Tuesday, May 11, 2021
Home बिचार यूके भेरियन्ट नियन्त्रणका लागि खोप विस्तार गर

यूके भेरियन्ट नियन्त्रणका लागि खोप विस्तार गर

राजधानी संवाददाता,

कोरोना महामारी संक्रमणको दोस्रो लहरका रूपमा बेलायती संक्रमण अर्थात् यूके भेरियन्ट फैलँदै गर्दा नेपालको जनजीवन फेरि अस्तव्यस्त हुने देखिएको छ । यो नेपालमा एक वर्ष पहिले बेहोरिएको संक्रमणभन्दा निकै जटिल र बढी क्षति पु¥याउने खालको रहेको विशेषज्ञको दाबी छ । यो अहिले नेपाली जनजीवनमा फैलँदो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यो भेरियन्टबाट सतर्क रहन र आवश्यक सतर्कता अपनाउन केही कार्यक्रम ल्याएको छ । पहिलेको कारोनाको भेरियन्ट बालबालिकाबाहेक अरूका लागि जोखिमपूर्ण थियो भने अहिलेको भेरियन्ट भने बालबालिकाका लागि निकै जोखिमपूर्ण रहेको छ । अघिल्लो कोरोनाको भेरियन्टले छातीभित्र फोक्सोमा असर गर्ने गरेको थियो । निमोनिया भएकालाई गम्भीर रूपमा आक्रमण गर्ने, दीर्घरोगीलाई निकै सताउने अरू केही कारणले बिरामी भएकालाई संक्रमण गराई निकै च्याप्ने गरेको थियो । तर, अहिलेको भ्यारियन्टले मिर्गाैला तथा कलेजोमा आक्रमण गर्ने गरेको छ । यसै कारणले हाल बालबालिका उच्च जोखिममा रहेका छन् । बालबालिकामा संक्रमणदर उच्च वृद्धि हुँदै गएको छ । दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका पर्न थालेपछि यसले सबैमा चिन्ता उत्पन्न गराएको छ । स्वास्थ्य विशेषज्ञ तथा चिकित्सक बालबालिकामा संक्रमण दर बढेको भन्दै समयमै सतर्क रहन सचेतना अभियानमा लागिरहेका छन् ।

यो संक्रमणको विस्तारसँगै अस्पतालमा संक्रमित बालबालिका भर्ना हुन थालेका छन् । भर्ना भएका बालबालिकामा संक्रमणको प्रभाव र असर गम्भीर देखिएको छ । धेरैजसो त सघन उपचार कक्षमा भर्ना गरिएका छन् । यस्तो, अवस्थामा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरिनुपर्ने सिफारिस गरिसकेको छ तथापि मन्त्रिपरिषद्को निर्णय हुन भने बाँकी छ ।

सबैभन्दा बढी जोखिम मानिएको काठमाडौंका विद्यालय बन्द गरिएका छैनन् । सरकारले विद्यालय बन्द गर्ने निर्णय लिन सक्ने अवस्था देखेर आर्थिक तथा शैक्षिक समस्यामा परेका प्राइभेट विद्यालयका छाता संगठनहरू अहिले नै विद्यालय बन्द गरिनुपर्ने अवस्था नरहेको निष्कर्षमा पुगेका छन् । यस कारण पनि कोरोना जोखिम बढ्दै गइरहेको वर्तमान अवस्थामा भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन भइरहेका छन् । कतिपय विद्यालयमा त सामाजिक तथा भौतिक दूरीको सामान्य मान्यता पनि उल्लंघन भइरहेको देखिन्छ । हाल संक्रमित तथा अस्पताल भर्ना भएका बालबालिकामध्ये धेरैजसो १७ वर्षमुनिका रहेका छन् । विश्वका विभिन्न देशमा विभिन्न भेरियन्ट फैलिने क्रम जारी छ । बेलायत, साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेको भेरियन्टले छिमेकी देश भारतलाई डरलाग्दो गरी संक्रमणको भुमरीमा हालिदिएको छ । दैनिक १ लाख बढी मानिस संक्रमित हुनु कम जोखिमपूर्ण अवस्था होइन ।

भारतमा संक्रमणदर उच्च रहेका बेलामा खुला सीमाना रहेको नेपालमा पनि त्यसले भयावह स्थिति उत्पन्न गराउन सक्ने अवस्थालाई मध्यनजर गरी संक्रमित संख्या पहिचानसहित उनीहरूलाई उपचारमा र क्वारेन्टाइनमा राख्ने कुरामा बढी ध्यान दिनुपर्छ । यसका लागि परीक्षण दर बढाउनु जरुरी छ । त्यसो त संक्रमित संख्या पनि अपेक्षा गरिएभन्दा निकै नै बढ्दै गइरहेको छ । बेलायती भ्यारियन्टको सर्ने सम्भावना दर ४३ देखि ९० प्रतिशतसम्म छ । यो संक्रमण समुदायमा आमरूप लिएर जान कत्ति पनि समय लगाउँदैन । यो भेरियन्टमा लक्षण बढी नै देखिन्छ । बालबालिका उच्च जोखिममा रहेका बेला यसलाई आमसमुदायमा फैलनबाट रोक्न केही प्रभावकारी उपाय चालिनु जरुरी छ । यसका लागि खोप विस्तार नै बढी प्रभावकारी हुन सक्छ । सबैले सर्तकता अपनाउँदै सुरक्षाका सबै विधि प्रयोग गर्ने संस्कारलाई जीवनपद्धति बनाआंै ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

साताका लोकप्रिय समाचार

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा...

राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ

नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६...

सौरब र उर्मिला फिचर्ड ‘चोली तिम्रो’

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'चोली तिम्रो' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा...

ललिता निवास जग्गा प्रकरणः ढकाललाई छाड्ने विषयमा न्यायाधीशकै राय बाझियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र...

निषेधाज्ञाको मौकामा धमाधम सडक सिंगारपटार

काठमाडौं । सरकारले निषेधाज्ञाको मौका छोपेर सडकमा मार्किङ गर्ने, जेब्रा क्रसिङ बनाउने तथा सडक सिंगारपटारको काम धमाधम अघि बढाएको छ । सडक डिभिजन कार्यालय...

ट्रेन्डिङ

नेकपा स्थायी कमिटी बैठक शुरु

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । कोरोना महामारी र विभिन्न कारणवश स्थगन...

स्मार्ट फोन धेरै चलाउदा यौनजीवन निरश

एजेन्सी । स्मार्टफोनको अत्याधिक प्रयोग गर्नेहरुको बेडरुमको जीवन निरस हुने गरेको छ । सानो स्मार्टफोनको कारण यौन जीवननै बर्बाद हुन पुगेको विभिन्न अध्ययनहरुले...

बागलुङमा ६ जनामा देखियो कोरोना संक्रमण, सबै जना भारतबाट आएका

पोखरा । भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो...

जनार्दन शर्माकाे नेतृत्वमा दर्ता भएको थियो प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै सांसदहरुले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको पाइएको छ । ८९ जना सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव बिहान साढे...

तोडिनैपर्छ माफिया र बिचौलियाको जालो

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुनेक्रममा अहिले एकाएक राजनीतिले नयाँ मोड लिन पुगेको छ । सत्तारूढ दल नेकपामा देखिएको आन्तरिक झगडा र किचलोका कारण...

दैलेखमा थप ९१ जनामा कोरोना संक्रमण, संक्रमित ३०९ पुगे

दैलेख । दैलेखमा कोरोना भाइरस संक्रमितको संख्या ३०९ पुगेको छ । बिहिबारसम्म २१८ सम्म पुगेको शुक्रवार ९१ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै दैलेखमा कोरोना...

कोभिड–१९, लकडाउन र अर्थोपार्जन

विश्व यतिखेर कोरोना भाइरसविरुद्ध लडाइँमा केन्द्रित छ । करिब तीन महिनाअघि चीनको वुहान प्रान्तबाट पैmलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले चीनमा मात्र सीमित नरहेर विश्वका...

दाङमा छोराले गरे बावुको हत्या

तुलसीपुर । दाङमा छोराले बाबुको हत्या गरेका छन् । बंगलाचुली गाउँपालिका–२ पाखापानी निबासी ४५ बर्षका बावु बालाराम विकलाई २२ बर्षका छोरा बीरबहादुर विकले गएराति...

भारतीय मजदुर चढेको गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु

बाँके । बाँकेको राप्तीसोनारी – २ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य...

त्रिविमा बेथिति : तलवमा वार्षिक ४ अर्ब बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायहरुमा अध्यापनरत कर्मचारीहरुको तलवमा मात्रै वार्षिक अनुमानित चार अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । त्रिवि...

अब कोटेश्बर–जडीबुटी सडक सात लेन

काठमाडौं । काठमाडौं उपत्यकामा बढी ट्राफिक जाम हुने कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार गरी अब सात लेनको हुने भएको छ । ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यसहित...

प्रदेश सरकारले बनायो गल्याङमा ५० बेडको आइसोलेसन

स्याङ्जा । स्याङ्जामा कोरोना संक्रमण बढे सगै थप उपचारका लागि आइसोलेसन बनाउने काम तिब्र पारिएको छ । जिल्ला अस्पतालमा १० बेडको मात्रै रहेको आइसोलेसन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)