Monday, May 17, 2021
Home Not-to-be-missed भूकम्पपछि मानसिक समस्यामा थिए श्यामदास बैष्णव

भूकम्पपछि मानसिक समस्यामा थिए श्यामदास बैष्णव

राजधानी समाचारदाता,

काठमाडौं । कवि तथा साहित्यकार श्यामदास बैष्णव अब हामीमाँझ रहेनन् । पछिल्लो समय मानसिक समस्यामा रहेका बैष्णवको ९८ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बेलुका ७ बजे आफ्नै घर ज्ञानेश्वरमा निधन भएको परिवारले जनाएका छन् । साहित्यकार बैष्णवको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

उनको पशुपति आर्यघाटमै एक घन्टा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, विभिन्न साहित्यकार, कलाकार तथा आफन्तजन उनलाई श्रद्धाञ्जली दिन शनिबार बिहान पशुपति आर्यघाट पुगेका थिए । दिवंगत साहित्यकार बैष्णवका चार छोरी, तीन छोरा र ९२ वर्षीया श्रीमती छन् ।

परिवारका अनुसार २०७२ को भूकम्पपछि उनी मानसिक बिरामी भएका थिए । त्यसपछि थला पर्दै गएका उनी तीन वर्ष यताबाट हिड्डुल गर्न नसक्ने अवस्थामा पुगेका थिए ।

१९८१ साउन ५ गते जन्मिएका उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको चेलाका रूपमा परिचित थिए । देवकोटाकै संगतले उनी साहित्यमा आएका थिए । एक समय महाकवि देवकोटाले आफ्ना सिर्जना बैष्णवबाटै लेखाउँथे । धरावाहिक सिर्जना गर्ने देवकोटाले मुखले भनेका कुरा बैष्णवले टिप्ने गर्थे । त्यसलाई सुधारेर देवकोटाले कृतिको रूपमा तयार गर्थे । त्यसलाई अन्तिममा बैष्णवले नै शुद्धाशुद्धि हेरेर पूर्णता दिन्थे ।

यसरी देवकोटाको संगतले साहित्यमा लागेका स्रष्टा बैष्णवको पहिलो रचनाका रूपमा ‘शारदा’ पत्रिकामा ‘सूर्य’ शीर्षकको कविता छापिएको थियो । त्यसपछि उनले आफ्नो साहित्य यात्रालाई निरन्तर अघि बढाए । त्यति बेला काव्य सिर्जनासँगै उनले विभिन्न पत्रिकामा लेख समेत लेख्ने गरे । सोही क्रममा उनले हाम्रो संस्कृति, माधुर्य, झंकार आदि पत्रिकाको सम्पादन पनि गरेका थिए ।

स्रष्टा बैष्णवका रातको आँसु–गीति कविता, पतकर–कविता संग्रह, अन्तरध्वनि–कविता संग्रह, उपहार–कविता संग्रह, केही लघु नाटक, केही गीति नाटक र साझा प्रकाशनबाट नयाँ लहर प्रकाशित छन् ।

दिवंगत स्रष्टा बैष्णवले गोरखा दक्षिण बाहु, महेन्द्र प्रज्ञा पुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार, नइ देरुनिख प्रदीप्ति पुरस्कार, हरिहर शास्त्री सावित्री देवी साहित्यिक पुरस्कार र त्रिमूर्ति पुरस्कार पाएका थिए । उनको निधनप्रति नेपाल प्रज्ञा प्रतिष्ठान, नई प्रकाशनलगायतका संस्थाले विज्ञप्ति जारी गर्दै शोक प्रकट गरेका छन् ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

सकारात्मक मोडतर्फ एमाले

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता...

साताका लोकप्रिय समाचार

ललितपुर एलिमिनेटरमा

काठमाडौं । मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको एक मात्र गोलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै खुकुरी नेपाल सुपर (एनएसएल) को...

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’

चुरे/ मकवानपुर । कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । बिरामी ओसार्नको...

युवा संघले शुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले बाँके जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ । नेपालगन्जमा मंगलबार युवा संघ नेपाल लुम्बिनी...

राष्ट्रपति कार्यालयले भन्याे : प्रधानमन्त्री दाबी गर्न कोही आएनन्

काठमाडाैं ।  राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

ट्रेन्डिङ

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

एसिड आक्रमणकारीको तत्कालै सम्पत्ति रोक्का गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गरेका छन् । एसिड आक्रमणबाट पीडितहरुसँग...

नेपाली शासनमा देखिएका संस्थागत चुनौती

नेपालको राजनीतिक इतिहास अध्ययन गर्दा यसले सरदर १० वर्षमा एउटा संविधान प्राप्त गरेको छ । कोतपर्वदेखि माओवादी द्वन्द्वसम्म आइपुग्दा धेरैवटा रक्तरञ्जित राजनीतिक घटनाक्रम पार...

प्रहरी इञ्चार्जको बाटैमा निधन

ताप्लेजुङ । नजिकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा...

अलपत्र परेका नेपालीलाई प्रवेश दिइने

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि भारत र चीनतर्फका सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश भित्रिन दिने भएको छ ।...

झापासँग एपीएफको हार

पोखरा। १८औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा झापा–११ फुटबल क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । बिहीबारदेखि पोखरा रंगशालामा सुरु प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल एपीएफ...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

बाँकेमा थप १३ जना संक्रमित निको भएर घर फर्किए

नेपालगन्ज । बाँकेमा शुक्रबार थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । नरैनापुर गाउँपालिका वडा नं.२ का १२ र नेपालगन्जका १...

पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित...

सुरक्षा निकायका १६ सय जनामा कोरोना संक्रमण्मा

काठमाडौँ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा...

संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध

संघीय शासन प्रणाली विशिष्ट शासन प्रणाली हो । राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)