Tuesday, May 11, 2021
Home प्रमुख एमाले सांसदद्धारा फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो

एमाले सांसदद्धारा फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो

राजधानी समाचारदाता,

काठमाडौं । नेकपा एमालेका पाँच प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

शुक्रवार आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ ।
प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।

नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन नेकपा एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।

पाँच जनालाई कार्वाही तयारी

कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका पाँच सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक शुरू भएको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने पाँच सांसदहरूलाई कारवाहीको सिफारिस गर्नेछ ।

पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।

एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

साताका लोकप्रिय समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

प्रधानमन्त्रीले ट्वीट गर्दै भने ‘आउनुस् संगै बसेर छलफल गरम’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका नेताहरुलाई सँगै बसेर छलफलमा गर्न र समस्या समाधान गर्न आह्वान गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै...

एमालेका उम्मेदवार रामबहादुर थापा बन्ने

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन् । उनी उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको...

चितवन जितविहीन, काठमाडौं शीर्ष स्थानमा

काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग...

ट्रेन्डिङ

कोरोना संक्रमणले बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

लन्डन । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा...

ओडोइ रिहालगत्तै प्रशिक्षणमा

लन्डन । इंग्लिस क्लब चेल्सीका युवा स्टार विंगर कलुम हड्सन ओडोइ धरौतीमा रिहा भएलगत्तै क्लबसँगको प्रशिक्षणमा जोडिएका छन् । १९ वर्षीय इंग्लिस स्टार ओडोइ...

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको...

हास्य अभिनेत्री भारती सिंह र उनका श्रीमान् पक्राउ

मुम्बई । भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ...

वीरगञ्जमा रोकिएका २१५ भारतीयलाई भारत पठाइयो

वीरगन्ज । मुलुकको विभिन्न ठाउँबाट भारत जान भनी वीरगन्ज नाकामा आई यतै रोकिएका २ सय १५ भारतीयलाई उनीहरुको देश भारत पठाइएको छ । रोजगारी...

धनुषा बम विस्फोटका मुख्य योजनाकार मानिएका विप्लव समूहका नेता पक्राउ

सप्तरी । नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ । हत्या,...

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली

दैलेख । राउटे समुदायले माघे संक्रान्तिलाई महत्वका साथ मनाउने गरेका छन् । दक्षिण एशियाको एकमात्र घुमेन्त जाति राउटे समुदायले गैरराउटे झै चाडपर्व नमनाए पनि...

स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ

कोरोना महामारीको चाप ह्वात्तै बढेसँगै संक्रमितलाई औषधोपचारका लागि स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार र संरचना अपर्याप्त हुन गएको छ । बिरामीका लागि पर्याप्त आईसीयू, भेन्टिलेटर...

अंकितबाबु र सप्तकको आवाजमा ‘कथाकार’को लकडाउन गीत

काठमाडाै‌ । आज विश्वभर शान्तिसहितको मौन अशान्ति छाएको छ । यो पुस्ताका लागि गज्जबको अनुभूती भइरहेको होला अहिले किनकी सबैजना घरभित्र छन् । के...

कैलालीमा गैँडाको खागसहित एक जना पक्राउ

धनगढी । कैलालीमा प्रहरीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दागोरिया गाउँपालिका ४ का ५८ वर्षीय नैनबहादुर कठरिया रहेका...

सिनेकर्मीलाई गाली गरे मुद्दा हालिने

काठमाडौं । चलचित्रसम्बन्धी सातवटा संस्थाले एक विज्ञप्ति जारी गर्दै कलाकारहरूलाई सामाजिक सञ्जालमा गाली नगर्न दर्शकलाई आग्रह गरेका छन् । एउटा मिडियामा राजेश हमाललाई अभिनेत्री...

वर्षापछि हिमपातको सम्भावना

काठमाडाैै ।  पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)