Tuesday, May 11, 2021
Home भर्खरै १० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

प्रशान्त वली,

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन ।

अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठनपाठन भइरहेका छन् । ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा ‘विद्यार्थी नपठाउन’ अभिभावकलाई अपिल गरिए पनि कार्यान्वयन हुन सकिरहेको छैन ।

हालसम्म कोरोना संक्रमणबाट १० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ बालबालिका संक्रमित भएका छन् । ० देखि २० वर्ष उमेर समूहका २४ हजार ४ सय ४० मा संक्रमण देखिएको छ । तीमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय १६, प्रदेश २ मा ३ सय ५१ बालबालिका १० वर्ष उमेर समूहका संक्रमित छन् । बाग्मती प्रदेशमा सबैभन्दा बढी ३ हजार ४ सय ८६, गण्डकी प्रदेशका ३ सय ३०, लुम्बिनी प्रदेशका ६ सय ८९, कर्णाली प्रदेशका २ सय २० र सुदूरपश्चिम प्रदेशका ८ सय २ बालबालिकामा संक्रमण देखिएको छ । शुक्रबार देशभर ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार ० देखि ९ वर्ष समूहका १५ र १० देखि १९ वर्ष समूहका ६६ बालबालिका कोरोना संक्रमित भएका छन् । सरकारले विद्यालय बन्द नगर्ने तर विद्यालयमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन रणनीति अघि सारेको छ ।

मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय बन्द गर्न गरिएको निर्णय कार्यान्वयनमा ल्याउन र स्वास्थ्य मापदण्ड पालनमा आग्रह गरेको छ । शिक्षण संस्थाभित्र सभा तथा भीडभाड नगर्न सुझावसमेत दिइएको छ । शिक्षण संस्थामा मास्क तथा सेनिटाइजर अनिवार्य प्र यो गगर्ने ,साबु नपानील े हात धु ने र व्यक्तिमा सं क्रमण लक्षण पाइए तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्था प्रभावकारी बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षण संस्था सञ्चालन गर्दा भीडभाड नहुनेगरी विद्यार्थी संख्या एवं संस्थाको मौजुदा पूर्वाधार एवं संस्था रहेको स्थान विशेषको संक्रमणको पछिल्लो अवस्थासमेत विचार गरी अघि बढ्न आग्रह गरिएको छ । यसका लागि स्थानीय तहसँग समन्वय एवं परामर्श गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सम्बन्धित संस्थाले सिकाइ क्रियाकलाप सञ्चालन व्यवस्था मिलाउनुपर्नेछ । तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न आग्रह गरिएको छ ।

मन्त्रालयले ‘संक्रमण फैलिएको वा संक्रमण जोखिम उच्च भएको’ भनी पहिचान गरेका जिल्ला, सहर वा स्थान विशेषको हकमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम त्यस्ता विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्न आग्रह गरेको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण अवस्था हेरेर विद्यालय बन्द वा सञ्चालन सम्बन्धमा निर्णय गर्ने योजना बनाएको छ । महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको हो । कामपाले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘कुनै पनि विद्यालयमा कोरोना संक्रमण देखिए एक साताका लागि बन्द गर्न सक्ने’ निर्णय गरेको छ । बन्द गरिएका विद्यालयमा वैकल्पिक मध्ययमबाट शिक्षण सिकाइ गर्न गराउन पनि कामपा शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमण नदेखिएका अवस्थामा विद्यालयमा भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुनपानीले पटकपटक हात धुने, सेनिटाइजर प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी मापदण्ड कडाइसाथ पालना गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न विज्ञप्तिमा भनिएको छ । कामपामा हाल ९१ सामुदायिक र ६ सय ४५ संस्थागत गरी ७ सय ३६ विद्यालय छन् ।

अभिभावक महासंघ अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकाले विद्यालय सञ्चालन गर्न नहुने बताए ।

एनप्याब्सन महासचिव सुवास न्यौपानेले वस्तुस्थिति सही मूल्यांकन गरेर सरकारले निर्णय गर्नुपर्नेमा जोड दिए । निजी विद्यालयको छाता संगठन प्याब्सन अध्यक्ष टीकाराम पुरीले अहिल्यै विद्यालय बन्द गर्न‘पर्ने अवस्था नरहेको भन्दै विकराल अवस्था आउनुअघि नै सबै मापदण्ड व्यवस्था गर्ने र नियमपालन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, देशभर शुक्रबार थप ९ सय जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार ८ सय ३६ पीसीआर र ६४ जना एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमित संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ । जसमध्ये ५ हजार ८ जना आइसोलेसनमा छन् । देशभर पीसीआर परीक्षण संख्या २३ लाख ३५ हजार ८४ पुगेको छ । गत २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल, देशभर ७७ जना क्वारेन्टाइनमा छन् ।

(Visited 535 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

साताका लोकप्रिय समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

मोडलिङमा जम्दै फरिता खड्का

काठमाडौं । उद्यपुरबाट नायिका बन्न सात वर्षअघि काठमाडौं छिरेकी फरिता खड्का म्युजिक भिडियोमा मोडलिङ गर्छिन् । तर, फिल्ममा नायिका बन्ने उनको सपना अझै पूरा...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

अस्पताललाई अक्सिजन उपलब्ध गराउन चिकित्सक संघकाे माग

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड १९ को महामारीमा उपचारमा संलग्न रहेका विभिन्न अस्पतालहरुले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकेको गम्भिर ध्यानकर्षण...

ट्रेन्डिङ

काठमाडौंमा कोरोनाबाट चन्द्रागिरि सर्वाधिक प्रभावित, ७ गतेसम्म बाहिर निस्कन पनि नपाइने

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंको चन्द्रागिरि नगरपालिका सर्वाधिक प्रभावित बनेको छ । यहाँ एक साताको बीचमै ६ चन्द्रागिरी नगरपालिका चार दिनका लागि सिल गरिएको...

उपनिर्वाचन डेढ करोड खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ । उपनिर्वाचनका लागि...

बराललाई हृदयचन्द्र सम्मान, भट्टराईलाई रिमाल पुरस्कार

काठमाडौं । यस वर्षको हृदयचन्द्र स्मृति सम्मान वरिष्ठ समालोचक डा. ऋषिराज बराललाई प्रदान गरिएको छ । उनलाई हृदयचन्द्र स्मृति सम्मान स्वरूप ताम्रपत्र र २५...

बैतडीका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीका थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार थप भएकाहरुमा पाटन नगपालिकाका १८, दोगडाकेदार गाउँपालिकाका २ र सुर्नगा...

जनकपुरकाे राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार...

प्रहरीलाई हातपात गर्ने दुई बटुवा पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–९ बालकुमारी पुलबाट ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाटन सुन्धारा...

श्रीमानसंग खाना पकाउन सिक्दै सन्नी लियोनी

मुम्बई । पछिल्लो समय सबैभन्दा बढी स्टेज कार्यक्रममा व्यस्त रहने सन्नी लियोनी अहिले फुर्सदमा छिन् । न त कुनै नयाँ फिल्म छ न स्टेज...

होटल तथा रेस्टुरेन्टलाई कोरोना अवधिको विद्युत् छुट

काठमाडौं । सरकारले होटल तथा रेस्टुरेन्ट उद्योगलाई कोरोना अवधिको तिर्नुपर्ने विद्युत् महसुल शुल्क छुट दिएको छ । सरकारको निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति ९...

सडकले जोडियो भारतको सिक्किम

पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको...

तीज, आत्मनिर्भरता र नारी सुन्दरता

कोरोना भाइरस संक्रमण संकटको सामना गरिरहेको बेला नेपाली महिलाको महान् चाड तीज आएको छ । यो बेलामा हामीले अत्यन्तै सतर्कतापूर्वक चाडपर्व, संस्कार, संस्कृति मनाउनुपर्ने...

कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द

टोकियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न भनिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको सङ्क्रमण रोक्नको...

सांसद रेशम चौधरीलाई जन्मकैद हुनुपर्ने उच्च अदालतकाे फैसला

डाेटी ।  उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)