Sunday, May 16, 2021
Home Breaking News माथिल्लो तामाकोसी: ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

माथिल्लो तामाकोसी: ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

पुजा चँदारा,

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको छैन ।

व्यवस्थापनमा भएको लापर्बाही र ढिलासुस्तीका कारण आयोजनाको काम समयमा नै सम्पन्न हुन नसकेको हो । पूर्णतय स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ ।

आयोजनामा ढिलासुस्ती अब मान्य हुँदैन: प्रधानमन्त्री

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक समारोहमा निर्माणाधीन माथिल्लो तामाकोसी परियोजनामा अस्वाभाविक ढिलासुस्ती भइरहेको जनाउँदै अब ढिलासुस्ती भए नसहने चेतावनी दिएका छन् । ओलीले भने, ‘मैले एक वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नुछ । एक वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, तीन महिना अगाडि, एक महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’ अब यस्तो ढिलाइ सह्य हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यस आयोजनालाई आफूले विशेष ध्यानमा राखेको बताउँदै भने ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘अपर तामाकोसीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडा गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन ।’

नेपाली लगानीको बहुप्रतिक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलोे परियोजनाका रूपमा रहेको यो आयोजना २०६५ चैतमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमानमा तयार पारिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको प्रतिवेदनमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएकोमा हाल आएर आयोजनाको लागत पनि बढेको छ । यो आयोजनाको लागत ३५ अर्बबाट बढेर ब्याजबाहेक ५२ अर्ब पुगेको छ भने हालसम्मको ब्याज २४ अर्ब पुगेको आयोजनाले जनाएको छ ।

विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र त्यति नै जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन सुरु हुने

यसमा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ ।

भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले काममा ढिलाइ गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ साल २३ पुसमा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।

पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन २०६७ मा सुरु गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको ११ वर्ष पूरा हुनै लागेको छ । आयोजना समयमा सम्पन्न नभएपछि पटक पटक म्याद थप गरिएको छ ।

ढिलाइ हुनुलाई आयोजना व्यवस्थापनले भने २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन तथा बाढी पहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो–मेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारण देखाउँँदै आएको छ ।

भूकम्पका कारण झन्डै दुई वर्ष काम रोकिएको, केही संरचनाको डिजाइन हेरफेर तथा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोराना भाइरसलगायतका कारण आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘काबु बाहिरको परिस्थिति सिर्जना हुँदा ढिलाइ भएको हो, ती परिस्थितिलाई पार गर्दै अब हामी विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेका छांै ।’

अब आयोजना निर्माणको अन्तिम चरणमा
आयोजनामा अहिले फिनिसिङको काम भइरहेको छ । १० वैशाखभित्र बाँकी काम सम्पन्न गरी ११ गतेदेखि सुरुङमा थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गरिने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा एक डेढ साताभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । आयोजना कार्यालयका अनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनामा पानी परीक्षण सम्पन्न भएपछि टर्बाइन र जेनेरेटरको परीक्षण थालनी हुनेछ ।

मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र त्यति नै जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन सुरु हुने आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

आयोजनामा ७६-७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाको निर्माण पूरा भएपछि नेपाल ऊर्जामा अत्मनिर्भर हुने बताइएको छ ।

(Visited 141 times, 1 visits today)
Loading comments...

आजको समाचार

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

साताका लोकप्रिय समाचार

यूएई र कुवेतद्वारा नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

पुणे प्रहरीलाई ज्याक्लिनको सहयोग

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले यतिबेला पुणे प्रहरीबाट निकै प्रसंसा पाएकी छन् । कोरोना संक्रमणको महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युका कारण पुणे...

माधव नेपाल समुहका सांसदले राजीनामा नदिने

काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समुहले सामुहिक राजीनामा नदिने भएका छन् । सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय...

कोरोना महामारी र खोपको विश्व राजनीति

काठमाडौँ । कोभिड–१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

ट्रेन्डिङ

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल...

राप्ती र नारायणी फाइनलमा भिड्ने

चितवन । चितवनमा जारी गौतम बुद्ध कप प्रतियोगितामा राप्ती टिम पहिलो जितसँगै फाइनलमा प्रवेश गरेको छ । आइतबार राप्तीले बागमती टिमलाई ११ रनले पराजित...

कोरोनाको रोकथाम गर्न पूर्व तयारी, खाँदबारीमा आइसोलेसन कक्षको स्थापना

संखुवासभा ।  कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल खाँदबारीमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भाइरसको प्रकोप बढ्न नदिन जिल्ला...

गाउँपालिका उपाध्यक्ष बिष्टको पक्षमा अदालनको निर्णय

चुरे मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले दिएको भनेको राजिनामा अन्ततः अदालतले बदर गरेको छ । उपाध्यक्ष मनिला विष्टले आफूले राजिनामा नदिएको दावि...

कोरोना प्रभावितका लागि १५५ बेड तयारी अवस्थामा

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावितका लागि १५५ वटा बेड तयारी अवस्थामा राखेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएको जानकारी अनुसार टेकु, पाटन र...

‘सतर्क रहौं, नआत्तिऔं, मनोबल बढाऔं’

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि सतर्कता अपनाउँदै मनोबल उच्च बनाउन सके यसलाई जित्न सकिने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार संक्रमितमध्ये...

बाढीले पचास घर डुवानमा, एक व्यक्तिको शव फेला

सप्तरी, राजविराज । खाँडो खोलामा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलको झण्डै ५० भन्दा बढी घर डुबानमा परेको छ...

किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ, एक फरार

बझाङ । सुस्त मनस्थितिकी दुर्गाथली–४ की एक किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । सोमबार...

पसन्द आयामा नेपाली कलाकार सभ्यता गिरी

काठमाडौं । नेपाली कलाकार नेपालमा मात्र नभएर पुरै विश्वमै ख्यातीप्राप्त गर्दै आइरहेका छन् । पछिल्लो समय यस्तै चर्चाको शिखरमा छिन् सभ्यता गिरी । सभ्यता...

स्याङ्जामा ५ जना संक्रमित थपिए, संक्रमितको संख्या १२ पुग्यो

स्याङ्जा । स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४०...

बिजुली बलेपछि झिलिमिली गाउँ

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–३ खदी गाउँ अँध्यारोमुक्त भएको छ । गाउँमा बिजुली बत्ती बलेपछि सिंगै गाउँ झिलिमिली भएको छ । केही समययता खदिका स्थानीय...

२९ जनाको कोरोना परीक्षण गर्दा १५ जनामा संक्रमण

धनगढी । सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण गरिएका २९ जना मध्ये १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । परीक्षणमा धनगढीका ४...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)