धनकुटामा भीषण असिना पानी, करोडौंको बाली छिनभरमै स्वाहा ! (फोटो फिचर)

धनकुटा । धनकुटामा बिहीबार साँझ भीषण असिना पानी परेको छ । साँझ करिब ५ बजेबाट हावाहुरीसहित असिना पानी परेको हो । करिब एक घण्टा परेको असिना पानीले जिल्लामा करोडौं मूल्य बरावरको तरकारी बाली नष्ट गरेको किसानहरुले बताएका छन् ।

धनकुटाको उत्तरी भागमा तीन फिटसम्म वाक्लो असिना जमेको छ । अत्याधिक परेको असिनाले तरकारी बाली ढाक्दा ठूलो क्षति पुगेको सिधुवाका अगुवा कृषक मेघेन्द्र गुरुङले बताए । ‘एक घण्टा परेको असिनाले यो क्षेत्रमा १३ करोड भन्दा बढीको तरकारी बाली सखाप बनायो,’ कृषक गुरुङले भने,‘अहिलेसम्म यत्रो धेरै असिना परेको थाहा थिएन । यसपटक त सबै स्वाहा पार्यो ।’

छथर जोरपाटी गाउँपालिका वडा नं. ६ को पुरै भाग, वडा नं.२ र ५ को केही भाग तथा महालक्ष्मी नगरपालिकाको वडा नं.८ र ९ तथा वडा नं.१ का केही भागमा लगाइएको केराउ, रायोको साग, फुलगोभी लगायत तरकारी बाली असिनाले सखाप पारेको छ । सिधुवा, चित्रे, नुनथला लगायत क्षेत्रमा झण्डै तीन फिटसम्म असिना जमेको स्थानीयबासीले बताएका छन् ।

सडकमा वाक्लो असिना जमेका कारण कोशी राजमार्गको सिधुवा–बसन्तपुर सडकखण्ड अवरुद्ध बनेको छ । अत्याधिक असिना परेर सडक पुरिदा सिधुवा–बसन्तपुर सडकमा सवारी अवतजावत हुँन नसकेको हिलेका व्यावसायी उज्वल कटेलले जानकारी दिए । तीन फिटसम्म असिना जमेकाले तत्काल असिना सुक्ने संभावना नदेखिएको कटेल बताउँछन् । उनी भन्छन्,‘तेह्रथुम हिडेको असिना परेर सडक पुरिदा सिधुवा–चित्रेबीच बाटोमै अलपत्र परियो । डोजर ल्याएर सडकको असिना पन्साउँने पहल भइरहेको छ । नत्र भोलिसम्म पनि सडक खुल्ने संभावना छैन ।’

यसैबीच, हावाहुरीसहितको असिना पानीका कारण धनकुटामा विद्युत अवरुद्ध भएको छ । धरानबाट आउने ३३ केभी लाईन मै समस्या आएकोले धनकुटामा बिद्युत अवरूद्ध भएको हो । धेरै तिर पोलहरू भाचिएको खबर आइरहेकाले लाइन मर्मतको काम भइरहेको विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता