Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ हिउँदे अधिवेशन अन्त्यः विधेयकविहीन बन्यो अधिवेशन

हिउँदे अधिवेशन अन्त्यः विधेयकविहीन बन्यो अधिवेशन

राजधानी समाचारदाता,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।

यसअघि सोमबारै बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । २३ फागुनदेखि हिउँदे अधिवेशन सुरु भए पनि सरकारले बिजनेस नदिएको भन्दै प्रभावकारी ढंगले संसद् अगाडि बढ्न नसकेको गुनासो थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्चले ११ फागुनमा प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएको थियो ।

प्रधानमन्त्री ओलीले एमसीसी संसद्मा छलफलका लागि पेस गरिनुपर्ने बताइरहेका बेला अधिवेशन नै अन्त्य गर्न सिफारिस गरिएको छ । प्रतिनिधिसभा बैठक मंगलबार बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् । आफ्नै कार्यकक्ष सिंहदरबारमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा सभामुख सापकोटाले संसद् अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए ।

‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन,’ उनले भने । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद् अधिवेशन अन्त्य गरेकी हुन् । मंगलबार संसद् बैठक तय भइसकेको अवस्थामा संसद् अधिवेशन अन्त्य भएको हो । सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको संघीय संसद् प्रतिनिधिसभाको सातौं अधिवेशनको पहिलो बैठक २०७७ साल २३ फागुनमा प्रारम्भ भई सोमबारसम्म जम्मा ४४ दिन चालु रह्यो । जसमध्ये नौ दिनमा नौपटक बैठक बसी जम्मा १२ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा व्यतित भयो ।

अधिवेशनमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’, ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७’, ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७’ आठवटा अध्यादेश सभामा प्राप्त भई कार्यसूचीमा समावेश भएकोमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मात्र सभामा पेस भयो ।

चालू अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता भएन तर यस अधिवेशनमा सभाका अघिल्ला अधिवेशनबाट विभिन्न चरणमा रहेका जम्मा ३६ वटा विधेयक प्राप्त भएका थिए । जसमध्ये ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘संघीय निजामती सेवा विधेयक, २०७५’ का सम्बन्धमा सम्बन्धित समितिबाट प्रतिवेदन सभामा पेस भएको छ । यसैगरी, सभाको मिति २०७७ साल २६ चैतमा बसेको बैठकमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको व्यहोरा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (१) र प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को उपनियम (१) बमोजिम सभालाई जानकारी गराइएको थियो ।

मिति २०७७ साल ३० चैतमा बसेको सभाको बैठकबाट प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिमा सदस्यको नाम थप तथा हेरफेर भएको थियो । साथै, सोही दिन कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यको नामसमेत मनोनयन भएको थियो । सभाको २०७७ साल ६ चैतमा बसेको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका ६ जना सदस्यले दलीय आधारमा आआफ्नो धारणा राखेका थिए भने सभाको विभिन्न मितिमा बसेको बैठकमा जम्मा ८३ जना सांसदले शून्य समयमा र जम्मा ४३ जना सांसदले विशेष समयमा समसामयिक विषयमा आआफ्नो भनाइ राखे ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

साताका लोकप्रिय समाचार

गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

काठमाडाैं । गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र...

अस्पतालले अक्सिजन उपलब्ध गराउन नसक्दा दुई सङ्क्रमितको मृत्यु

काठमाडाैं । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना...

भारतबाट फर्केकाहरु यार्सा टिप्न सिधै लेकतीर (फाेटाेफिचर)

बझाङ । कोरोनाको दोस्रो लहरको उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरु सिधै यार्सा संकलनको गर्न लेक तिर जाने गरेका छन् । बझाङमा जिल्ला प्रशासन...

दोलखा भिमेश्वरको शिलामा पसिना आयो

दोलखा । दोलखा स्थित प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा शनिबार एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । शनिबार दिउँसा १२ बजेर १५ मिनेट देखी १...

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको...

ट्रेन्डिङ

प्रतितोला २४ सयले बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको...

आवश्यकत्ता पर्यो भने सरकार बनाउन कांग्रेस तयार छ : रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने...

एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम...

जनकपुरधाममा दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

कोरोना संक्रमण नियन्त्रबारे जनस्वास्थ्य विज्ञसंग प्रधानमन्त्रीको छलफल

काठमाडौं । कोरोना संक्रमितको संख्या दिन दिनै बढ्दै गएपछि सरकारले नियन्त्रणका लागि नयाँ उपाय खोजी सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार...

कोरोना महामारी र राष्ट्रिय हातेमालो

प्रायः देश आज कोरोना भाइरस र यसको भयसँग लडिरहेका छन् । नेपाल पनि यस महामारीबाट उम्कन सकेको छैन । एसिया प्रशान्त क्षेत्रमा दक्षिण एसिया...

फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढ्यो

काठमाडौँ । पर्यटकीय आकर्षणको केन्द्र भएको पोखराको फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढेको छ । फेवातालको क्षेत्रफलको नयाँ नाप गरेपछि फेवातालको क्षेत्रफल १.२९६ वर्ग...

अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उड्डयनको प्रतिबन्ध १८ वैशाखसम्मका लागि गप गरिएको छ । सररकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नफैलियोस् भनी ३...

यो मनसुनमा धेरै पानी पर्ने

काठमाडौं । आगामी मनसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ...

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ –३ मा बसोबास...

कैलालीसँग सीमा जोडिएका झोलुङ्गे पुल बन्द

सुर्खेत । सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि...

प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटर लगियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसनका लागि भर्खरै अपरेसन थिएटरमा लगिएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि उनलाई अपरेसन थिएटर लगिएको हो ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)