Sunday, May 9, 2021
Home भर्खरै कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर

कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर

महेश्वर गौतम,

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत फेरि महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको हो ।

जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ । यसअघि सो मिति गत चैत मसान्तसम्मका लागि निर्धारण गरिएको थियो भने त्यसअघि ११ चैतसम्म तोकिएको थियो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको र त्यसपछि स्वतः प्रणाली बन्द हुने जानकारी दिए ।

‘क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ, सो समयभित्र विवरण नआए प्रणालीले नै पछि विवरण लिने छैन, त्यसपछि स्वतः प्रणाली बन्द हुनेछ,’ कांग्रेस सहमहामन्त्री महतले कार्यतालिका परिवर्तनबारे जानकारी दिँदै राजधानीसँग भने ।

क्रियाशील सदस्यको विवरण पठाउने म्याद १५ वैशाखसम्म थप

विवरण अनलाइन प्रणालीमा पठाइसकेपछि पनि सोबारे औपचारिक जानकारी पार्टी केन्द्रलाई गराउनुपर्ने निर्णय बैठकले गरेको कांग्रेसले जनाएको छ ।

‘क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्रबमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेवी रकमलगायतका कागजातसहित जिल्लाको प्रतिवेदन १७ वैशाख ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्नेछ ।’ बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका सदस्यको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा ‘अन्य राजनीतिक दल समायोजन समितिको निर्णयअनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका (अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका) क्रियाशील सदस्यताका फारम १५ वैशाखभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फारम सबै प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नुपर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्नेगरी व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

संसद् स्थगनमा ‘नियत खराब’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्यासित र हठात् अन्त्य गरेको विषयलाई ‘नियत खराब’ भनेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले हठात् संसद् स्थगन गर्नु ‘नियत खराब’ भएको बताएका हुन् ।

‘प्रतिनिधिसभाको अधिवेशन अप्रत्यासित र हठात् अन्त्य गर्नुबाट सरकारको ‘नियत खराब’ देखियो,’ महतले राजधानीसँग भने । कांग्रेसले सरकारले हठात् संसद् स्थगन गर्नुलाई गम्भीरतापूर्वक लिएको छ ।

‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महŒवपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धतिविरुद्ध रहेको ठहर बैठकले गरेको छ । यो बैठक सरकारको स्वेच्छाचारी प्रवृत्तिको घोर भत्र्सना गर्दछ ।’ कांग्रेसले बैठकपछि जारी विज्ञप्तिमा भनेको छ ।

कांग्रेसले कोरोनाबाट जनताको सुरक्षा गर्ने विशेष कार्ययोजना तत्काल निर्माण गर्नेबारे समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो ।

विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रूपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’को व्यापक र द्रूत अभियान सञ्चालन गर्न बैठकले सरकारसमक्ष माग गरेको छ । साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीति अनिवार्य रूपले पालना गर्न आमजनतालाई समेत अपील गर्ने निर्णय कांग्रेस बैठकले गरेको छ ।

(Visited 187 times, 1 visits today)
Loading comments...

आजको समाचार

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

 माेरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

साताका लोकप्रिय समाचार

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक...

भारतबाट फर्केकाहरु यार्सा टिप्न सिधै लेकतीर (फाेटाेफिचर)

बझाङ । कोरोनाको दोस्रो लहरको उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरु सिधै यार्सा संकलनको गर्न लेक तिर जाने गरेका छन् । बझाङमा जिल्ला प्रशासन...

इटहरीमा ५० बेडको आइसोलेसन

इटहरी । इटहरीमा ५० बेडको आइसोलेसन निर्माण गरिएको छ । इटहरी ९ स्थित रंगशालामा ५० बेडको आइसोलेसन निर्माण भएको हो । इटहरी अस्पतालका इन्चार्ज...

ट्रेन्डिङ

आजबाट रिट निवेदन दर्तासँगै नियमित सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले मंगलबारदेखि रिट निवेदन दर्ता र त्यसको सुनुवाइ गर्ने निर्णय गरेको छ । लकडाउनको अवधिमा अदालतबाट सम्पादन हुने काम–कारबाही...

सम्पादकीय : अभिभावकत्वको खोजीमा राष्ट्रिय गौरवका आयोजना

नेपालमा राष्ट्रिय गौरवका आयोजनाले गति लिन नपाउँदा देशले ठूलो समस्या झेल्नु परिरहेको छ । ससाना र स्थानीय आयोनाहरू त पूरा हुने तर तिनले राष्ट्रिय...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

नेपाल एकीकरण र बहादुर शाह

असार ६ नेपालको एकीकरणका योद्धा बहादुर शाहको जन्मदिन हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म ६ असार १८१४ मा नुवाकोट...

प्रधानमन्त्रीद्वारा महराकी पत्नीको निधनमा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । आज...

हावा हुरीले ढालेकाे रुखमा ठोक्किएर मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको सिमावर्ती बजारमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरका महेश बोहरा (राजु) को मृत्यु भएको छ...

पूर्वाधार आर्मीलाई हस्तान्तरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौं भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा रहेको फुटबल मैदानका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निर्माण गरि शुक्रबार सेनालाई...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी...

काठमाडौं उपत्यका नै जोखिममा

कोरोना संक्रमण फैलने क्रम बढिरहँदा काठमाडौं उपत्यका नै अत्यधिक जोखिममा परेको छ । उपत्यकामा जोखिम बढेसँगै कोरोना संक्रमण नियन्त्रणमा सरकारले थालेका प्रयास फितलो भएको...

ग्यास आयातको परिमाण बढाइयो, एक सातामा सहज हुने

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको...

थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण

काठमाडाैं । पछिल्लाे २४ घण्टामा नेपालमा १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २ लाख २६...

प्रधानमन्त्रीको परीक्षा

राजनीतिलाई ‘फोहोरी खेल’ भन्ने गरिन्छ, विडम्बना नै मान्नुपर्छ नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने त्यही कुराको पुष्टि हुन्छ । हाम्रो राजनीति कहिल्यै सफा हुन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)