Tuesday, May 11, 2021
Home अर्थ आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १÷१ रुपैयाँका दरले मूल्य बढाएको हो ।

बढेको मूल्यवृद्धिसँगै अब काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २१ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १ सय ४ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । बढेको मूल्यवृद्धिसँगै अब हवाई इन्धनको मूल्य प्रतिलिटर ७६ रुपैयाँ पुगेको छ ।

यसैगरी, खाना पकाउने एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । यसअघि निगमले पछिल्लोपटक गत २२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्योभन्दा अघि पनि लगातार महिनामै दुईपटक मूल्य बढाएको थियो ।

यसरी लगातार बढाइएको मूल्य समायोजन भएपछि पनि अझै आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ७२ पैसा र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा रहेको छ । यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय १० रुपैयाँ ४७ पैसा घाटा भई १५ दिनमा ७०.६६ करोड घाटा हुने निगमले जनाएको छ । निगमका प्रवक्ता उपाध्यायले सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने बताए । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन भएपछि पनि अझै भारतीय सीमाको रक्सोल क्षेत्रको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजेल ३५ रुपैयाँ ४१ पैसा सस्तो रहेको निगमले बताएको छ ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

साताका लोकप्रिय समाचार

यात्रु ठग्नेमाथि ट्राफिकको निगरानी

काठमाडौं । कोभिड–१९ को महामारीमा यात्रुसँग बढी भाडा असुल्नेमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यबाट नै बढी भाडा असुल्ने पाँच...

कोरोना संक्रमित पर्यटकलाई स्वागत छ (फोटोफिचर)

काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

सुबिसुको इन्टरनेट अवरुद्ध भएपछि ग्राहक आजित

सर्लाही । इन्टरनेट प्रदायक निजी कम्पनी सुबिसुको ‘इन्टरनेट मस्त जिवन स्वस्थ्य’ नारामै सिमित हुने भएको छ । देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक दावी...

बामदेव गौतम भन्छन् ‘झलनाथ, माधवले नयाँ पार्टी बनाए म त्यसमा सामेल हुन्छु’

काठमाडौं । नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालले अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल...

ट्रेन्डिङ

स्याङ्जामा आइसोलेसनमा रहेका एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेसनमा उपचारार्थ रहदै गर्दा मृत्यु भएको छ । असोज ५ गते भारतबाट आएका ४३ बर्षीय पुरुषमा...

काला बजारियामाथि आक्रामक कारबाही थाल

निषेधाज्ञा खुकुलो पारेर सार्वजनिक यातायात खुला गरेसँगै नेपाली तरकारी बजारमा प्याजको भाउ अकासिएको छ । पहिलो दिन ७० रुपैयाँ रहेको प्याज अर्को दिन बिहान...

मध्यम तथा लामो दूरीमा १५ प्रतिशत सवारीसाधन सञ्चालन

काठमाडौँ । मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो...

कांग्रेसमा किचलो : संस्थापनविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विभाग गठनको विषयलाई लिएर सुरु भएको किचलो फेरि बढेको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा आएर...

फेवातालमा डुबेर १ बेपत्ता, २ को उद्धार

पोखरा ।फेवातालमा सोमबार डुंगा डुब्दा १ जना बेपत्ता भएका छन् । अन्य २ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । तीनजना सवार डुंगा सोमवार...

केन्द्रीय कारागार पठाइएका कैदीमा कोरोना पुष्टि, कारागारमा भेटघाट रोक

सिन्धुली । कारागार कार्यालय सिन्धुलीबाट विरामी भई थप उपचारका लागि केन्द्रीय कारागार पठाइएका ७१ वर्षका कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी विरामी...

काठमाडौं उपत्यकामा १० गतेसम्म निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार (आज) राति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ...

२७ वर्षपछि गाउँतिर सोझियो कन्काई : डरले निदाउँदैनन् गाउँले

 झापा । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिँदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् ।...

स्याङ्जामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा...

९३ वर्षीय अशक्त बृद्धले पाए ‘सडकमै नागरिकता’

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक बृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारिरिक रुपमा समेत असक्त रहेका स्थानीय लाटा सार्कीलाई...

विश्वभर संक्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च : डब्लुएचओ

जेनेभा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको...

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

काभ्रे ।  निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)