Sunday, May 9, 2021
Home भर्खरै रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

सुभाष साह,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सता सहकार्य हुने भएको हो ।

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागिता रहेको थियो । ओली र ठाकुरबीच छलफल सकेर बिहीबार साँझ कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्मको प्रगतिका विषयमा समेत छलफल भएको छ ।

छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले परिणाममुखी वार्ता भएको बताए । शीर्ष नेताका साथै कार्यदलका बीचमा भएको छुट्टाछुट्टै छलफल सकारात्मक रहेको बताउँदै उनले केही दिनमै परिणाम दिने गरी काम हुने बताए ।

‘छलफल सकारात्मक छ । केही दिनभित्रैमा परिणाम दिने गरी हाम्रो गृहकार्य भइरहेको छ,’ नेम्वाङले राजधानीसँग भने, ‘हामी छलफललाई निरन्तरता दिने र उहाँहरूले उठाउँदै आएका माग सम्बोधन गर्नतर्फ अघि बढेका छौं ।’

जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुठा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतालगायतका मागमा उठाउँदै आएको छ । नेकपाले सांसद चौधरीको रिहाइका साथै मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । जसपा नेताहरूले समेत आफूहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक रहेको र प्रक्रिया अघि बढेको बताउँदै आएका छन् ।

एमालेबाट संसदीय दलका उपनेता नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई र जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्ता टोलीमा रहेका छन् । यो वार्ता टोलीको छलफल निरन्तर जारी रहेको छ ।

जसपा कार्यकारिणी समितिका सदस्यसमेत रहेका वार्ता टोलीका सदस्य कर्णले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक रहेको बताए । सांसद चौधरीको रिहाइ, मुद्दा फिर्तालगायतका माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको उनले बताए ।

‘हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको छ । हाम्रो छलफल सकारात्मक रूपमा अगाडि बढाउने सहमति हामीबीच भएको छ,’ कर्णले राजधानीसँग भने, ‘प्रधानमन्त्री आफैं हाम्रो माग सम्बोधन गर्न निरन्तर लागिरहेको जानकारी प्राप्त भएको छ ।’

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले जसपासहित नेकपा (माओवादी केन्द्र)सँग मिलेर सरकार निर्माण गर्न खोजेको छ । तर, जसपा भित्रै दुई धार निर्माण भएपछि त्यो सम्भव देखिँदैन । यता एमालेले जसपाले उठाउँदै आएको माग सम्बोधन गर्ने प्रक्रिया अघि बढाएपछि ओली नेतृत्वको सरकारमै जसपासमेत सहभागी हुने टिप्पणी राजनीतिक वृतमा भइरहेको छ ।

प्रतिनिधिसभामा जसपासँग ३४ सांसद रहेकोमा दुई जना निलम्बित छन् । जसपासँग सरकार निर्माणका लागि एमाले, माओवादी केन्द्रका साथै कांग्रेसले समेत छलफल गरिरहेको छ ।

(Visited 172 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

साताका लोकप्रिय समाचार

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

अझै सामाजिक बहिस्कार हुने डरले कोरोना परिक्षण गर्दैनन्

बझाङ । शुक्रबार खप्तडछान्ना गाँउपालिकाका ३७ बर्षिया पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भयो । मृतक पुरुष केही समय अघि देखी नै विरामी परेका भएपनि...

यसरी तोडे कामिरिताले आफ्नै कीर्तिमानी , २५ औं पटक सगरमाथा शिखरमा

काठमाडौं । आफ्नै विश्व कीर्तिमानी तोड्दै आरोही कामिरिता शेर्पा २५ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका छन । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका –५ थामेका...

राष्ट्रपति र प्रधानमन्त्रीको पद अस्वीकार गरेकाे व्यक्ति हुँ पदकाे लाेभ छैन : अमिक शेरचन

काठमाडाैं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले राष्ट्रपति र प्रधानमन्त्रीको पदका लागि प्रस्ताव आउँदा पनि अस्वीकार गरेको बताएका छन् । मंगलबार बिहान पत्रकार...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

ट्रेन्डिङ

राष्ट्रिय गौरवका आयोजना समयमै सकाउन निर्देशन

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना सुस्त भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समयमै सक्न निर्देशन दिएको छ । आयोजना प्रमुखसँग चरणबद्ध छलफल गर्दै आयोजना...

युरोकप १२ देशको १२ सहरमै

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण अर्काे वर्षलाई सरेको युरोकप युरोपको १२ देशको १२ सहरमा नै आयोजना हुने भएको छ । युरोपियन फुटबलको...

गाउँपालिकाका वडाध्यक्ष मगरको निधन

सप्तरीको । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४ वर्षका उमेरमा निधन भएको छ । केही महिनादेखि बिरामी...

विद्यालयमा चट्याङ पर्दा छात्रवासमा पढिरहेका विद्यार्थीको मृत्यु, दुई घाइते

 लमजुङ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन...

बराबरीमा रोकियो बार्सिलोना

लन्डन । स्पेनिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोना एइवरसँग बराबरीमा रोकिएको छ । दुवैतर्फ १-१ गोल भए । खेलमा एइवरका लागि किके गार्सिया...

रामोसले तीन खेल गुमाउने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस...

रुपन्देही सामूहिक हत्या : चारित्रिक हत्याले निम्ताएको घटना

बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्या व्यक्तिगत चरित्रमाथि उठाएको प्रश्नका कारण उत्पन्न आवेशले घटाएको देखिएको छ । प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ...

तोलामा तीन हजारले घट्यो सुन

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा शुक्रबार अनपेक्षित रुपमा तीन हजार रुपैयाँले घटेको छ । बिहीबार रु ८१ हजार ५००...

विद्यालय कतै खुल्यो, कतै खुलेको भोलिपल्टै बन्द

सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष...

सन्दिप आवद्ध जमैका सिपिएलको सेमिफाइनलमा

काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेआवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना...

गण्डकीमा ५२३ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट कुल संक्रमित ५ सय २३ पुगेका छन् । आइतबारमात्रै ३५ जना थपिएका हुन् । तीमध्ये पोखरामा थप १...

नयाँबसपार्कबाट गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

काठमाडौँ । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)