Sunday, May 9, 2021
Home Editor-Picks आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन

आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन

टेनिस रोका,

काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक पुराताŒिवक सम्पदा धरहराको २२ तले संरचना ठहरिएको छ । पुनर्निर्माणअन्तर्गत संरचना तयार भएको धरहराको आगामी ११ वैशाखका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सरकारले पछिल्ला दिनमा सांस्कृतिक सम्पदाको निर्माणदेखि विभिन्न विकास निर्माण कार्य तीव्रता दिँदै आएको छ ।

धरहराको २२ तलामाथि टावर निर्माण भएको छ । ११ वैशाखका दिन टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । टावरतर्फको भागमा अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले टावर निर्माण सम्पन्न भइसकेको र गजुर राख्ने काम पनि भइरहेको जानकारी दिए ।

गत १२ वैशाख २०७२ मा गएको महाभूकम्पबाट ९ तले धरहरा पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो । धरहरा ढलेकै दिन उद्घाटन गर्दा त्यसको सन्देश नराम्रो जाने भन्दै एक दिनअघि ११ वैशाखमा उद्घाटन गर्न लागिएको हो । ‘१३ वैशाखमा शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भएकाले वैशाख ११ लाई उद्घाटनको दिन तोकेका हौं,’ मानन्धरले राजधानीसँग भने ।

आगामी ११ वैशाखमा प्रधानमन्त्रीबाट धरहराको उद्घाटन गरिए पनि सर्वसाधारणले धरहरा चढ्न, हेर्न अझै केही समय कुर्नुपर्नेछ । कोरोना तथा बन्दाबन्दीलगायतका कारण धरहरा निर्माण सम्पन्न हुने समय २५ डिसेम्बरसम्म थप गरिएको छ । थप गरेको समयमा नै धरहराको पुनर्निर्माण सम्पन्न भएमा अझै ८ महिना सर्वसाधारणले धरहरा चढ्न प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

कतिपयले प्रधानमन्त्रीले हतारहतार धरहरा उद्घाटन गर्न खोजेको भन्दै टिप्पणी गरेका छन् । प्राधिकरणका इन्जिनियर मानन्धरले प्रधानमन्त्रीको उद्घाटन गर्ने इच्छाले भन्दा पनि प्राधिकरणले ८ लाख निजी घर, सयौं विद्यालय, स्वास्थ्य संस्था, तथा सरकारी भवनको पुनर्निर्माण सम्पन्न गर्दा पनि धरहराको उद्घाटन नगर्दा पुनर्निर्माणले गति लिएको सन्देश नगएकाले उद्घाटन गर्न लागिएको बताए ।

इन्जिनियर मानन्धरले भूकम्पले भत्किएको भागको पुनर्निर्माण सम्पन्न भइसकेको र पछि थपिएका संरचनाको मात्र अब निर्माण कार्य बाँकी रहेकाले पनि उद्घाटन गर्दा फरक नपर्ने बताए ।

सरकारले धरहराको पुनर्निर्माणअन्तर्गत हुलाक कार्यालयसम्मको जग्गामा पार्किङ, बगैंचालगायत संरचना पुनर्निर्माण गरिरहेको छ । पार्किङ र बगैंचातर्फको काम भने जारी छ ।

धरहरा रहेको वरपरको २९ रोपनीमा विस्तारित रूपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजनाअनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएर धरहराको पुनर्निर्माण भइरहेको हो ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् ।

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा देखिनेछ तर भित्र सुविधा सम्पन्न बनाइएको छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार ऐतिहासिक सुनधारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने र टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने तथा भूकम्पले भत्काएको धरहरालाई यथावत् स्वरूपमा सिसाले छोपेर एक सजीव भूकम्प संग्रहालयका रूपमा संरक्षण गरिनेछ ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डर ग्राउन्ड बेसमेन्ट छ ।

धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्टसमेत निर्माण हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ ।

(Visited 142 times, 1 visits today)
Loading comments...

आजको समाचार

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

साताका लोकप्रिय समाचार

देशैभरी सहयोगमा जुटयो युवा संघ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले देशैभरी स्वयंसेवक परिचालन गरेको छ । देशैभरी कोरोना भाईरसबाट संक्रमित, मृत्यु हुनेको संख्या बढिरहेको...

नौ महिनामा वाणिज्य बैंकको नाफा ५१ अर्ब

काठमाडौं । २७ वटा वाणिज्य बैंकले गत साउनदेखि चैतसम्मको अवधिमा ५० अर्ब ७४ करोड नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ९...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

ट्रेन्डिङ

सर्लाहीमा थपिए ३७ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीमा आज एकै साथ ६ पालिकामा ३७ कोरोना संक्रमितहरु थपिएको छ । पछिल्लो समय दिन प्रतिदिन सर्लाहीमा कोरोना संक्रमित बिरामी थपिँदै गएको...

आवाज, अक्षर र लोकतन्त्र

आधुनिक लोकतन्त्रको युगमा सत्ता र शक्तिमा बस्ने व्यक्तिमा आफूले अंगीकार गरेका नीति र व्यवहार मात्र ठीक र अरू सबै बेठीक भन्ने दम्भ आउनु दुर्भाग्य...

राज्यमन्त्री मानन्धर लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वल्ड बुक रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको आज...

चलचित्र छायांकनका लागि अनुमति कुर्दै सिनेकर्मी

काठमाडौं । मानिसको जमघट हुने रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरदेखि, सपिङ मलसमेत सरकारले खुला गरेको छ । आजकाल १५ जनाको नाममा ३०-४० जना भेला भएर म्युजिक...

भारत–चीन सीमा विवाद : शान्तिपूर्ण रूपमा समाधान हुनेमा नेपालको विश्वास

काठमाडौं । भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै देशलाई आग्रह गरेको छ । नेपाल सधैं क्षेत्रीय र विश्वशान्तिको पक्षमा...

संक्रमण तीव्र भेन्टिलेटर र आईसीयू अत्यन्तै कम

काठमाडौं । कोरोना भाइरस संक्रमण भई जटिल अवस्थामा पुग्ने बिरामीका लागि अत्यावश्यक मानिएको भेन्टिलेटर र आईसीयू बेडको संख्या निकै न्यून मात्रामा हुँदा थप जोखिम...

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

पोखरा । पोखरा महानगरपालिका वडा १४, चाउथेमा मोटरसाइकल दुर्घटनामा परी दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका आरुचौर घर...

दिल्लीद्वारा सन्दीप फुकुवा

आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन्...

निफमा अनुराग कश्यपले अनुभव शेयर गर्ने

काठमाडौं । नेपाल अन्तराष्ट्र्रिय चलचित्र महोत्सब,निफको चौथो संस्करणमा प्रसिद्ध भारतिय निर्देशक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्सकहरुको लागि आफ्नो अनुभब शेयर गर्ने भएका छन्...

साम्राज्ञीले भनिन् : अब म युट्युबमा बोल्दिन (भिडियाेसहित)

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युवरहरुले वाक्क दिक्क बनाएको बताएकी छिन् । इन्स्टाग्राममा भिडियो क्लिप्स पोष्ट गर्दै उनले भनिन् ‘हेर्दा पनि घीन लाग्दो...

थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)