Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ५ बन्दक बनाएर १९ वर्षसम्म यौन शोषण

बन्दक बनाएर १९ वर्षसम्म यौन शोषण

राजधानी संवाददाता,

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पु-याइएका हुन् ।

साविकको चिसापानी–१ का कोइराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका थिए । लामो समयसम्म बेपत्ता भएपछि परिवारले माया मारिसकेका विज्ञानको आमा देवकुमारी, भाइ सुवास र कान्छी बहिनी तुलसासँग भेट भएको छ । विसं २०५८ मा १७ वर्षको उमेरमा काठमाडौँको सानेपाबाट बेपत्ता भएका विज्ञान १९ वर्षपछि आफ्नो घर फर्किएर आउँदा कोइराला परिवारमा खुशी छाएको छ । लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाइ र बहिनीलाई समेत ठम्याउन नसकेको बताइएको छ ।

बाल्यकालमा भाइबहिनीलाई छाडेका विज्ञानले अहिले पनि आफ्नो भाइबहिनी सानै रहेको बताउने गरेका छन् । परिवारका सदस्यलाई ठम्याउन नसकेका विज्ञानले यसअघि नै बितिसकेकी मावली हजुरमुमालाई मात्र फोटो हेरेर चिन्न सकेका छन् । शारीरिकरुपमा मात्र नभई मानसिकरुपमा समेत रोगी देखिएका विज्ञान सशस्त्र द्वन्द्वको समयमा भारत जाने भन्दै घर छाडेर हिँडेका थिए तर, उनी भारत नगइ काठमाडौँ पुगेको खुलेको भाइ सुवासले बताए । “दाजुको भनाइमा उनी सानेपाबाट अपहरणमा परेका रहेछन्।

गाडीमा आएका दुई महिला र एक पुरुषले उनलाई कम्बलले अनुहार छोपेर बेहोस बनाएपछि बन्द कोठामा पु-याएका रहेछन्”, दाजुको भनाइ उद्धृत गर्दै उgले भने “जुन कोठाबाट बाहिरिन उहाँलाई दुई दशक लाग्यो । कोठामा बन्धक बनाइएको अवस्थामा चरम श्रम तथा यौन शोषण गरेको, यातना दिएको दाजुले बताउने गरेका छन् । उहाँको पेट र खुट्टामा लागेको चोटको खाटा अहिले पनि देखिन्छ ।”

शारीरिकरुपमा कमजोर देखिने विज्ञानको फियो भेरी अञ्चल अस्पतालमा उपचार गर्दा निकालिएको पुष्टि भएको भाइ सुवासले बताए  । उनको वीर अस्पताल लगेर उपचार गर्नुपर्ने र त्यसका लागि रु सात लाख खर्च लाग्ने बताइएको छ । गत चैत २४ गते नेपालगञ्जबाट प्रकाशित हुने कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्धार गरेर सोही स्थानको निलसागर सेवाश्रमको जिम्मा लगाएको थियो । निलसागरले विज्ञानको निःशुल्क स्वास्थ्य जाच गराएपछि प्रहरी र पत्रकारको रोहबरमा आफन्तको जिम्मा लगाएको हो ।

विज्ञानलाई घरसम्म पुग्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको थियो । बेपत्ता बनेका विज्ञान र भाइ सुवासको चैत २६ गते नेपालगञ्जमा भेट भएको थियो । उन्नाइस वर्षसम्म घर बाहिर निस्कन नदिई बन्धक बनाइएका विज्ञानलाई चैत १८ गते राति सुतेको बेला बेहोस पारेर काठमाडौँको बल्खु आसपासको जङ्गलमा छाडिएको बताइएको छ ।

विज्ञानलाई अपहरण गरेको र बन्धक बनाएको विषयमा प्रहरी अनुसन्धान हुन भने बाँकी नै रहेको भाइ सुवासले बताए । विज्ञानलाई घर ल्याइएसँगै आवश्यक उपचारका लागि सहयोग अभियान शुरु गरिएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष बाजिन्द्र विष्टले बताए । रासस

(Visited 371 times, 1 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमित पर्यटकलाई स्वागत छ (फोटोफिचर)

काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

ऋणमा छ लोकतन्त्र र संघीयता

संस्कृतमा एउटा उखान छ, ‘यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिवेत् । भष्मी भूतस्य देहस्य पुनरागमनं कुतः ।’ (चार्वाक् सिद्धान्त ) अर्थात् जतिसम्म बाँचिन्छ,...

ट्रेन्डिङ

मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

काठमाडौँ । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव...

निजी विद्यालयकाे आग्रह : बैशाखदेखिकै शुल्क बुझाउनुहाेला

काठमाडौं । निजी विद्यालय लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

महिला सक्षम र योग्य छन्, यो कुरा प्रमाणित भैसक्यो : कोमल वली

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले महिलाहरुले आफ्नो अधिकारलाई अनुभुत गर्नुपर्ने बताएकी छिन् । आइतवार...

कोरोनाको सामना गर्दै सार्वजनिक प्रशासन

२१औं शताब्दी मानव जातिले नयाँनयाँ खोज तथा अनुसन्धान गरेर विज्ञान तथा प्रविधिको युग स्थापित हुँदै गएको अवस्थामा वैज्ञानिक अनुसन्धानलाई चीनको वुहानबाट फैलिएको अदृश्य नोबल...

-यापिड टेस्टमा ६ जनाको रिपोर्ट पोजेटिभ

काठमाडौं । कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यसैगरी, हेटौंडा उपमहानगरपालिकाभित्र भएको ¥यापिड टेस्टमा पनि...

कोरोनाका चार नयाँ भेरियन्ट फेला

 काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन...

लकडाउनमा तनाव व्यवस्थापन कसरी गर्ने ?

दुइदिन अगाडी मलाई मोबाइलमा म्यासेज आयो, म्यासेजमा लेखिएको थियो, ‘म्याम मलाई तपाईंको सहयोग चाहियो, मेरो साथीलाई एकदम गाह्रो भएको छ, डराउने, निद्राको समस्या, डरले...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख...

कोरोना भाइरसः इटालीमा मृत्युदर उच्च

रोम। कोरोना भाइरसको नयाँ केन्द्र बनेको युरोपेली राष्ट्र इटलीमा मृत्युदर उच्च देखिएको छ । पछिल्ला केही दिनदेखि इटलीमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या...

अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण

काबुल । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमणको...

गीतकार तारा अधिकारीको विश्वासको दियो

काठमाडौं । कोरोना संक्रमणका कारण लकडाउनमा रहेका दर्शक वा श्रोताका लागि आफ्नो गीत प्रस्तुत गर्नेक्रम गीतकार तारा अधिकारीले जारी राखेकी छन् । यसैक्रममा यी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)