Tuesday, September 21, 2021
Your Ads Here
Homeप्रदेश२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

राजधानी समाचारदाता,
sharethis

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण कुमार दास छन् । घरमै लुकिबसेको गोप्य सूचनाको आधारमा पुगेको टोलीले दासलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

काठमाडौंस्थित नवमैत्री बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक डिल्लीप्रसाद भट्टराईको जाहेरीले वादी नेपाल सरकार भएको बैंकिङ कसुर मुद्दामा २०७७ मंसिर १५ गते प्रतिवादी दासमाथी उच्च अदालत पाटन, ललितपुरको संयुक्त बाणिज्य इजलासले १२ लाख जरिवाना र १० दिन कैद सजाय ठहर गरेको थियो ।

फैसला लगत्तै फरार भएका दासलाई पक्राउ गरि शुक्रबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कागज मिलाइदिन्छु भन्दै पाँच हजार घुस लिने पक्राउ

यस्तै कर्तब्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ बस्ने सोनेलाल मण्डल छन् ।

शुक्रबार गाउँमै खटेको टोलीले उनलाई घरमा लुकिबसेको अवस्था पक्राउ गरेको हो । प्रहरीका अनुसार मोति मण्डलको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी मण्डल भएको कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २०५२ साल जेठ ३० गते २ वर्ष कैद सजायको फैसला गरेको थियो ।

घटना भएकै मितिदेखी उनी फरार भएका थिए । मण्डललाई शुक्रबारै अदालतमा उपस्थित गराइएको र आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 151 times, 1 visits today)

आजको समाचार

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

साताका लोकप्रिय समाचार

काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू

  काबुल । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला...

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

  काबुल । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई...

यी हुन् सशस्त्र प्रहरीमा पदक पाउने भाग्यमानीहरु, सबैभन्दा ठूलो पदक डीआईजी राजु अर्याललाई

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आज विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदक विभूषण घोषणा गरेकी छन् । जसमा...

विश्वकर्मा बाबाको मन्दिर उद्घाटन सम्पन्न

  चितवन । भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनीमा शनिवार आयोजित एक कार्यक्रममा विच विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । भरतपुर महानगर पालिका वडा अध्यक्ष...

पञ्चायतले ०३५ सालमा मृत्युदण्ड दिएकाे क्याप्टेन यज्ञबहादुर थापालाई ०७८ मा पदक

ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’...

ट्रेन्डिङ

सम्पादकीय : सत्तारूढ दलको संकट र देशको नियति

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किँदै गइरहेको आन्तरिक विवाद अतन्तः देशकै संकटका रूपमा देखा परेको छ । यसले भर्खरै संस्थागत हुँदै गरेको संघीय राज्य...

प्राकृतिक प्रकोप पीडितको तत्काल पुनस्र्थापना गर

यस वर्षको मनसुनी वायुसँगै सुरु भएको अविरल वर्षाका कारण नेपालमा ठूलो जनधनको क्षति हुन गयो । वैशाखयताका प्राकृतिक विपद्ले गर्दा १ हजार ८ सय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)