Tuesday, May 11, 2021
Home Editor-Picks सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

दीपक ओली,

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको छ ।

२०७२ सालमा जारी भएको नेपालको संविधानको भाग १४, धारा १८० को उपधारा (घ) र सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ को परिच्छेद २२ को नियम १८५ लाई मिच्दै सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश सांसद्को पद जोगाइदिने काम भएको छ ।

नेपालको संविधानको सो धाराले सूचना नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद रिक्त हुने व्यवस्था गरेको छ भने सुदूरपश्चिम प्रदेश सभा नियमावलीको परिच्छेद २२ को नियम १८५ उपनियम (१) ले लगातार १० बैठकमा अनुपस्थित हुनुपर्ने कारण सहित प्रदेश सांसद्ले सभामुखलाई अग्रिम जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । सोही नियमको उपनियम (४) ले उपनियम (१) बमोजिम आएको सूचना सभाबाट स्वीकृत गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, सुदूरपश्चिम प्रदेश सभामा कुनै सूचना नदिएर लगातार १० वटा बैठकमा उपस्थित भएका केही सांसद्हरूले पछि दिएको सूचना पनि प्रदेश सभामा लगेर स्वीकृत गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार अग्रिम सूचना नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित एक जना सांसद्ले १२ औं बैठकमा उपस्थित भएका छन् । उनले पछि दिएको सूचना प्रदेश सभाबाट स्कीकृत गरिएको छ ।

अग्रिम सूचना नदिएर लगातार बैठकमा उपस्थित नहुने र १२ औं बैठकमा आएर सूचना दिई सभाबाट स्वीकृत गराउने सांसद्को पछि दिएको सूचना अधिवेशनको चैत १७ गते बसेको १४ औं बैठकमा स्वीकृत भएको छ । ति सांसद् प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठक २०७७ माघ २६ गते उपस्थित थिए । त्यसपछि उनले सभामुखलाई जानकारी नदिएर सो अधिवेशनको दोस्रोदेखि ११ औं बैठकसम्म लगातार अनुपस्थित भए । उनले २०७७ चैत १२ गते उपस्थित हुन नसक्नुको कारण सहित प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराए ।

यसैगरी, अर्का एक जना प्रदेश सभा सदस्यले पनि सभामुखलाई अग्रिम सूचना नदिएर प्रदेश सभाको सातौं अधिवेशनमा लगातार १२ वटा बैठकमा अनुपस्थित भएका छन् । उनले सातौं अधिवेशनको पहिलो, चौथो र पाचौं बैठक बाहेकमा उपस्थित भएका छैनन् ।

प्रदेश सभा सचिवालयका अनुसार उनले श्रीमतिको उपचारको क्रममा काठमाडौंमा रहेकाले लगातार उपस्थित हुन नसकेको भनेर प्रदेश सभा सचिवालयमा बिहिबार सूचना दर्ता गराएका छन ।

नेपालको संविधानको भाग १४, धारा १८० को उपधारा (घ) मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभाका सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । तर सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ को परिच्छेद २२ को नियम १८५ को उपनियम (१) मा कुनै सदस्य लगातार दशवटा वा सो भन्दा बढि बैठकमा अनुपस्थित रहनु पर्ने भएमा तत्सम्बन्धी अग्रिम सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था गरेको छ । सोही नियमको उपनियम (२) मा कुनै सदस्य सभाको दशवटा भन्दा कम बैठकमा उपस्थित हुन नसक्ने स्थिति भएमा सभामुखलाई अग्रिम सूचना दिनुपर्ने र अग्रिम सूचना दिन नसक्ने कुनै मनासिब कारण भए उपस्थित भएको तिन दिनभित्र सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै नियम १८५ कै उपनियम (३) मा उपनियम (१) वा (२) बमोजिम दिइने सूचनामा आफू अनुपस्थित रहने अवधि र कारण समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही नियमको उपनियम (४) मा उपनियम (१) बमोजिम सूचना भए सभामुखले सभाको स्वीकृतिको निमित्त प्रस्तुत गर्ने र उपनियम (२) बमोजिमको सूचना भए सभामखुले स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।

नेपालको संविधान र प्रदेश सभा नियमावलीले सभाबाट स्वीकृत गर्नका लागि लगातार १० वटा बैठकमा आफू अनुपस्थित रहने अवधि र कारण सहित सहित अग्रिम सूचना माग गरेको छ । तर सांसद्हरूले लगातार १० वटा बैठकमा अनुपस्थित भइसकेपछि दर्ता गराएको सूचना पनि सुदूरपश्चिम प्रदेश सभाबाट स्वीकृत भएको छ ।

सभामुख अर्जुनबहादुर थापाले ति सांसदको सूचना पनि सचिवालयमा दर्ता भइसकेकाले सभाबाट स्वीकृतिका लागि प्रस्तुत गरिने बताए । उनले नियमावली अनुसार कारण सहित सूचना आइसकेको हुनाले नियम अनुसार सभामा लगेर स्वीकृत गर्न मिल्ने बताए ।

यद्दपि, प्रदेश सभा सचिवालय स्रोतले पछि आएको सूचना सभामा नियम अनुसार लग्न नमिल्ने र अग्रिम सूचना मात्रै सभामा लग्न मिल्ने बताएको छ । प्रदेश सभा स्रोतले १० वटा भन्दा कम बैठकमा अनुपस्थित हुने सूचना सभामुखले स्वीकृत गर्ने र १० वटा भन्दा बढि दिन अनुपस्थित भएको सूचना सभाबाट स्वीकृत गर्ने नियम नै संविधानसंग बाझिएको जनाएको छ ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, रामबहादुर थापाको उम्मेदवारी अझै टुंगो लागेन

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

अस्पतालमा ठाउँ नभएपछि खुल्ला आकाशमुनि काेराेना संक्रमितकाे उपचार

धनगढी । धनगढीस्थित सेती प्रादेशि अस्पतालमा कोरोनाबाट संक्रमित भएकाको संख्या दिन प्रतिदिन बढ्न थालेपछि अस्पतालमा उपचार गर्न ठाउँको अभाव भएको छ । यो अस्पतालको आकस्मिक...

शिक्षण अस्पतालको यो टिठ लाग्दो दृष्य (फोटोफिचर)

काठमाडौं । महाराजगञ्जमा रहेको त्रिबि शिक्षण अस्पतालको आइसोलेशन कक्षमा क्षमता भन्दा बढी छन् कोरोना संक्रमित । आइसोलेशन कक्षमा ठाउँ नपुगेपछि कतिपय संक्रमितले पेटीमै उपचार...

ट्रेन्डिङ

८७ वटा अश्लिल भिडियो हेर्न २ हजार शुल्क

मुम्बई । पोर्न भिडियो बनाएको आरोपमा नायिका एवं मोडल गहना वशिष्ठ पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ...

कोरोनाको जोखिम टरिसकेको छैन, स्वास्थ्य नियमको पालना गर्नुस् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् । आज ट्वीट गर्दै उनले कोभिड–१९...

वामदेव गौतमको मुद्दामा आज सुनुवाई हुने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेका दुई फरक निवेदनमाथि बुधबार सुनुवाइ गर्ने भएको छ । दुवै मुद्दाको...

माथिल्लो तामाकोशी जलविद्युत आयोजनको प्राविधिक परीक्षण सुरु

दोलखा ३ चैत । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको बाँध, इन्टेक, बालुवा थ्रिगाउने पोखरी, गेट, स्टपलग लगायतका अन्य हेडवक्र्सका संरचनाहरुको सोमबारबाट प्राविधिक परीक्षण गर्न सुरु...

एक सातामा १० अर्ब निक्षेप र कर्जा २८ अर्बले बढ्यो

काठमाडौं । चैतको दोस्रो सातासम्ममा २७ वाणिज्य बैंकको निक्षेप १० अर्बले बढेको छ भने कर्जा प्रवाह २८ अर्बले बढेको छ । चैतको पहिलो साता...

हिरालालकाे दुख : गीत सुनाउन गाउँ जाँदा काेराेना सार्छ कि भन्दै तर्किन्छन्

धनकुटा । उमेरले ६० काटेका हिरालाल गन्दर्भले सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो । धनकुटाको विहिवारे हटिया नजिक परिवारसँगै वस्दै आएका उनले अहिले जति...

यो मनसुनमा धेरै पानी पर्ने

काठमाडौं । आगामी मनसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ...

मोरङका ६ स्थानीय तहमा एक साता लकडाउन थप्ने निर्णय

मोरङ । मोरङका दक्षिण सीमावर्ती स्थानीय तहहरूले लकडाउनलाई एकसाता लम्ब्याउने निर्णय गरेका छ्न । विराटनगर महानगरबाहेक भारतसँग सिमा जोडिएका स्थानीय तहहरुले संयुक्त लकडाउन गर्ने...

वन क्षेत्रमा डढेलो लाग्दा नियन्त्रणका लागि सेनाको अभ्यास (फोटो फिचर)

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको छापाआहलडाँडा सामुदायिक वन क्षेत्रमा बिहीबार मध्यान्ह एक्कासी आगलागी हुन्छ, वन छेउमा नै रहेको एउटा टहरो जलेर ध्वस्त...

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

पत्नी हत्यारा सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने सर्वाेच्चको आदेश किन विवादमा पर्यो ?

काठमाडौं । पत्नी हत्याको अभियोगमा साढे ८ वर्ष जेल सजाय काटेर बिहीबार रिहा भएका सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालालाई छुट दिने सर्वोच्च अदालतको...

वेष्टह्यामद्वारा बर्नली पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको छ । यो नतिजासँगै वेष्टह्याम युनाइटेडले शीर्ष चारमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)