Sunday, May 9, 2021
Home अर्थ आजबाट आयल निगम ईआरपी प्रणालीमा

आजबाट आयल निगम ईआरपी प्रणालीमा

कौशिला कुँवर,

काठमाडौँ । आजबाट नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जाने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित र सुधार गर्न निगम ईआरपी प्रणालीमा जान लागेको हो । निगमको केन्द्रिय कार्यालयदेखि प्रादेशिक कार्यालयका डिपोहरुमा एकैपटक ईआरपी प्रणाली जाने छ । अहिले दुई महिना परिक्षणकाल रहने छ भने आउने असार एक देखि पूर्णरुपमा निगमले ईआरपी प्रणालीबाट काम सुरु गर्ने छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले ईआरपी प्रणालीबाट काम गर्दा निगमको पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणाली व्यवस्थित हुने बताए । ईआरपी प्रणालीमा जाँदा निगमले गर्दै आएको पेट्रोलियम पदार्थको आपूर्ति र वितरण हालको भन्दा व्यवस्थित र छिटोछरीतो हुने उनको भनाइ छ । उनले निगम ईआरपी प्रणाली जाँदा पेट्रोलियम व्यवसायीहरु पनि सकारात्मक नै रहेको बताए ।

ईआरपी प्रणालीको कार्यान्वयनमा सहजीकरण बनाउन निगमले पेट्रोलियम व्यवसायीहरूलाई समेत सुझाव मागेको प्रवक्ता उपाध्यायले बताए ।

प्रवक्ता उपाध्यायले भने, ‘निगम ईआरपी प्रणालीमा जाँदै गर्दा पेट्रोलियम व्यवसायीहरूले विरोध गरेका छैन । निगमको विनियमावली संशोधन गरेर पछि सो प्रणालीमा जानु पर्ने व्यवसायीको भनाइ थियो । निगमको विनियमावली पनि संशोधन गर्ने काम भइरहहेको छ ।’ उनले भने, ‘अब छिट्टै विनियमावली पनि संशोधन भएर आउने छ । इआरपी प्रणालीमा जाँदा निगमलाई मात्र सहज नभएर व्यवसायीलाई पनि सहज हुने उनको भनाई छ । ‘इआरपी जडान भइसकेपछि लेखा प्रणालीअन्र्तगतको झन्झटिला काम, लेजर पोष्टिङ गर्ने काम, सफ्टवेयरमार्फत गरिरहेका कामलाई विस्थापत गरेर ईआरपीमार्फत एकद्वार प्रणालीद्धारा काम हुने प्रवक्ता उपाध्यायको भनाई छ । ‘निगमको ट्यांकरमा हुने गुणस्तर, चोरी, मिसावटलाई नियन्त्रण गर्न सकिने छ । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न पनि निगमले ईआरपी प्रणालीबाट काम गर्न सकिने छ ।’ उनले भने । प्रवक्ता उपाध्यायले भने,‘निगमका सम्पूर्ण कार्यहरूलाई विद्युतीय (डिजिटलाइज) प्रणालीमा लगिनेछ । ईआरपी प्रणालीबाटै निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउनेछन् । एकै स्थानबाट निरीक्षण र अनुगमन गर्न सहज र निर्देशन हुनेछ, ।’

निगमका अनुसार २८ करोड रुपैयाँ लागतमा न्यूटेरिक नामक संस्थाले यसको सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम गरिरहेको छ । यसले तेल खरिद गर्नुअघि एपको माध्ययमबाट भुक्तानी गर्न पनि सहज हुने निगमको दावी छ । निगमका अनुसार ईआरपी प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरूलाई इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमबाट जीपीएस प्रणालीमा लैजाने योजना छ । जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी गर्न सकिने छ । ट्यांकरको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्यांकरलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ । ढुवानीमा रहेका ट्याकंरलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने निगमको भनाइ छ ।

ढुवानी गरेको ट्यांकर अपहरण हुनेदेखि एकल ताला तोड्ने काम व्यवसायीबाट भएपछि बलियो सुरक्षाका रूपमा ईआरपी प्रणाली लागु गरेको निगमले जनाएको छ । दुई वर्षअघि एकल ताला प्रणाली लागू गरेर पुरानो प्रविधिको लिड सिल विस्थापित गरे पनि निगमले पूर्णरुपमा सफलता भने पाउन सकेन ।

ईआरपी प्रणाली विश्वमा अधिकांश इन्धन उत्पादक तथा वितरक कम्पनीले प्रयोग गर्दै आएको विश्वसनीय प्रविधि भएको निगमले जनाएको छ । यसले नेपालको पेट्रोलियम पदार्थको बजार व्यवस्थित गर्ने निगमको दाबी गरिएको छ । आइओसीले पनि ईआरपी प्रणाली लागू गरेको छ ।

ईआरपी प्रणाली जडानले निगमको खर्च घट्नुका साथै आम्दानीमा वृद्धि हुने निगमको दाबी छ । अनावश्यक खर्च तथा जनशक्तिको व्यवस्थापन हुनेछ । यसबाट प्रशासनभित्रको बेथिति र ढिलासुस्तीको अन्त्य हुने निगमले विश्वासय लिएको छ । पेट्रोल पम्प तथा बिक्रेताले अनलाइनबाट माग र भुक्तानी गर्ने छन् । निगमका दैनिक कारोबार तथा तथ्यांकहरू अनलाइन प्रणालीमा हुनेछ ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

साताका लोकप्रिय समाचार

रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना...

‘बादल’ काे उम्मेदवारी दर्ता, मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकास मन्त्री समर्थक

काठमाडाैं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी...

दाजुको कुटाइबाट भाइको ज्यान गयो

उदयपुर । उदयपुरमा दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । सामान्य घरासयी बिवादमा दाजु पुलकित चौधरीको कुटाईबाट त्रियुगा नगरपालिका– ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ

नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६...

ट्रेन्डिङ

आज खण्डग्रास सूर्यग्रहण: के गर्नु हुन्छ ? के गर्नुहुँदैन ?

ललितपुर । आज आइतबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा...

निर्माणाधीन हाईड्रोमा स्थानीयको अवरोध, आयोजनामा कालो झन्डा

इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधीन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण...

फेरि एक महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा रहेको १३ जना...

कोरोना कहर : मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक

काठमाडौं । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला...

पीसीआर परीक्षणलाई देशव्यापी पार

सरकारले आरटीपीसीआरलाई भन्दा आरडीटी परीक्षणलाई बढी प्राथमिकता दिएर निर्देशिका जारी गरेको छ । यो सरकारको त्रुटिपूर्ण कार्य हो । कोरोना भाइरस संक्रमण भए÷नभएको बारे...

वेभ सिरिज निर्माणतर्फ अभिनेत्री अनुष्का

मुम्बई । पछिल्लो समय भारतमा पनि वेज सिरिज बनाउनेक्रम बढेको छ । अमाजोन, नेटफ्लिक्सलगायत थुप्रै भारतीय डिजिटल प्लेटफर्मले राम्रो पैसा दिने भएपछि सिनेकर्मीको ध्यान...

भारत सरकारलाई नेपालको जवाफ : आफ्नै भूमिमा हिँड्न किन अनुमति लिनुपर्यो ?

दार्चुला । गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न दिनुहुँदैन भन्ने भारतको पत्रप्रति स्थानीय प्रशासनले कडा आपत्ति जनाउँदै जवाफ फर्काएको छ । जिल्ला...

एपीएफ र पुलिस फाइनलमा

पर्वत । विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पर्वतस्थित...

धुलिखेलमा ‘खैरे’ नामको कुकुरको हत्या गर्नेलाई कारबाहीको माग

काठमाडौं । श्री रेस्क्यु एनिमल नेपालले धुलिखेल नगरपालिका–४ स्थित् २८ किलोमा दुईजना पुरुषले गत चैत्र १८ गते ‘खैरे’ कुकुरलाई हिर्काएर हत्या गरेको घट्नाको विरोध...

स्टिल झिक्नुको सट्टा हाड काटिदिँदा

उदयपुर  । चिकित्सकको चरम लापरबाहीले एक बिरामीको स्टिल शल्यक्रिया गरेर निकाल्ने क्रममा हड्ढी काटि दिएका छन । भाँचिएको कुम जोड्न राखिएको स्टिल शल्यक्रिया गरेर...

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १३ हजार ५६४ पुग्यो

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा...

धनगढीका तीन ठाउँमा राखेका बम सेनाको टोलीद्वारा निस्क्रिय

कैलाली । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)