Tuesday, May 11, 2021
Home Breaking News भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर

भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर

राजधानी समाचारदाता,

नेपालगञ्ज ।  नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका ९३ जनाको निधन भएको छ । बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ । बाँकेमा अहिलेसम्म कूल पाँच हजार ४३ जनामा कोरोना पोजेटिभ भएकामा चार हजार ७०२ जना डिस्चार्ज भइसकेका छन् ।

बाँकेमा पछिल्लोपटक आज बिहान गुर्भाकोट नगरपालिका–१३ सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान ७ः३५ मा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।

बाँकेमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा कम्तीमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने, नेपालगञ्ज उपमहानगरपालिकाभित्र साविकमा सञ्चालनमा आएका १२० शय्याको ह्वाइटहाउस आइसोलेशन पुनः सञ्चालन गर्ने, कोरोना बिरामी ओसारपसार गर्न प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ शय्याको आइसोलेशनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । रासस

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

साताका लोकप्रिय समाचार

पूर्वसैनिक स्वास्थ्यकर्मीलाई सेवामा तयार रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई ‘राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने’ भन्दै तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा...

प्रधानमन्त्रीले ट्वीट गर्दै भने ‘आउनुस् संगै बसेर छलफल गरम’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका नेताहरुलाई सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै...

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

तीव्र दौडधुपमा विपक्षी दल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् । कांग्रेसले...

ट्रेन्डिङ

लेक लागेर मकालु बेस क्याम्प गएका युवकको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न गएका खाँदबारी नगरपालिका –१...

कृषि अनुदानलाई यसरी प्रभावकारी बनाउन सकिन्छ

मानव शरिरको लागि चाहिने बहुसंख्यक पोषकतत्वहरु कृषि उपजबाट नै प्राप्त हुन्छ । त्यसैले यो मानिसको उत्पत्तिसँगै प्रचलनमा आएको आदिम पेशा हो । नेपालीहरुको प्रमुख...

सार्वजनिक परियोजना कार्यान्वयन: विवाद र समाधान

कोरोनाको विश्वव्यापी संक्रमणले विश्व अर्थतन्त्रसँगसँगै हाम्रो देशको अर्थतन्त्रमा पनि शिथिलता देखापरेको छ । समग्र मागमा वृद्धि हुन नसकेको कारण लगानी सुस्ताएको छ । मानिस...

नरेश र मेक्समको मंसिरलाई पञ्चेबाजा गीत

काठमाडौं । संगीतकार नरेश खाती र गायक मेक्सम खातीले नयाँ पञ्चेबाजा गीत दर्शकमाझ ल्याएका छन् । मंसिरमा विवाहको लगन चलिरहेको बेला सो विवाहसमेतलाई लक्षित...

भागरथी हत्या प्रकरणः नजिकका व्यक्तिमै शंका छ- प्रहरी

काठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

बारामा चट्याङ लागेर चार जनाकाे मृत्यु ,पाँच जना घाइते

बारा ।  बारामा चट्याङ लागेर ४ जना मृत्यू भएको छ भने ५ घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १२...

मरस्याङ्दी नदीमा हाम फालेका युवक बेपत्ता

तनहुँ । मरस्याङ्दी नदीमा हामफालेका एक युवक बेपत्ता भएका छन्। बन्दिपुर गाउँपालिका वडा नम्बर- ५ को याम्पाफाँट नजिकै रहेको मर्सा्याङदी नदीमा हामफाली बेपत्ता हुनेमा गोरखा...

युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वढ्याे

एजेन्सी ।  युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकी प्रवक्ता...

अमिताभ र अजय मे डेमा सँगै

मुम्बई । मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् ।...

साना जलविद्युत् आयोजनामा पेनाल्टी नलगाउन आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलगाउन निर्देशन दिएको छ ।आयोगले विद्युत् खरिद बिक्री तथा अनुमति प्राप्त कम्पनीले...

काठमाडौँसहित देशभर तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए । उनले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)