Sunday, May 9, 2021
Home Editor-Picks कोरोना संक्रमण बढेपछि वैशाख मसान्तसम्म भौतिक पठनपाठन बन्द

कोरोना संक्रमण बढेपछि वैशाख मसान्तसम्म भौतिक पठनपाठन बन्द

प्रशान्त वली,

काठमाडौं । कोरोना संक्रमण प्रतिदिन बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विद्यालय बन्ददेखि २५ जनाभन्दा बढी भेला हुन नपाउनेसम्मका निर्णय गरेको छ । बैठकले काठमाडौं, ललितपुर, भक्तपुरका सबै महानगरपालिका तथा नगरपालिका, विराटनगर, वीरगन्ज, पोखरा, भरतपुर महानगरपालिकामा रहेका शैक्षिक संस्थाले ‘भर्चुअल वा वैकल्पिक’ शिक्षण सिकाइका विधि अपनाएर शैक्षिक गतिविधि गराउनुपर्ने निर्णय गरेको छ ।

इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, भिमदत्त, मेचीनगर, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्र्रनगरलगायत सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार यसअघि नै निर्धारण भइसकेका विद्यालय तथा क्याम्पसका परीक्षा तथा चिकित्सा शिक्षातर्फका अध्ययन जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाउने आदेश जारी गरेको छ । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै बैठकले ‘होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरी व्यवस्था मात्रै उपलब्ध गराउन’ निर्देशन दिएको छ ।

राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेस्टुरेन्टले जनस्वास्थ्य मापदण्ड अपनाएर सेवा दिनुपर्नेछ । सरकारका प्रवक्ता गुरुङले जनस्वास्थ्य मापदण्ड अपनाएर मात्रै होटल तथा रेस्टुरेन्ट खोल्न पाउने जानकारी दिए ।

– २५ सहरका विद्यालयले वैकल्पिक विधि अपनाउनुपर्ने
– विवाह, व्रतबन्धमा २५ भन्दा बढी भेला हुन नपाइने
– राति ८ बजेसम्म मात्रै होटल र रेस्टुरेन्ट खोल्न पाइने
– सवारीमा अनिवार्य मास्क र सेनिटाइजर
– सिनेमा हल, पार्टी प्यालेसमेत बन्द

सरकारले सार्वजनिक यातायात तथा हवाई यातायातका यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, अनिवार्य सेनिटाइजर प्रयोग गर्नुपर्ने आदेश दिएको छ । मास्क नलगाएको यात्रु भएमा चालक वा सहचालक एवं व्यवस्थापकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने आदेश भएको छ ।

लामो दूरीका यातायातमा बीच बाटोमा यात्रु थप्न नपाउने र कोरोना नियन्त्रणका लागि जिल्लामा गठित निकायलाई यात्रुको संख्या जानकारी दिनुपर्नेछ ।

हवाई जहाजका यात्रुले मास्क र सेनिटाइजर अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । उडानपछि अनिवार्य विमान, यातायात सधान र ब्यागेज ‘डिसइन्फेक्ट’ गर्नुपर्नेछ ।

सरकारले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, फुटसललगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गनुपर्नेछ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गर्नेगरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिएर २५ जनामा नबढ्ने गरी गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने कामअन्तर्गत रोग रोकथाम, निदान र उपचारका लागि राष्ट्रिय मापदण्ड तथा जनशक्ति परिचालनसहितको प्रतिकार्य योजना जारी गर्नुपर्ने निर्णय गरेको छ ।

अस्पतालमा निश्चित बेड छुट्याएर ‘कोभिड केयर युनिट’मा सेवा दिने सम्बन्धमा आवश्यक आदेश जारी गर्ने निर्णय भएको छ । दुई सयभन्दा बढी बेड क्षमता भएका सरकारी, सामुदायिक, निजी, गैरसरकारी, निजी मेडिकल कलेज, प्रतिष्ठान, अस्पतालसँग संक्रमित उपचारका लागि सेवा सम्झौता गरी अनुगमन र शोधभर्ना भुक्तान गर्ने निर्णयमा उल्लेख छ ।

संक्रमण जोखिम अवस्था हेरी सार्वजनिक, निजी तथा गैरसरकारी स्वास्थ्य संस्था, जनशक्ति, आंैजार, उपकरण, भवन तथा स्थान स्वास्थ्य सेवा र कार्यका लागि प्रयोग गर्न सक्ने आदेश जारी गरिएको छ ।

बैठकले सूचीकृत अस्पताललाई संक्रमित उपचार व्यवस्थापनमा लाग्ने खर्च संस्थागत आइसोलेसन २ हजार, आइसोलेसन ३५ सय र मध्यम जिटल केस उपचारका लागि ७ हजार र गम्भीर बिरामीको आईसीयूमा भेन्टिलेटर उपचारसहितका लागि १५ हजार प्रतिव्यक्ति दिन निर्धारित ढाँचामा प्रत्येक महिना पहिलो सातामा उपचार खर्च शोधभर्ना भुुक्तानी गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी मापदण्ड, योजना तथा आदेश संघीय निकाय, प्रदेश तथा स्थानीय तह, सार्वजनिक तथा निजी संघसंस्थाले अनिवार्य पालना गर्नुपर्नेछ ।

यसैबीच, सोमबार देशभर १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ४८ जनामा कोरोना परीक्षण भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ७ हजार २ सय ५४ आइसोलेसनमा छन् ।

हालसम्म कुल संक्रमित संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ । यसअघि, आइतबार १ हजार ९६ संक्रमित थपिएका थिए । त्यस्तै, २३ लाख ५२ हजार ५ सय २ जनाको पीसीआर परीक्षण भएको छ । गत २४ घण्टामा आठ संक्रमितको मृत्युसँगै मृतक संख्या ३ हजार ९१ पुगेको छ । हाल ८१ क्वारेन्टाइनमा छन् ।

(Visited 457 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

साताका लोकप्रिय समाचार

‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ । औषधी व्यवस्था विभागले...

ललिता निवास जग्गा प्रकरणः ढकाललाई छाड्ने विषयमा न्यायाधीशकै राय बाझियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र...

काठमाडौं प्लेअफमा

काठमाडौं । क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पुनरागमन जित निकाल्दै प्ले अफमा...

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणको साङ्लो चुडाउन अस्पताल र आइसोलेशन मात्रै काफी नहुने भएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । सोमबार राष्ट्रको...

ट्रेन्डिङ

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली चल्यो, पाँचको मृत्यु

काठमाडौं । भारतको हरियाणामा पुरानो रिसइबीलाई लिएर एक समूहले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी...

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर...

माग्नोमा ठूला क्लबको चासो

लन्डन । पाँचपटकको विश्व विजेता दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको नयाँ प्रतिभाका रूपमा हेरिएको ब्राजिली युवा प्रतिभा टालेस माग्नो अनुबन्धका लागि युरोपका चर्चित क्लबहरूले चासो...

फिल्डमा खटिने पत्रकारलाई पिपिई

काठमाडौं । नेपाल वातावरण पत्रकार समुहले कोभिड १९ जोखिम बढेको भन्दै फिल्डमा खटिने पत्रकारहरुलाई पिपिई (व्यक्तिगत सुरक्षा सामाग्रि) उपलब्ध गराएको छ । कृयाशील ३०...

कोरोना भाइरस नियन्त्रणमा सरकारको आदेश बढी, एक्सन कम : प्रभु साह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने विषयमा सरकारको आलोचना गरेका छन् ।...

स्रोत नखुलेको ४९ लाखसहित दुई भारतीय नागरिक पक्राउ

कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित...

चीन र भारतबीच विश्वव्यापी प्रतिस्पर्धा

भारत र चीनबीच अब सामान्य विषयमा पनि तनाव उत्पन्न हुने निश्चित छ । भुटानको डोकलाम र लद्दाखको घटनाले यसको पुष्टि गरेको छ । करिब...

दीपाश्री सर्वोत्कृष्ट निर्देशक, विपिन कार्की र मेनुका प्रधानलाई अवार्ड

काठमाडौं । फिल्म, निर्देशक र पटकथासहितका ६ महत्वपूर्ण विधामा जित हासिल गर्दै ‘छक्का पञ्जा ३’ले दशौं नेफ्टा फिल्म अवार्डमा वर्चस्व जमाएको छ । व्यवसायिकरुपमा सफल...

१० करोडमा पोखरामा रोटरी किड्नी केयर सेन्टर बन्दै

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा–७, मुस्ताङचोकमा रोटरी किड्नी केयर सेन्टर निर्माण सुरु गरेको छ । किड्नी रोगका बिरामीले नियमित डायलाइसिस गर्दा पालो...

पक्षघात पीडितको गुनासो : भगवान पनि निष्ठुरी रहेछन्

दैलेख । नारायण नगरपालिका ४ रातापानीका भरतबहादुर सिजाली पक्षघात (प्यारालाइसिस)ले ६ महिनादेखी ओछ्यानमै थला परेका छन् । ५ जना परिवारलाई पाल्ने भरत...

२५ लाख संकलन,आईतवारबाट राहत वितरण गरिने

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले लकडाउनबाट प्रभावित नगरवासीलाई राहत प्रदान गर्न निर्माण गरेको प्रकोप व्यवस्थापन कोषमा २५ लाख रुपैया संकलन गरिएको...

प्यूठानमा क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्युु

स्वर्गद्वारी । प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । उनलाई दुई दिनदेखि टाउको दुख्ने,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)