Tuesday, May 11, 2021
Home अर्थ तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

राजधानी समाचारदाता,

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को गर्दै विगतका सबै रेकर्डलाई तोड्दै उच्च ऐतिहासिक सफलता प्राप्त गरेको थियो । नेप्से परिसूचकले साताको अन्तिम दिन बिहीबार हालसम्मकै उच्च बिन्दु २ हजार ७३५.४६ को बिन्दुमा पुगेर कारोबार रोकिएको थियो ।

गत साता २ सय २५ कम्पनीको कारोबार भएको थियो । बजारमा २३ अर्ब ३९ करोड ६ लाख ४७ हजार ७ सय ११ रुपैयाँ बराबरका ४ करोड ७५ लाख ३३ हजार ७ सय ४४ कित्ता सेयर कारोबार भएका थिए । गत साता २ सय २८ कम्पनीको कारोबार भएको बजारमा ३७ अर्ब ६० करोड ५० लाख ३ हजार ७ सय २ रुपैयाँ बराबरका ८ करोड १ लाख ५ हजार ३ सय ७१ कित्ता सेयर कारोबार भएको थियो । गत साताको अन्त्यसम्म आइपुग्दा बजार पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७० हजार पुगेको थियो ।

विगतका सातामा जस्तै गत साता पनि आमलगानीकर्तामा नेप्सेको आगामी गति र प्रवृत्तिबारे चासो बढ्दो क्रममा रहेको थियो । नयाँ वर्षमा सेयर बजारले लिएको गतिले लगानीकर्तालाई उत्साहित बनाएको छ । बढ्दो बजारले केही उतारचढावसँगै अर्को नयाँ रेखा कोर्ने लगानीकर्ताको अपेक्षा रहेको छ । सहज तरलता, सस्तो ब्याजदर, सूचीकृत कम्पनीको नाफा वृद्धि, लाभांश वितरण क्षमताका साथमा मुलुकको अर्थतन्त्रको गतिसँग पनि सेयर बजारको भविष्य जोडिएको हुन्छ । सेयर बजारको आगामी यात्रालाई पनि यी पक्षले प्रभाव पार्नेछ ।

साताको तीन दिन कारोबार भएको बजारमा तीनै दिन नेप्से सूचक लगातार बढेको थियोे । साताको पहिलो दिन आइतबार घोडेजात्रा र बुधबार नयाँ वर्षका कारण दोस्रो बजारका सेयर बारोबार बन्द रहेको थियो । साताको दोस्रो दिन २ हजार ६७४.३६ को बिन्दुबाट सुरु भएको नेप्से सूचक १७.२० अंकले बढेर २ हजार ६९१.५६ को बिन्दुमा आएर बन्द भएको थियो । भने मंगलबार २३.२३ अंकले बढेको थियो । साताको अन्तिम दिन बिहीबार २०.६७ अंकले बजार सूचक बढेर २ हजार ७३५.४६ को बिन्दुमा पुगेको थियो । गत साताभर अघिल्लो साताको तुलनामा ६१ अंकले सूचक बढेको थियो ।

गत साता २ वटा कम्पनीका बोनस सेयर र २ कम्पनीको ऋणपत्र नेप्सेमा सूचीकृत भएका थिए । जसमा सिभिल बैंकको ६४ लाख २ हजार ७११.७४ कित्ता, साइन रेसुंगा डभ्लोप्मेन्ट बैंकको ३९ लाख २१ हजार २४१.६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने, मन्जुश्री फाइनान्स्को ५ लाख कित्ता र नेपाल इन्भेस्टमेन्ट बैंकको ४० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको थियो । गत साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक अघिल्लो साताको तुलनामा १५.९३ अंकले बढेर ४९२.४५ अंकमा आइपुगेको नेप्सेले जनाएको छ ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

साताका लोकप्रिय समाचार

इटहरीमा ५० बेडको आइसोलेसन

इटहरी । इटहरीमा ५० बेडको आइसोलेसन निर्माण गरिएको छ । इटहरी ९ स्थित रंगशालामा ५० बेडको आइसोलेसन निर्माण भएको हो । इटहरी अस्पतालका इन्चार्ज...

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन

पोखरा । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो । पोखराबाट हेलिकोप्टरमार्फत थप...

अक्सिजन सेवामा सलमान

मुम्बई । सलमान खानको फिल्म राधे एक सातापछि डिजिटल प्लेटफर्म जी इन्टरटेनमेन्टको जीप्लेक्स र जी ५ डिजिटल प्लेटफमबाट रिलिज हुने भएको छ । यो...

चितवन जितविहीन, काठमाडौं शीर्ष स्थानमा

काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग...

ट्रेन्डिङ

सूर्य चिन्ह आफुले नपाए मुलुकमा आँधीबेहरी आउने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा दाहान–नेपाल समुहका नेता पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह आफ्नै पार्टीको हुने बताएका छन् । सूर्य चिन्ह नपाए मुलुकमा आँधीबेहरी आउने चेतावनी दिएका...

मौरीको घार राख्ने विषयमा विवाद हुँदा भाइले दाजुकाे हत्या

दोलखा । मौरीको घारको विषयमा विवाद हुँदा भाइले कुखुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । मंगलबार राती करिब ७ बजे शैलुङ गाउँपालिका...

काेराेना विरूद्ध खोपकाे दोस्रो मात्रा मङ्गलबारदेखि ( कुन दिन लगाउने सूचीसहित)

काठमाडाैं ।  सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका...

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौं । नेपाल आजदेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु भएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत...

हवाई नीति संशोधन हुन थप समय लाग्ने

प्रारम्भिक मस्यौदामा प्राप्त सुझावअनुसार पुनः अध्ययन गरिने काठमाडौं ।  संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ हवाई नीतिको संशोधन हुन अझै थप समय...

धनबहादुर श्रीपालीको अध्यक्षतामा प्रगतिशिल नेपाल समाज गोवाको नयाँ कार्यसमिति

गोवा । प्रगतिशील नेपाली समाज समिति भारत गोवा प्रदेश विस्तारित बैठकले धनबहादुर श्रीपालीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनका केन्द्रीय...

पहिलो पटक जिल्ला स्तरीय फुटसल, ५० हजार पुरस्कार

सिन्धुपाल्चोक । कोरोना भाइरस कोभीड–१९ को माहामारी बिच बन्द रहेको सिन्धुपाल्चोकको खेल क्षेत्र बिस्तारै चलायमान हुन सुरु भएको छ । बलेफी गाउँपालिकाको सहयोगमा सिन्धुपाल्चोकमा...

पिर्लो युभेन्टसको प्रशिक्षक

टुरिन । प्रशिक्षणको अनुभव बटुल्न नपाउँदै इटालियन क्लब युभेन्टसले आफ्ना पूर्व स्टार आन्द्रे पिर्लोलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाटै...

पत्रकार रोकायाको निधनप्रति दुःख व्यक्त

काठमाडाैं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रकार...

६२ विधामा नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड

काठमाडौं । कोरोनाको महामारीबीच पनि सामाजिक दूरी कायम गर्दै आइतबार राजधानीमा नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड २०७७ विभिन्न ६२ विधामा प्रदान गरिएको छ...

टेलिकमले प्रतिसेयर ४० रुपैयाँ लाभांश दिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६-७७ को मुनाफा रकममध्येबाट प्रतिसेयर ४०...

विचरा ! वीरे

‘हैन वीरे, के भो तँलाई आज ? निकै सोच्दैछस्,’ झोक्रिरहेको साथीतिर हेर्दै जुँगेले सोध्यो । उसको मनभित्र कुतुहल मच्चिरहेको छ । ठर्राको चोपमा उसका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)