लुम्बिनीमा जसपाका तीन सांसदलाई मन्त्री

बुटवल । लुम्बिनी प्रदेश सरकारले सोमबार मन्त्रीपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । नयाँ चार मध्ये ३ जना मन्त्री र एक जनालाई राज्यमन्त्री बनाइएको हो ।

जसपाका सन्तोष पाण्डेय भौतिक पूर्वाधार तथा विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालय, सुमन शर्मा रायमाझी राज्यमन्त्री भौतिक पूर्वाधार तथा विकास मन्त्री बनेका हुन् ।

सरकार विरुद्ध अविश्वसको प्रस्ताव प्रदेशसभामा दर्ता गरेपछि माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजिनामा दिएका थिए । आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुर्दशन बरालले राजिनामा दिएका थिए ।

त्यस्तै भौतिक पूर्वाधार तथा विकास मन्त्रालय संहाल्दै आएका सरकार प्रवक्ता बैजनाथ चौधरीले आर्थिक मामिला तथा योजना, ग्रामिण विकास तथा सहरी विकास मन्त्रालयको को जिम्मेवारी दिइएको छ । आर्थिक मामिला मन्त्रालयल यस अगाडि मुख्यमन्त्री शंकर पोखरेलले संहाल्दै आएका थिए ।

त्यस्तै पर्यटन मन्त्रालय संहाल्दै आएका लिला गिरीलाई अन्तरिक मामिला तथा कानून, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । नव नियुक्त मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनियताको सपथ खुवाए ।

सरकारविरुद्ध तीन दलिय गठबन्धन बनाएर सरकार विरुद्ध प्रदेशसमा अविश्वसको प्रस्ताव दर्ता भएको छ । अविश्वसको प्रस्ताव दर्ता गरेकै सांसदलाई पोखरेलले मन्त्री बनाएका हुन । जसपाका चार सांसदले पोखरेलाई साथ दिएपछि लुम्बिनी सरकार बलियो बनेको छ । प्रदेशसभामा बहुमतका लागि ४३ सांसद आवश्यक पर्छ । जसमध्ये एमालेका मात्रै ४१ सांसद छन् । जसपाका चार सांसद भएपछि सरकार बहुमतमा रहेको हो । ८७ सदस्यीय प्रदेशसभामा २ जना माओवादीका सांसद पदमुक्त भएका छन् । अहिले प्रदेशसभा ८५ सदस्यीय छ । जसमध्ये माओवादीका १८, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

तपाइको प्रतिक्रिया
(Visited 472 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते