का

काठमाडौं । आफ्ना नयाँ चलचित्रको अझै तीन महिना छायांकन सुरु नहुने भएपछि अभिनेता प्रदीप खड्काले अभिनय कक्षा सुरु गरेका छन् । उनी अभिनय सिक्नकै...

कानु पत्रकार संघको अध्यक्षमा राजधानीकर्मी साह चयन

बारा । बारामा कानु पत्रकार संघ जिल्ला कार्यसमिति चयन भएको छ । महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुको प्रमुख आतिथ्य एवम् नेपाल पत्रकार महासंघ संघ...

पाँच महिनामा ६ हजार पर्यटक

काठमाडौं । चालु आर्थिक वर्ष २०७७-७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित...

८० हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

वाग्मती । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन...

मधेश केन्द्रित दुई दलबिच एकता, चुनाब चिन्ह छाता

काठमाडौं । मधेस केन्द्रित दुई राजनीतिक दलले मध्यराती एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीच...

भारतमा आन्दोलनरत किसानद्वारा बन्दको घोषणा

नयाँदिल्ली । भारतमा आन्दोलनरत किसानले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको...

एन्फामा टासी घलेको ‘रि इन्ट्री’

काठमाडौं । मानार्थ अध्यक्षको रूपमा टासी घलेले अखिल नेपाल फुटबल संघ (एन्फा)मा तेस्रोपटक ‘रि इन्ट्री’ गरेको छ । शुक्रबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फाका...

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द, आन्तरिक यथावत्

काठमाडौँ । कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ ।...

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं‌ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै १३९, ललितपुरमा १५...

चितवनमा दुई अस्पतालका मेसु सहित चिकित्सक र नर्समा कोरोना पुष्टि

चितवन । चितवनमा अस्पतालका मेसु सहित वरिष्ठ चिकित्सक र विरामीसंग प्रत्यक्ष सम्पर्कमा रहने नर्सहरुमा समेत कोरोना संक्रमण देखिएको छ । समुदायमा समेत कोरोना संक्रमण...

स्वास्थ्य सामग्रीमा ५७ प्रतिशत बढी नाफा लिँदै कालोबजारी

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीले अहिले बजारमा स्वास्थ्य सामग्री निकै अभाव छ । बजार अभावको फाइदा लुट्दै स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने व्यापारीले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)