स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक पर्दछ । हरेक क्षेत्र, वर्ग, उमेर तथा लिंगमा दन्तरोग छ, फरक यति मात्र छ कि कुनैमा समस्या दिने वा स्पष्ट देखिनेगरी छ त केहीमा सुरुको अवस्थामा छ, केहीमा जटिलता नै आइसकेका होला त केहीमा अंगभंग भई थोते छन् । प्रमुख रोगमा दन्तसडन, दन्तहर्षा, पाइरिया, दाँत सिरिंग–सिरिंग गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र पर्दछन् । साथै, जटिलता गिजा, गाला, चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास, ट्युमर तथा क्यान्सर भएको त्यतिकै भेटिन्छन् ।

नेपालका ६५ देखि ७० प्रतिशत बालबालिका तथा ९० प्रतिशत वयस्कमा दन्तसडन छ । गाउँमा भन्दा सहरी बालबालिकामा दन्तसडन दोब्बर छ । विद्यालयमा अनुस्पथिति हुनुको एक नम्बरको कारणमा दाँतको दुखाइ रहेको छ । हरेक १ लाख जनसंख्यामा १ देखि १० अर्थात् आठाैँ बढी संख्यामा मुखको क्यान्सर पाइन्छ । नेपालमा झनै पुरुषमा एक र महिलामा तेस्रो नम्बरमा छ । विश्वमा भएका १ लाख बढी दन्त चिकित्सकको वितरण पनि समान छैन, गरिब र आवश्यकीय क्षेत्रमा ३ लाख जनसंख्यामा एक जना दन्त चिकित्सक पनि उपलब्ध छैनन् । सबैभन्दा विकसित देश अमेरिकामा समेत हरेक वर्ष ३ देखि ४ लाख अमेरिकन एन्जाइटी र डरले गर्दा दन्त चिकित्सा सेवा लिँदैनन भने हाम्रो देशको रोगको प्रकोपता तथा सेवा नलिने अवस्था अझै भयानकता रहेको सजिलै अनुमान गर्न सकिन्छ ।

दन्त सडनले दाँत सिरिंग गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी हुने, मुखमा घाउ खटिरा आउने र दाग, धब्बा देखिने हुन्छ

वर्तमान अवस्था : नेपालीका दात २०—२२ वर्षको उमेरमै एक/दुई वटा र ४०—५० वर्षको उमेरमा चार÷पाँचवटा झरिसकेको पाइन्छ र अझै झर्ने अवस्थाका धेरै हुन्छन् । मुख गन्हाउने, दातबाट रगत आउने, दात किराले खानेजस्ता दाँतका समस्या त अति सामान्य कुरा नै भए । अचेतना, गरिबीका कारण मात्र नभएर स्वास्थ्यप्रति गम्भीर नहुने आम नेपालीको प्रवृत्ति मुख स्वास्थ्य भयानक र जटिल बनाउनका लागि जिम्मेवार छ । दातको सरसफाइ गर्दा ८५ प्रतिशत दन्तरोग कम गर्न सकिने हुँदाहँुदै पनि नरम ब्रस, फ्लोरिडेटेड मन्जन, दैनिक ६ मिनेट बिहान खाना खाएपछि र राति सुत्नुअगाडि दुईपटक र उचित तरिका नमिलेकै कारण आज पनि रुघाखोकीभन्दा दन्तसडन र हर्षा बढी छ । दात गुमाउनको प्रथम कारक दातमा किरा लाग्नेछ । आजकल मकै भटमास, सागसब्जीको सट्टा गुलिया पदार्थका खानेकुरा सेवन बढ्दो छ । स्कुले बालबालिकालाई खाजा घरबाटै नपठाइदिने, बच्चा सुताउन स्तनपान तथा बोतल दूधको प्रयोग, जंकफुड, चाउचाउले दन्तसडन बढाएको छ ।

मुखसम्बन्धी रोगका ’boutमा चेतनाको अभाव र दन्तचिकित्सा सेवा, प्राविधिज्ञको अपर्याप्तताका कारणले गैरडेन्टलबाट सेवा दिइँदा रोगीका संख्या र जटिलता बढिरहेका छन् । नेपाली दन्त चिकित्सा क्षेत्रका लागि अभिशाप बनेको तथा डढेलोझंै सल्किरहेको क्वारी अर्थात् कच्चागिरीले सस्तोको नाममा गिनिपिग बनाउँदै बिमारीको पैसा लुटेर, भ्रममा राखेर, सरसफाइ तथा निर्मलीकरणमा ध्यान नदिई रोग सारेर, रोग थप बिगार्ने र जटिलता थपेर बढी पैसा र समय लाग्ने बनाइदिइरहेका छन् । जसबाट यस पेसाको नै घृणा, हेयभाव, अविश्वास र नकारात्मक परिणामले साख गिरिरहेको तीतो यर्थाथ छ ।

दिनमा बिहान खाना खाएपछि तीन र राति सुत्नु अगाडि तीन मिनेट गरी ६ मिनेट दाँत तथा मुख सरसफाइमा ध्यान दिऔं

मुलुकमा ३५ सय बढी दन्त चिकित्सक, १ हजार बढी हाइजिनिस्ट र ७५ बढी दन्त प्राविधिक दर्तामा छन् । तथापि, एक तिहाइ विदेश पलायन, १५ प्रतिशत पेसाबाट पलायन तथा ३ करोड जनताका लागि सरकारी सेवामा पाँच दर्जन चिकित्सक र एक दर्जन हाइजिनिस्ट मात्र छन् । केन्द्रीय प्रेषण विशेषज्ञ, प्रदेशमा विशेषज्ञ तथा जिल्लामा सामान्य दन्त अस्पताल र स्थानीय तहमा दन्त चिकित्सकको उपस्थिति तथा वडाका केन्द्रमा निःशुल्क आधारभूत दन्तसेवा, स्वास्थ्य बिमा हुन नसक्दा अधिकांश नेपाली दाँतसम्बन्धी रोगको पीडाबाट अनेकन समस्या लिई भौतारिरहेका छन् ।

शरीरको प्रवेशद्वार : मुख एक सानो अंग भए पनि मानव अस्तित्वका लागि मुखले ज्यादै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । शरीरको कुनै पनि अंग प्रत्यंग, कोषलाई आवश्यक पर्ने पौष्टिक तत्व, खाना वा नास्ताको रूपमा तथा औषधि मुखबाट नै लिइने भएकाले मुखलाई शरीरको प्रवेशद्वार भन्ने गरिएको छ । तसर्थ, मुखको स्वास्थ्यभन्दा प्रत्यक्ष रूपमा मुख वा यस ’roundको अंगप्रत्यंगलाई बुझाए पनि परोक्ष रूपमा शरीरको सम्पूर्ण अंगप्रत्यंगको स्वास्थ्यसँग सम्बन्धित रहन्छ । जसबाट मात्र एउटा स्वस्थ मानिस तब स्वस्थ नागरिकको कल्पना गर्न सकिन्छ ।

शरीरको ऐना : मुखमा र दाँतमा देखिने समस्या वा रोग केही मुखसँगै मात्र सम्बन्धित हुन सक्छन् भने केही शरीरका अंगप्रत्यंगसँग सम्बन्धित समस्या वा रोगको प्रतिबिम्बका रूपमा दाँत तथा मुखमा देखिन्छन् । घाउ खटिरा शरीरका अंगप्रत्यंगमा रोग देखिनुभन्दा कि त पहिले वा साथसाथै वा पछि देखिने भएकोले नै मुखलाई शरीरको ऐना भनिन्छ । मुखले शरीरका अंगप्रत्यंगमा लाग्न सक्ने वा लागेका विभिन्न प्राणघातक रोगको पहिचान गर्न सहयोग पु-याइरहेका ज्वलन्त उदाहरण हाम्रो प्राक्टिसमा प्रशस्तै भेटिन्छन् । दादुरा आउने बेला दुई–चार दिन पहिले नै मुखमा कप्लिक स्पट देखिनु, एड्स रोगमा मुखमा कापोसिस सार्कोमा आउनु र मधुमेहीमा दाँत निकालेको घाउ र अन्य रोग निको नहुनु यसका उदाहरण हुन् । मुखको समस्याको उचित निदान र उपचारले शरीरका अन्य प्रणालीका रोग तथा स्वास्थ्यलाई समेत निदान, निराकरण र उपचार हुने गरिरहेको छ ।

समयको महत्व : जति समय ढिलो भयो, त्यति नै उपचारको प्रक्रिया लामो हुने, जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महँगो पनि पर्न जान्छ । दाँत किराले खाने, दन्तहर्षा र पाइरियाजस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन गई खाद्यनली र सास फेर्ने नली थिचिन गई सास फेर्न नसकी मर्न सकिन्छ । सेलुलाइटिस, पिनास र दिमागमा क्याभरनस साइनस थ्रोम्बोसिस हुन सक्छ । गिजा तथा मुखसम्बन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । गर्भवती महिला भए, समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चा हुने सम्भावना रहन्छ । धारिला, नमिलेका दाँत, लामो समयसम्मको घाउखटिरा, रोग, फोहर साथै सूर्तिजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर हुन सक्छ ।

अन्तमा, आत्महत्या गर्न सक्नेसम्मको दुःखाइबाट मुक्त रहन, महँगो उपचारबाट राहत पाउन, मुखको रोेगका कारणबाट शरीरका प्रणालीमा लाग्न सक्ने विभिन्न रोग रोक्न तथा शरीरका रोगलाई निको पार्न, औषधिको आवश्यकता कम गर्नलगायत दाँत तथा मुखका अगंप्रत्यगंलाई अंगभंग हुनबाट जोगाइ ‘स्वस्थ दाँत, स्वच्छ मुख नै स्वस्थ जीवनको आधार तथा जसको दाँत सवल उसको जीवन सफल’ भन्ने भनाइलाई चरितार्थ पारांै । यसका लागि १४ सय ४० मिनेटको दिनमा बिहान खाना खाएपछि ३ र राति सुत्नुअगाडि तीन मिनेट गरी ६ मिनेट दाँत तथा मुख सरसफाइमा ध्यान दिन सकांै । यही नै नयाँ वर्ष २०७८ को शुभकामना ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन