ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचन : नेपाल

काभ्रेपलाञ्चोक । ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा पाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । नेपाल पक्षीय नेता कार्यकर्तालाई लक्षित गर्दै बनेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा पाएको नेपालले दाबी गरेका छन् ।

उनले भने, ‘नेपाल पत्रकार महासंघकोे चुनावमा, हाम्रो गठबन्धनले जित्यो । माधव नेपालका एक/एक मान्छेलाई धक्का दिइनेछ, एउटा सिटमा ल्याउन दिइने छैन भनेपछि ११ वटा संगठन एकातिर, केपी ओलीको सानो गुट एकातिर भएपछि केन्द्रीय कमिटीमा केपी ओलीका मान्छे टर्च बालेर खोज्नुपर्ने स्थिति बन्यो ।’

दम्भ र निरंकुश शैली त्यागेर जेठ २ गतेको स्थितिमा फर्कन आग्रह गर्दै मिलेर जान तयार भएको नेपालले बताए । ‘हामी व्यक्तिसँग विरोध गरेका छौँ,’ उनले भने, ‘जुन प्रवृत्ति छ, त्यसको विरोध गरेका हौं ।’ उनले भने ओलीलाई हटाउन चाहेको हैन, अझै २ वर्ष नेतृत्व गर्न दिने तर यस्तो धुन्धकारी निर्णय गर्दै नदिने उनले बताए । ओलीको अराजकता र निरंकुश शैलीको विरोध गर्नुपर्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्् । अधिकांश समय ओलीको आलोचनामा खर्चेका नेता नेपालले उनलाई झुटको पुलिन्दा, अराजकताको पर्याय र ध्वंसका बाहक भएको उनले आरोप लगाए ।

कर्णालीको फ्लोर क्रसको सन्दर्भमा ‘कर्णालीमा मै हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिध्याइदिन्छु भनेपछि, ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिएको नेपालको भनाई थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ‘फ्लोर क्रस’ गरी एमालेका ४ सांसदले मतदान गरेका थिए । अन्य प्रदेशमा के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा भने नेता नेपालले ‘आफूले त्यस’boutमा बुझ्न नपाएको’ प्रतिक्रिया दिए । कार्यक्रममा सहभागी एमालेका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले भने ओलीको यही शैली रहे वाग्मतीका साथै अन्य प्रदेशमा पनि ‘फ्लोर क्रस’ हुने बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी