Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ३ 'पूर्ण नक्सा विनाको पदक तत्काल खारेज गरियोस्'

‘पूर्ण नक्सा विनाको पदक तत्काल खारेज गरियोस्’

राजधानी समाचारदाता,

काठमाडाैं । सरकारको शिफारिसमा राष्ट्रपतिद्वारा लिपुलेक , लिम्पियाधुरा र कालापानी नसमेटिएको तस्बिर अंकित पदक वितरण गर्ने कार्यप्रति अनेरास्ववियू(क्रान्तिकारी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ। विज्ञप्ती जारी गर्दै अनेरास्ववियुले भनेकाे छ ‘राष्ट्रिय सहमति कायम गरी सार्वभौमसत्ता सम्पन्न संसदवाट सर्वसम्मत रुपमा पारित गरिएको नक्सालाई दृढतापुर्वक कार्यान्वयन गर्ने तर्फ ओली सरकारले कुनै तत्परता देखाएको छैन ।’

विज्ञप्तीमा  नेपालको अकाट्य र अविछिन्न भुभाग फिर्ता गर्न ठोस र सार्थक पहलकदमी लिनु त कता हो कता वरु उल्टै राष्ट्रिय स्तरका पदकको नक्सावाट समेत चुच्चो हटाउने कदम अत्यन्तै आपत्तिजनक र निन्दनीय भएकाे जनाएकाे छ। राष्ट्रपति र प्रधानमन्त्री जस्तो जिम्मेवार संस्थावाट मुलुकको भुभाग नै नसमेटिएको पदक जारी गरिनुले कतै सत्ता टिकाउनका लागि राष्ट्रिय अस्मितामाथि नै खेलवाड त भएको छैन भन्ने गम्भीर आशंका पैदा भएको अनेरास्वियुले जनाएकाे छ । ‘यसर्थ राष्ट्रहित र अस्मिता विरुद्धको यस कदमलाई अविलम्ब खारेज गरी सार्वजनिक रुपमा माफी मागेर पुन : नयाँ पदक जारी गर्न जोडदार माग गर्दछौं।’ विज्ञप्तीमा भनिएकाे छ ‘यसलाई तत्काल खारेज नगरिए हामी सशक्त सङ्घर्षमा उत्रन वाध्य हुने चेतावनी दिन चाहन्छौं।’

(Visited 62 times, 2 visits today)
Loading comments...

आजको समाचार

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

साताका लोकप्रिय समाचार

मानवता बिरुद्धको अपराधमा संलग्न र तिनका मतियारहरुलाई नांगेझार पार्ने युवा संघको चेतावनी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको महामारीका बीचमा मानवता बिरुद्धको अपराधमा संलग्न हुने अपराधी तथा उनका मतियारहरुलाई नांगेझार पार्ने...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

नेकोसद्वारा स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपालमा कोभिड–१९ को दोस्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडि बढ्न थालेको छ । सोही क्रममा नेकपा...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

ट्रेन्डिङ

कोहलीको टिम ९७ रनले पराजित

युएई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर (आरसीबी) निरीह साबित भयो । उसले पञ्जाबसँग...

फेरि तीन दिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून...

सामाखुशीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार

काठमाडौँ । चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उनलाई साधारण खाना...

थ्रेसरको पट्टाले लागेर पूर्व खेलाडी चन्दको निधन

कन्चनपुर । थ्रेसरमा परी पूर्व खेलाडीको ज्यान गएको छ। कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने बेला गएराति नरी चन्दको ज्यान गएको हो । भीमदत्त नगरपालिका ५...

कोरोना सन्त्रासपछि चितवनमा जताततै निषेधाज्ञा

चितवन । चितवनमा अस्पतालका मेसुसहित वरिष्ठ चिकित्सक र बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने नर्सहरूमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा समेत कोरोना संक्रमण...

बैतडीमा किशोरी मृत फेला, हत्याको आङ्शका

बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

पश्चिमी वायुको प्रभावले देशभर वर्षा, भोलिबाट मौसम सुधार हुँदै जाने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त...

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना

चितवन । छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ...

मुख्यमन्त्री पौडेलका स्वकीय सचिवलाई कोरोना संक्रमण

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो...

शिखाले ल्यायो एकैपटक चार पुस्तक

काठमाडौं । शिखा बुक्सले यतिबेला चार वटा पुस्तक एकसाथ सर्वाजनिक गरेको छ । यो बुक्सले यतिबेला दलिपकुमार मल्लको कथासंग्रह ‘कलावती’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)